Page:Shakuntala.pdf/6: Difference between revisions
mNo edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 9: | Line 9: | ||
<poem> | <poem> | ||
चिम्ली लोचन दीर्घकाल तपमा खोलेर वासन्तिका । | चिम्ली लोचन दीर्घकाल तपमा खोलेर वासन्तिका । | ||
नाच्दी सुन्दर तालले | नाच्दी सुन्दर तालले पवनामा देखी फुलेकी लता ।। | ||
बिर्सेझैँ ‘भन को तिमी’ यति भनी गौरी रुलाईकन । | |||
मुस्काएर फुल्याउँदा शिव | मुस्काएर फुल्याउँदा शिव दिऊन् कल्याणको चुम्बन ।। | ||
(१) | (१) | ||
चम्किथे अघि स्वर्णकालमहिमा पूर्वीय आकाशमा । | |||
गम्किन्थे सपनासमान घनमा बुट्टाहरु बान्किला ।। | |||
आँखामा खगको परीकन तिनै गाना बनी गुँज्दथे । | |||
आँखामा खगको परीकन तिनै गाना बनी गुँज्दथे । | त्यो आभा भर भारती, भरतको यो भारताऽकाशसमा ।। | ||
त्यो आभा भर भारती, भरतको यो | |||
(२) | (२) | ||
मीठो लाग्छ मलाइ ता प्रियकथा प्राचीन संसारको । | मीठो लाग्छ मलाइ ता प्रियकथा प्राचीन संसारको । | ||
हाम्रो भारतवर्षको उदयको हैमप्रभासारको | हाम्रो भारतवर्षको उदयको हैमप्रभासारको ।। | ||
जाडामा पनि कोयली कुसुमका बास्नाहरू | जाडामा पनि कोयली कुसुमका बास्नाहरू सम्झँदै | ||
फर्केलान् दिन फेरि उत्तर भनी बस्छे अकेली रुँदै ।। | |||
(३) | (३) | ||
बिर्सेका पुरुखा रुखा हृदयका सुख्खा झिना सन्तति । | बिर्सेका पुरुखा रुखा हृदयका सुख्खा झिना सन्तति । | ||
हामी | हामी दुर्बल रुग्ण खाडल खनी हाल्दा सबै सम्पति । | ||
फालेका बली गर्दा | फालेका कलिकालकल्मष बली गर्दा सधैँ खल्बली । | ||
श्रद्धाभक्तिविहीन भै मुटु जली | श्रद्धाभक्तिविहीन भै मुटु जली लाग्यौँ नि ! जानै ढली ।। | ||
(४) | (४) | ||
</poem> | </poem> |
Revision as of 01:03, 24 January 2025
॥:श्री:॥
नेपाली शाकुन्तल महाकाव्य
प्रथम सर्ग
(शार्दूलविक्रीडित)
चिम्ली लोचन दीर्घकाल तपमा खोलेर वासन्तिका ।
नाच्दी सुन्दर तालले पवनामा देखी फुलेकी लता ।।
बिर्सेझैँ ‘भन को तिमी’ यति भनी गौरी रुलाईकन ।
मुस्काएर फुल्याउँदा शिव दिऊन् कल्याणको चुम्बन ।।
(१)
चम्किथे अघि स्वर्णकालमहिमा पूर्वीय आकाशमा ।
गम्किन्थे सपनासमान घनमा बुट्टाहरु बान्किला ।।
आँखामा खगको परीकन तिनै गाना बनी गुँज्दथे ।
त्यो आभा भर भारती, भरतको यो भारताऽकाशसमा ।।
(२)
मीठो लाग्छ मलाइ ता प्रियकथा प्राचीन संसारको ।
हाम्रो भारतवर्षको उदयको हैमप्रभासारको ।।
जाडामा पनि कोयली कुसुमका बास्नाहरू सम्झँदै
फर्केलान् दिन फेरि उत्तर भनी बस्छे अकेली रुँदै ।।
(३)
बिर्सेका पुरुखा रुखा हृदयका सुख्खा झिना सन्तति ।
हामी दुर्बल रुग्ण खाडल खनी हाल्दा सबै सम्पति ।
फालेका कलिकालकल्मष बली गर्दा सधैँ खल्बली ।
श्रद्धाभक्तिविहीन भै मुटु जली लाग्यौँ नि ! जानै ढली ।।
(४)