Page:Laxmi nibandhasangraha.pdf/19: Difference between revisions
→Not proofread: Created page with "यात्रीहरूकै साथमा अगाडि बढेँ । मलाई यसपालीको यात्रा उस्तो केही मजाको लागेन । आफ्ना बयोवृद्ध मान्यजनहरू साथमा थिए र आफ्नो उमेरका मिल्दा ठिटाहरू कम थिए। न उनीहरूमा प्राकृतिक अध्य..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
यात्रीहरूकै साथमा अगाडि | यात्रीहरूकै साथमा अगाडि बढें । | ||
मलाई यसपालीको यात्रा उस्तो केही मजाको लागेन । आफ्ना | मलाई यसपालीको यात्रा उस्तो केही मजाको लागेन । आफ्ना | ||
Line 5: | Line 5: | ||
कम थिए। न उनीहरूमा प्राकृतिक अध्ययनलाई चाख थियो, न उनीहरूमा | कम थिए। न उनीहरूमा प्राकृतिक अध्ययनलाई चाख थियो, न उनीहरूमा | ||
औपन्यासिकता नै थियो (बाटामा कहिले तरुनी भोटेनी भेटे जिस्कनुसिवाय) | औपन्यासिकता नै थियो (बाटामा कहिले तरुनी भोटेनी भेटे जिस्कनुसिवाय) | ||
न कुनै वनस्पतिज्ञ थिए, न कसैलाई सोझो बाटोबाट अलिकति यताउता | न कुनै वनस्पतिज्ञ थिए, न कसैलाई सोझो बाटोबाट अलिकति यताउता | ||
बाङ्गिन टेढिन मन लाग्दथ्यो । 'ठिमिलेयात्रा' भन्ने नाम म यसलाई | बाङ्गिन टेढिन मन लाग्दथ्यो । 'ठिमिलेयात्रा' भन्ने नाम म यसलाई | ||
दिन्छु-सरासर दगुर्यो, ठाउँमा पुगेर सरासर फर्किएर आयो। प्राचीन | |||
दिन्छु-सरासर | ऋषिहरू यसरी जरूर यात्रा गर्दा होवैनन् । हामीलाई सधैं फुर्सतैको | ||
कमी छ । न केही नगर्नुमा नै जीवन बित्तछ; केही नदेख्नुमा नै हामी | कमी छ । न केही नगर्नुमा नै जीवन बित्तछ; केही नदेख्नुमा नै हामी | ||
'वाहवाह' पाउँछौँ । एकदुई कुरा यसो टिप्पणीसम्म | 'वाहवाह' पाउँछौँ । एकदुई कुरा यसो टिप्पणीसम्म वराबर कोही गर्दथे, | ||
तर ध्यान, भावना र प्राकृतिक सृक्ष्म अध्ययन उनीहरूमा शून्य थियो । | तर ध्यान, भावना र प्राकृतिक सृक्ष्म अध्ययन उनीहरूमा शून्य थियो । | ||
थियो । पुरुषहरूभन्दा स्त्रीहरू राम्रा, गुलाफी | मैले बाटामा एउटा भोटेनीहरूको नाच देखें जुन बडो रमाइलो | ||
थियो । पुरुषहरूभन्दा स्त्रीहरू राम्रा, गुलाफी रङ्गका बलिया होलान् | |||
जस्ता देखिन्थे । तिनीहरू हँसिलो चेहराका, मड्गोलियन कटका, साना | जस्ता देखिन्थे । तिनीहरू हँसिलो चेहराका, मड्गोलियन कटका, साना | ||
दाँतका, राताराता घिउ-घिउ गह्नाउने, रातो कोट र सत्रन्जी जस्ता | |||
दाँतका, राताराता घिउ- | जामा लगाएका, पुड्कापुड्का ठिटीहरू थिए । तिनीहरू नाचेको निक्कै | ||
रमाइलो देखिन्थ्यो । खुट्टा हलुका तवरले बराबर उचाल्दै झार्दै, बराबर | |||
जामा लगाएका, | |||
रमाइलो देखिन्थ्यो । खुट्टा हलुका | |||
हातले पनि शान गर्दै, मसिनो सुरिलो स्वरले गीत गाउँथे तामाङ | हातले पनि शान गर्दै, मसिनो सुरिलो स्वरले गीत गाउँथे तामाङ | ||
बोलीमा र शायद एउटा भोटे मुरली हो कि के बजाउँथ्यो र नाच्तथ्यो । | बोलीमा र शायद एउटा भोटे मुरली हो कि के बजाउँथ्यो र नाच्तथ्यो । | ||
नृत्य नै तिनीहरूको कला र विलासको नाममा एउटा वरदान भएजस्तो | |||
नृत्य नै तिनीहरूको कला र | बुझिन्थ्यो । अरू तवरले तिनीहरू गरीब थिए तर नृत्यमा बडा धनी र | ||
बुझिन्थ्यो । अरू तवरले तिनीहरू गरीब थिए तर नृत्यमा बडा | |||
सुन्दर जस्ता देखिन्थे । यी नृत्यहरू प्राकृतिक थिए, पहाडमा लहरा | सुन्दर जस्ता देखिन्थे । यी नृत्यहरू प्राकृतिक थिए, पहाडमा लहरा | ||
नाचेझैं गुलाफी रङका फूलहरू गालामा फुल्दथे । यहाँ कृत्रिमताको | |||
लेश थिएन, प्राकृतिक तवरले हाँस्तथे, प्राकृतिक तवरले नाच्तथे, बोल्दथे | लेश थिएन, प्राकृतिक तवरले हाँस्तथे, प्राकृतिक तवरले नाच्तथे, बोल्दथे | ||
त्यसै प्राकृतिक तवरले, तर सब तवर राम्रो थियो र | त्यसै प्राकृतिक तवरले, तर सब तवर राम्रो थियो र रसिलो । खुट्टाका | ||
छिटा बलिया, कामका सिपालु तामाङ्नीहरू पहाड चढ्ने र ओर्लने | |||
छिटा बलिया, कामका सिपालु | |||
आदतहरूमा नै नृत्यका अभ्यास पाउँथे । यहाँ तिनीहरूलाई न दम | आदतहरूमा नै नृत्यका अभ्यास पाउँथे । यहाँ तिनीहरूलाई न दम | ||
चढ्दथ्यो न कसरत जस्तो लाग्दथ्यो र तिनका स्वरहरू मसिना, चरा | चढ्दथ्यो न कसरत जस्तो लाग्दथ्यो र तिनका स्वरहरू मसिना, चरा | ||
जस्ता थिए- पहाडमा जन्मेका र पहाडमा पंख उम्रेका, नबुझिने तर | जस्ता थिए- पहाडमा जन्मेका र पहाडमा पंख उम्रेका, नबुझिने तर | ||
मीठा ज्यादा अनुस्वार भएको स्वर थियो, मानौं - | |||
मीठा ज्यादा अनुस्वार भएको स्वर थियो, |
Revision as of 19:01, 29 January 2025
यात्रीहरूकै साथमा अगाडि बढें ।
मलाई यसपालीको यात्रा उस्तो केही मजाको लागेन । आफ्ना बयोवृद्ध मान्यजनहरू साथमा थिए र आफ्नो उमेरका मिल्दा ठिटाहरू कम थिए। न उनीहरूमा प्राकृतिक अध्ययनलाई चाख थियो, न उनीहरूमा औपन्यासिकता नै थियो (बाटामा कहिले तरुनी भोटेनी भेटे जिस्कनुसिवाय) न कुनै वनस्पतिज्ञ थिए, न कसैलाई सोझो बाटोबाट अलिकति यताउता बाङ्गिन टेढिन मन लाग्दथ्यो । 'ठिमिलेयात्रा' भन्ने नाम म यसलाई दिन्छु-सरासर दगुर्यो, ठाउँमा पुगेर सरासर फर्किएर आयो। प्राचीन ऋषिहरू यसरी जरूर यात्रा गर्दा होवैनन् । हामीलाई सधैं फुर्सतैको कमी छ । न केही नगर्नुमा नै जीवन बित्तछ; केही नदेख्नुमा नै हामी 'वाहवाह' पाउँछौँ । एकदुई कुरा यसो टिप्पणीसम्म वराबर कोही गर्दथे, तर ध्यान, भावना र प्राकृतिक सृक्ष्म अध्ययन उनीहरूमा शून्य थियो ।
मैले बाटामा एउटा भोटेनीहरूको नाच देखें जुन बडो रमाइलो थियो । पुरुषहरूभन्दा स्त्रीहरू राम्रा, गुलाफी रङ्गका बलिया होलान् जस्ता देखिन्थे । तिनीहरू हँसिलो चेहराका, मड्गोलियन कटका, साना दाँतका, राताराता घिउ-घिउ गह्नाउने, रातो कोट र सत्रन्जी जस्ता जामा लगाएका, पुड्कापुड्का ठिटीहरू थिए । तिनीहरू नाचेको निक्कै रमाइलो देखिन्थ्यो । खुट्टा हलुका तवरले बराबर उचाल्दै झार्दै, बराबर हातले पनि शान गर्दै, मसिनो सुरिलो स्वरले गीत गाउँथे तामाङ बोलीमा र शायद एउटा भोटे मुरली हो कि के बजाउँथ्यो र नाच्तथ्यो । नृत्य नै तिनीहरूको कला र विलासको नाममा एउटा वरदान भएजस्तो बुझिन्थ्यो । अरू तवरले तिनीहरू गरीब थिए तर नृत्यमा बडा धनी र सुन्दर जस्ता देखिन्थे । यी नृत्यहरू प्राकृतिक थिए, पहाडमा लहरा नाचेझैं गुलाफी रङका फूलहरू गालामा फुल्दथे । यहाँ कृत्रिमताको लेश थिएन, प्राकृतिक तवरले हाँस्तथे, प्राकृतिक तवरले नाच्तथे, बोल्दथे त्यसै प्राकृतिक तवरले, तर सब तवर राम्रो थियो र रसिलो । खुट्टाका छिटा बलिया, कामका सिपालु तामाङ्नीहरू पहाड चढ्ने र ओर्लने आदतहरूमा नै नृत्यका अभ्यास पाउँथे । यहाँ तिनीहरूलाई न दम चढ्दथ्यो न कसरत जस्तो लाग्दथ्यो र तिनका स्वरहरू मसिना, चरा जस्ता थिए- पहाडमा जन्मेका र पहाडमा पंख उम्रेका, नबुझिने तर मीठा ज्यादा अनुस्वार भएको स्वर थियो, मानौं -