Page:Ek chihan.pdf/113: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
राम खेलावन राउतलाई क्षणिक दर्शनमै नानीथकुँ मन पर्न गए जस्तै | |||
नानीथकुँलाई पनि पुलुक्क हेराइमै राम खेलावन राउत राम्रो लाग्न गएछन् । | |||
झन् उनीहरू बीचमा वैवाहिक सम्बन्ध राख्ने प्रसङ्ग आएको हुँदा त उनीहरूलाई | झन् उनीहरू बीचमा वैवाहिक सम्बन्ध राख्ने प्रसङ्ग आएको हुँदा त उनीहरूलाई | ||
सोर्हमा तान्दा एक्का आएको जस्तो भयो । | |||
राम खेलावन राउत शिव नारानको खेतमा दुई चार चोटि आउँदैमा | |||
शिव नारानले | शिव नारानले नानीथकुँ र रामखेलावन राउत बीचमा मिठो भाव रहेको | ||
सङ्केत | सङ्केत पाइ सकेका थिए । अर्को कुरा, नानीथकुँको बिहे झटपट सिद्ध्याउनु | ||
पर्ने पनि थियो । सबभन्दा लायकको कुरा त दुवै जना जोडा मिलेर आफूले | पर्ने पनि थियो । सबभन्दा लायकको कुरा त दुवै जना जोडा मिलेर आफूले | ||
र आफ्ना सिद्धान्तले | र आफ्ना सिद्धान्तले चाहे जस्तै संयोग मिलि रहेको थियो । त्यसैले शिव नारान | ||
मौका चुकाउने सुस्त्याइँ गर्ने मूर्खता किन | मौका चुकाउने सुस्त्याइँ गर्ने मूर्खता किन गरि रहन्थे ? | ||
प्रसङ्ग पेस हुनासाथै | प्रसङ्ग पेस हुनासाथै राम खेलावन राउतले मन्जुर गरे, नानीथकुँले | ||
पनि स्वीकृति दिइन् । मधेसतिर भएको हुनाले | पनि स्वीकृति दिइन् । मधेसतिर भएको हुनाले नानीथकुँलाई एक चोटि त अलि | ||
कस्तो कस्तो लागेको थियो, तर प्रेमको अगाडि दूरता कुन कुरा हो र ! | |||
नानीथकुँ प्रसन्न नै थिइन् । | |||
चाँडै घर | चाँडै घर फर्कनु परेको हुनाले विवाहको तिथि भरसक झट्टै तोक्ने | ||
प्रार्थना | प्रार्थना राम खेलावन राउतले गरे । शिव नारान आफैँ झट्टै बिहे सिद्ध्याउन | ||
चाहि रहेका, यसैले उनले सहर्ष स्वीकार पनि गरे । राम खेलावन राउतको | |||
अनुकूल मिलाउनु परेको र आफ्नो पनि व्यवहार | अनुकूल मिलाउनु परेको र आफ्नो पनि व्यवहार चलाउनु परेकाले अझ पर्सि | ||
नै बिहे गर्ने शिव नारानले राय दिए । | नै बिहे गर्ने शिव नारानले राय दिए । राम खेलावन राउत मात्र किन पछि | ||
हट्थे, त्यो पनि यस्तो मिठो कुरामा ! मन्जुर | हट्थे, त्यो पनि यस्तो मिठो कुरामा ! मन्जुर गरि हाले । | ||
⬥ | {{c|⬥}} | ||
अस्ति मात्र 'पर्सि' भनेर तीन दिन बाँकी भएको तिथि अहिले 'आज' | अस्ति मात्र 'पर्सि' भनेर तीन दिन बाँकी भएको तिथि अहिले 'आज' | ||
भएर अगाडि | भएर अगाडि आइ रहेको छ । आज नानीथकुँको विवाहको दिन, सबै खुसी | ||
भएर विवाह सम्पन्न गर्नामा तत्पर छन्, व्यस्त छन् । | भएर विवाह सम्पन्न गर्नामा तत्पर छन्, व्यस्त छन् । नानीथकुँ त झन् यति | ||
खुसी छन् कि भन्न लाज मानेर मात्रै उडेर भए पनि चाँडै पुगूँ जस्तो उनलाई | खुसी छन् कि भन्न लाज मानेर मात्रै ! उडेर भए पनि चाँडै पुगूँ जस्तो उनलाई | ||
लागि रहेको छ । आफ्नो जातीय नयाँ पोसाक पहिरँदा नानीथकुँको सौन्दर्य | |||
झन् चम्केको देखियो । | झन् चम्केको देखियो । | ||
{{nop}} | {{nop}} |
Latest revision as of 22:57, 23 June 2025
राम खेलावन राउतलाई क्षणिक दर्शनमै नानीथकुँ मन पर्न गए जस्तै नानीथकुँलाई पनि पुलुक्क हेराइमै राम खेलावन राउत राम्रो लाग्न गएछन् । झन् उनीहरू बीचमा वैवाहिक सम्बन्ध राख्ने प्रसङ्ग आएको हुँदा त उनीहरूलाई सोर्हमा तान्दा एक्का आएको जस्तो भयो ।
राम खेलावन राउत शिव नारानको खेतमा दुई चार चोटि आउँदैमा शिव नारानले नानीथकुँ र रामखेलावन राउत बीचमा मिठो भाव रहेको सङ्केत पाइ सकेका थिए । अर्को कुरा, नानीथकुँको बिहे झटपट सिद्ध्याउनु पर्ने पनि थियो । सबभन्दा लायकको कुरा त दुवै जना जोडा मिलेर आफूले र आफ्ना सिद्धान्तले चाहे जस्तै संयोग मिलि रहेको थियो । त्यसैले शिव नारान मौका चुकाउने सुस्त्याइँ गर्ने मूर्खता किन गरि रहन्थे ?
प्रसङ्ग पेस हुनासाथै राम खेलावन राउतले मन्जुर गरे, नानीथकुँले पनि स्वीकृति दिइन् । मधेसतिर भएको हुनाले नानीथकुँलाई एक चोटि त अलि कस्तो कस्तो लागेको थियो, तर प्रेमको अगाडि दूरता कुन कुरा हो र ! नानीथकुँ प्रसन्न नै थिइन् ।
चाँडै घर फर्कनु परेको हुनाले विवाहको तिथि भरसक झट्टै तोक्ने प्रार्थना राम खेलावन राउतले गरे । शिव नारान आफैँ झट्टै बिहे सिद्ध्याउन चाहि रहेका, यसैले उनले सहर्ष स्वीकार पनि गरे । राम खेलावन राउतको अनुकूल मिलाउनु परेको र आफ्नो पनि व्यवहार चलाउनु परेकाले अझ पर्सि नै बिहे गर्ने शिव नारानले राय दिए । राम खेलावन राउत मात्र किन पछि हट्थे, त्यो पनि यस्तो मिठो कुरामा ! मन्जुर गरि हाले ।
अस्ति मात्र 'पर्सि' भनेर तीन दिन बाँकी भएको तिथि अहिले 'आज' भएर अगाडि आइ रहेको छ । आज नानीथकुँको विवाहको दिन, सबै खुसी भएर विवाह सम्पन्न गर्नामा तत्पर छन्, व्यस्त छन् । नानीथकुँ त झन् यति खुसी छन् कि भन्न लाज मानेर मात्रै ! उडेर भए पनि चाँडै पुगूँ जस्तो उनलाई लागि रहेको छ । आफ्नो जातीय नयाँ पोसाक पहिरँदा नानीथकुँको सौन्दर्य झन् चम्केको देखियो ।