Page:Laxmi nibandhasangraha.pdf/20: Difference between revisions
→Not proofread: Created page with "“एङ्गो सङ्गो झाझे झेङ्गा राङ्गा राजे तिप्लिङजोग्गा !' जस्तो लहरी बडो छिटो तरल पहाडी जल ओर्लिएझैँ द्रुत लयमा खुट्टाका चालसंग मिलेर नाचिरहेको छ ! र तिनीहरू हाँस्तछन् मुसुमुसु हामी..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
“एङ्गो सङ्गो झाझे झेङ्गा | <blockquote> | ||
“एङ्गो सङ्गो झाझे झेङ्गा <br/> | |||
राङ्गा राजे तिप्लिङजोग्गा !' | राङ्गा राजे तिप्लिङजोग्गा !' | ||
</blockquote> | |||
जस्तो लहरी बडो छिटो तरल पहाडी जल | जस्तो लहरी बडो छिटो तरल पहाडी जल ओर्लिएझैं द्रुत लयमा | ||
खुट्टाका चालसँग मिलेर नाचिरहेको छ ! र तिनीहरू हाँस्तछन् मुसुमुसु | |||
खुट्टाका | |||
हामी नौला परदेशी देखेर, मानौं जलका लहरीमा मुस्कान नाची-नाची | हामी नौला परदेशी देखेर, मानौं जलका लहरीमा मुस्कान नाची-नाची | ||
खेलिरहेछ । वृन्दावन पुगें तर उराठ, धुलाम्मे चिच्याटलाग्दो, मोहनीहीन ! | खेलिरहेछ । वृन्दावन पुगें तर उराठ, धुलाम्मे चिच्याटलाग्दो, मोहनीहीन ! | ||
तर यहाँ चढेँ धेरै उच्चतामा । यहाँ पहाडको 'झर्नादार काँधमा एउटा | तर यहाँ चढेँ धेरै उच्चतामा । यहाँ पहाडको 'झर्नादार काँधमा एउटा | ||
रमाइलो | रमाइलो कुञ्ज बनोस् त पूर्णचन्द्र उदाउँदाखेरि यिनीहरूसँग नाच्न | ||
कृष्णजी ओर्लिन्थे ! तर अपशोच कुञ्ज यहाँ पनि छैन । चार-छ महीना | |||
मात्रको वास छ, घाम लाग्दा मात्र यहाँ यिनीहरू चढ्छन् र बरावर | मात्रको वास छ, घाम लाग्दा मात्र यहाँ यिनीहरू चढ्छन् र बरावर | ||
यात्रीका अगाडि वृन्दावनका नृत्यकलाहरू झल्काउँछन् । नृत्यमा नै | यात्रीका अगाडि वृन्दावनका नृत्यकलाहरू झल्काउँछन् । नृत्यमा नै | ||
पहाडी जीवनको सभ्यता छ, नृत्यमा नै यसको प्राकृतिक चाल छ, | पहाडी जीवनको सभ्यता छ, नृत्यमा नै यसको प्राकृतिक चाल छ, | ||
मानिसका गोडा कल झैं ओर्लिन्छन्, हावा झैं चढ्दछन् र कामबाट | मानिसका गोडा कल झैं ओर्लिन्छन्, हावा झैं चढ्दछन् र कामबाट | ||
फुर्सद पाउनासाथ ती गोडा नाच्तछन् । पुराना-पुराना गीतहरू मुरलीमा | फुर्सद पाउनासाथ ती गोडा नाच्तछन् । पुराना-पुराना गीतहरू मुरलीमा | ||
बज्दछन्, कोरस चल्दछ र श्रमको जीवन | बज्दछन्, कोरस चल्दछ र श्रमको जीवन सङ्गीतमय बनेर सबै पहाडी | ||
चिडियाका स्वर मिलेझैं अविदित अर्थले गुनगुनाउन थाल्दछन् । | |||
चिडियाका स्वर | |||
यी शेर्पिनीहरू बडा राम्रा हुन्छन् र बलिया पनि ! तर यिनीहरूमा | यी शेर्पिनीहरू बडा राम्रा हुन्छन् र बलिया पनि ! तर यिनीहरूमा | ||
सफाइको परवाह ज्यादा देखिन्न, मैलाको वास्ता गदैनन्, उस्तो नुहाउँदैनन्, | सफाइको परवाह ज्यादा देखिन्न, मैलाको वास्ता गदैनन्, उस्तो नुहाउँदैनन्, | ||
वर्षका एकबाजि नुहायो भने चोखो शेर्पा भयो । यिनीहरू साना-साना | वर्षका एकबाजि नुहायो भने चोखो शेर्पा भयो । यिनीहरू साना-साना | ||
झुप्रा बनाएर बस्तछन्, खेतीपाती नै यिनको प्रधान वृत्ति छ, सोझा | झुप्रा बनाएर बस्तछन्, खेतीपाती नै यिनको प्रधान वृत्ति छ, सोझा | ||
देखिन्छन् र बडा साधु देखिन्छन् । यद्यपि यिनीहरूमा उज्जण्ड बडा | देखिन्छन् र बडा साधु देखिन्छन् । यद्यपि यिनीहरूमा उज्जण्ड बडा | ||
डरलाग्दा हरामज्यादा हन्छन् रे भन्ने किंवदन्ती छ । यिनीहरूलाई | डरलाग्दा हरामज्यादा हन्छन् रे भन्ने किंवदन्ती छ । यिनीहरूलाई | ||
नजिस्काउञ्जेल केही गर्दैनन्, तर रीस उठेपछि यिनीहरू सोझाको | नजिस्काउञ्जेल केही गर्दैनन्, तर रीस उठेपछि यिनीहरू सोझाको | ||
भयङ्कर क्रोध देखाउँछन् । | |||
तर, गोसाईंधानको यात्राबाट मात्र मैले पहाडी जीवनको राम्ररी | तर, गोसाईंधानको यात्राबाट मात्र मैले पहाडी जीवनको राम्ररी | ||
अनुभव पाउन सकिनँ, किनकि यो यात्रा अघि भनेजस्तो ठिमिले तवरको | अनुभव पाउन सकिनँ, किनकि यो यात्रा अघि भनेजस्तो ठिमिले तवरको | ||
थियो । पहाडी जीवनसँग अलि राम्रो परिचय मैले झिल्टुङमा पाएँ । | थियो । पहाडी जीवनसँग अलि राम्रो परिचय मैले झिल्टुङमा पाएँ । | ||
बाटो बडो राम्रो थियो शायद चैनपुरसम्म त्यहाँपछि अलि खडबडाए | बाटो बडो राम्रो थियो शायद चैनपुरसम्म त्यहाँपछि अलि खडबडाए | ||
पनि उस्तो उकालो पर्दैनथ्यो । तैपनि मलाई तीन दिन लाग्यो, अरू | पनि उस्तो उकालो पर्दैनथ्यो । तैपनि मलाई तीन दिन लाग्यो, अरू | ||
पहाडीहरूलाई एक दिनको बाटो । बाटामा उस्तो रमाइलो दृश्य केही | |||
पहाडीहरूलाई एक दिनको बाटो | |||
देखिएन । महेशखोलाको लामो रेखा र एक-दुई पहाडका रमणीय | देखिएन । महेशखोलाको लामो रेखा र एक-दुई पहाडका रमणीय | ||
Latest revision as of 21:15, 29 January 2025
“एङ्गो सङ्गो झाझे झेङ्गा
राङ्गा राजे तिप्लिङजोग्गा !'
जस्तो लहरी बडो छिटो तरल पहाडी जल ओर्लिएझैं द्रुत लयमा खुट्टाका चालसँग मिलेर नाचिरहेको छ ! र तिनीहरू हाँस्तछन् मुसुमुसु हामी नौला परदेशी देखेर, मानौं जलका लहरीमा मुस्कान नाची-नाची खेलिरहेछ । वृन्दावन पुगें तर उराठ, धुलाम्मे चिच्याटलाग्दो, मोहनीहीन ! तर यहाँ चढेँ धेरै उच्चतामा । यहाँ पहाडको 'झर्नादार काँधमा एउटा रमाइलो कुञ्ज बनोस् त पूर्णचन्द्र उदाउँदाखेरि यिनीहरूसँग नाच्न कृष्णजी ओर्लिन्थे ! तर अपशोच कुञ्ज यहाँ पनि छैन । चार-छ महीना मात्रको वास छ, घाम लाग्दा मात्र यहाँ यिनीहरू चढ्छन् र बरावर यात्रीका अगाडि वृन्दावनका नृत्यकलाहरू झल्काउँछन् । नृत्यमा नै पहाडी जीवनको सभ्यता छ, नृत्यमा नै यसको प्राकृतिक चाल छ, मानिसका गोडा कल झैं ओर्लिन्छन्, हावा झैं चढ्दछन् र कामबाट फुर्सद पाउनासाथ ती गोडा नाच्तछन् । पुराना-पुराना गीतहरू मुरलीमा बज्दछन्, कोरस चल्दछ र श्रमको जीवन सङ्गीतमय बनेर सबै पहाडी चिडियाका स्वर मिलेझैं अविदित अर्थले गुनगुनाउन थाल्दछन् ।
यी शेर्पिनीहरू बडा राम्रा हुन्छन् र बलिया पनि ! तर यिनीहरूमा सफाइको परवाह ज्यादा देखिन्न, मैलाको वास्ता गदैनन्, उस्तो नुहाउँदैनन्, वर्षका एकबाजि नुहायो भने चोखो शेर्पा भयो । यिनीहरू साना-साना झुप्रा बनाएर बस्तछन्, खेतीपाती नै यिनको प्रधान वृत्ति छ, सोझा देखिन्छन् र बडा साधु देखिन्छन् । यद्यपि यिनीहरूमा उज्जण्ड बडा डरलाग्दा हरामज्यादा हन्छन् रे भन्ने किंवदन्ती छ । यिनीहरूलाई नजिस्काउञ्जेल केही गर्दैनन्, तर रीस उठेपछि यिनीहरू सोझाको भयङ्कर क्रोध देखाउँछन् ।
तर, गोसाईंधानको यात्राबाट मात्र मैले पहाडी जीवनको राम्ररी अनुभव पाउन सकिनँ, किनकि यो यात्रा अघि भनेजस्तो ठिमिले तवरको थियो । पहाडी जीवनसँग अलि राम्रो परिचय मैले झिल्टुङमा पाएँ । बाटो बडो राम्रो थियो शायद चैनपुरसम्म त्यहाँपछि अलि खडबडाए पनि उस्तो उकालो पर्दैनथ्यो । तैपनि मलाई तीन दिन लाग्यो, अरू पहाडीहरूलाई एक दिनको बाटो । बाटामा उस्तो रमाइलो दृश्य केही देखिएन । महेशखोलाको लामो रेखा र एक-दुई पहाडका रमणीय