Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/124: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''चुँडिएको चङ्गासित'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} ए चङ्गा, जा तँ जा, ढुलुमुलु नगरी सर्र अक्कासिँदै जा ::स्वर्गङ्गाका मसीना जलकणहरुको माधुरी क्यै लिँदै जा । बाटोमा निर्जरीका चपल नजरको दिव..."
 
Prty (talk | contribs)
 
Page statusPage status
-
Not proofread
+
Proofread

Latest revision as of 21:19, 24 June 2025

This page has been proofread
चुँडिएको चङ्गासित

(१)
ए चङ्गा, जा तँ जा, ढुलुमुलु नगरी सर्र अक्कासिँदै जा
स्वर्गङ्गाका मसीना जलकणहरुको माधुरी क्यै लिँदै जा ।
बाटोमा निर्जरीका चपल नजरको दिव्य तारो हुँदै जा
दायाँ बायाँ नलागी पर पर उपरै सोझिँदै सोझिँदै जा ॥

(२ )
पर्दा छेडी हवाको अलख पथ लिई बेसरी भित्रिँदै जा
यो धागो, यो लटाई, लटपट सब यो बिर्सँदै बिर्सँदै जा ।
देखून्‌ यद्वा नदेखून्‌ गतिविधि अरुले, मस्त आफू हुँदै जा
जाँदाजाँदै अगम्‌ त्यो गगन-कुहरको केन्द्रमा लीन भैजा ॥