Page:Ek chihan.pdf/102: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
देखिन् । त्यसैले | देखिन् । त्यसैले नानीथकुँ दुवै प्रबल प्रभावको दोधारमा परी अलमलिइ रहेकी | ||
छिन्, वाल्ल | छिन्, वाल्ल परि रहेकी छिन् । | ||
यही दोमन दोधारको चक्करमा परी | यही दोमन दोधारको चक्करमा परी नानीथकुँ अकर्मण्य भएर त्यसै | ||
जिल्ल र वाल्ल | जिल्ल र वाल्ल परि रहिन् । नानीथकुँबाट केही जबाफ नपाएर डाक्टर गोदत्त | ||
प्रसादले फेरि भने– " | प्रसादले फेरि भने– "जाऔँ हिँड नानीथकुँ। दोमनमा फसेर मौका नगुमाऊ । | ||
बाहिर मोटर | बाहिर मोटर छोडि आएको छु, जाऔँ ! शुभ साइतले तिमीलाई हाँसेर पर्खि | ||
रहेको छ ।" | रहेको छ ।" नानीथकुँको पाखुरा तान्दै डाक्टर गोदत्त प्रसादले भने । | ||
"आजलाई | "आजलाई भइगो डाक्टर साहेब ! भोलिपर्सि विचार गरुँला ।" | ||
नानीथकुँले नम्रतासाथ भनिन् । | |||
"प्रेममा विचार गरिन्न, | "प्रेममा विचार गरिन्न, नानीथकुँ । त्यो त आफैँ हुन्छ र ग्रहण गरिन | ||
जान्छ, अनि झट्ट त्यसलाई प्राप्त गर्नु नै सुख हो र जीवन हो । विचार त प्रेम | जान्छ, अनि झट्ट त्यसलाई प्राप्त गर्नु नै सुख हो र जीवन हो । विचार त प्रेम | ||
त्याग्न खोज्दा पो | त्याग्न खोज्दा पो गर्नु पर्छ कि यसले जीवनलाई अँध्यारोमा त लैजान्न भनेर ?" | ||
प्रेमप्लावित भावमा डाक्टर गोदत्त प्रसादले भने । | प्रेमप्लावित भावमा डाक्टर गोदत्त प्रसादले भने । | ||
" | "डाक्टर साहेब ! आजलाई माफ गर्नु होला । आज मेरो मन ठीक | ||
छैन । बरु गई पनि हाल्नोस्, | छैन । बरु गई पनि हाल्नोस्, डाक्टर साहेब ! दाइहरू आउनु भयो भने | ||
नचाहिँदो आपत्ति | नचाहिँदो आपत्ति बोक्नु पर्ला ।" यति भन्दै नानीथकुँ सरासर माथि उक्लिन् । | ||
अझ पनि | अझ पनि एक छिन डाक्टर गोदत्त प्रसाद छिँडीमा पर्खि नै रहेका थिए । | ||
नानीथकुँले फेरि तुरुन्त ओर्लेर भनिन्– "जानोस् भन्या डाक्टर साहेब ! | |||
कान्छा दाजु तल ओर्लनै | कान्छा दाजु तल ओर्लनै आँट्नु भएको छ । गइ हाल्नोस्, गइ हाल्नोस् !" | ||
यति भनी | यति भनी नानीथकुँ फेरि माथि उक्लिन् अनि डाक्टर गोदत्त प्रसाद पनि | ||
बडो खिन्न भएर फर्के । | बडो खिन्न भएर फर्के । | ||
{{nop}} | {{nop}} |
Latest revision as of 22:14, 23 June 2025
देखिन् । त्यसैले नानीथकुँ दुवै प्रबल प्रभावको दोधारमा परी अलमलिइ रहेकी छिन्, वाल्ल परि रहेकी छिन् ।
यही दोमन दोधारको चक्करमा परी नानीथकुँ अकर्मण्य भएर त्यसै जिल्ल र वाल्ल परि रहिन् । नानीथकुँबाट केही जबाफ नपाएर डाक्टर गोदत्त प्रसादले फेरि भने– "जाऔँ हिँड नानीथकुँ। दोमनमा फसेर मौका नगुमाऊ । बाहिर मोटर छोडि आएको छु, जाऔँ ! शुभ साइतले तिमीलाई हाँसेर पर्खि रहेको छ ।" नानीथकुँको पाखुरा तान्दै डाक्टर गोदत्त प्रसादले भने ।
"आजलाई भइगो डाक्टर साहेब ! भोलिपर्सि विचार गरुँला ।" नानीथकुँले नम्रतासाथ भनिन् ।
"प्रेममा विचार गरिन्न, नानीथकुँ । त्यो त आफैँ हुन्छ र ग्रहण गरिन जान्छ, अनि झट्ट त्यसलाई प्राप्त गर्नु नै सुख हो र जीवन हो । विचार त प्रेम त्याग्न खोज्दा पो गर्नु पर्छ कि यसले जीवनलाई अँध्यारोमा त लैजान्न भनेर ?" प्रेमप्लावित भावमा डाक्टर गोदत्त प्रसादले भने ।
"डाक्टर साहेब ! आजलाई माफ गर्नु होला । आज मेरो मन ठीक छैन । बरु गई पनि हाल्नोस्, डाक्टर साहेब ! दाइहरू आउनु भयो भने नचाहिँदो आपत्ति बोक्नु पर्ला ।" यति भन्दै नानीथकुँ सरासर माथि उक्लिन् ।
अझ पनि एक छिन डाक्टर गोदत्त प्रसाद छिँडीमा पर्खि नै रहेका थिए । नानीथकुँले फेरि तुरुन्त ओर्लेर भनिन्– "जानोस् भन्या डाक्टर साहेब ! कान्छा दाजु तल ओर्लनै आँट्नु भएको छ । गइ हाल्नोस्, गइ हाल्नोस् !"
यति भनी नानीथकुँ फेरि माथि उक्लिन् अनि डाक्टर गोदत्त प्रसाद पनि बडो खिन्न भएर फर्के ।