Jump to content

Page:Ek chihan.pdf/108: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
हर्षनारान आज माहिला तामाङकहाँ जुवाईं बनेर आइरहेका छन् ।  
हर्ष नारान आज माहिला तामाङकहाँ जुवाईं बनेर आइरहेका छन् ।  
उनका साथमा दाजु पुननारान पनि छन् । दिनभरि  
उनका साथमा दाजु पुन नारान पनि छन् । दिनभरि  
भरिया भए पनि दुई छाक खान नपाएका बिचरा माहिला तामाङ उनीहरूलाई  
भरिया भए पनि दुई छाक खान नपाएका बिचरा माहिला तामाङ उनीहरूलाई  
विशेष खुवाउने, पियाउने कुराले के सत्कार गर्न सक्थे ? हृदयबाट गरिने  
विशेष खुवाउने, पियाउने कुराले के सत्कार गर्न सक्थे ? हृदयबाट गरिने  
सम्मानमा भने कुनै कमी हुन दिएनन् । जोईपोइ दुवैले ती  
सम्मानमा भने कुनै कमी हुन दिएनन् । जोईपोइ दुवैले ती  
दाजुभाइलाई बडो आदरसाथ शिष्टता, नम्रताको व्यवहार गरे । उनीहरूको  
दाजुभाइलाई बडो आदरसाथ शिष्टता, नम्रताको व्यवहार गरे । उनीहरूको  
शिष्टता देखेर पुननारानहरू ज्यादै खुसी भए ।
शिष्टता देखेर पुन नारानहरू ज्यादै खुसी भए ।


छोरीलाई अरू केही दिन नसके पनि गोडापन्ध्रक रुपियाँ सापट  
छोरीलाई अरू केही दिन नसके पनि गोडापन्ध्रक रुपियाँ सापट  
Line 16: Line 16:
आँखा घुमाएर आह्लादित भइरहन्छिन् । पुतलीले आज रातो धागो हालेर  
आँखा घुमाएर आह्लादित भइरहन्छिन् । पुतलीले आज रातो धागो हालेर  
कपाल बाटेकी छिन्, निधारमा टाढैबाट देखिने एउटा ठुलो सितारा, ओठ र  
कपाल बाटेकी छिन्, निधारमा टाढैबाट देखिने एउटा ठुलो सितारा, ओठ र  
गालामा लाली पनि लाएकी छिन् । उनले आज आफूलाई ‘स्वर्गकी परी’ जस्तै  
गालामा लाली पनि लाएकी छिन् । उनले आज आफूलाई 'स्वर्गकी परी' जस्तै  
राम्री ठानेकी छिन् ।
राम्री ठानेकी छिन् ।


हर्षनारानहरू पुगेको करिब एक घण्टापछि माहिला तामाङले पुतलीलाई  
हर्ष नारानहरू पुगेको करिब एक घण्टापछि माहिला तामाङले पुतलीलाई  
बिदा गरे । छोरीलाई बिदाइ गर्दा उनकी आमा रोइन् । माहिला तामाङले पनि  
बिदा गरे । छोरीलाई बिदाइ गर्दा उनकी आमा रोइन् । माहिला तामाङले पनि  
आँखाबाट आँसु झारे । पुतलीका पनि दुवै आँखा आँसुले भरिए ।
आँखाबाट आँसु झारे । पुतलीका पनि दुवै आँखा आँसुले भरिए ।

Revision as of 22:12, 22 June 2025

This page has not been proofread

हर्ष नारान आज माहिला तामाङकहाँ जुवाईं बनेर आइरहेका छन् । उनका साथमा दाजु पुन नारान पनि छन् । दिनभरि भरिया भए पनि दुई छाक खान नपाएका बिचरा माहिला तामाङ उनीहरूलाई विशेष खुवाउने, पियाउने कुराले के सत्कार गर्न सक्थे ? हृदयबाट गरिने सम्मानमा भने कुनै कमी हुन दिएनन् । जोईपोइ दुवैले ती दाजुभाइलाई बडो आदरसाथ शिष्टता, नम्रताको व्यवहार गरे । उनीहरूको शिष्टता देखेर पुन नारानहरू ज्यादै खुसी भए ।

छोरीलाई अरू केही दिन नसके पनि गोडापन्ध्रक रुपियाँ सापट लिएर माहिला तामाङले गौनको फरिया, मखमलको चोलो र खास्टो पहिराएर सुसज्जित पारिराखेका थिए । पुतलीले यति धेरै लुगा एकै चोटि लाउन पाएको उनको जिन्दगीमा पहिलो पटक हो । आफ्ना अनन्य प्रेमीका साथसाथै यस्ता नयाँ लुगा लाउन पाएकाले आज पुतली साहै प्रफुल्ल छिन् । उनी घरी आफूलाई लैजान आफ्नो अगाडि हाँसि रहेका आफ्ना जीवनधनलाई लुकीछिपी हेरिरहन्छिन्, घरी आफ्ना लुगातिर आँखा घुमाएर आह्लादित भइरहन्छिन् । पुतलीले आज रातो धागो हालेर कपाल बाटेकी छिन्, निधारमा टाढैबाट देखिने एउटा ठुलो सितारा, ओठ र गालामा लाली पनि लाएकी छिन् । उनले आज आफूलाई 'स्वर्गकी परी' जस्तै राम्री ठानेकी छिन् ।

हर्ष नारानहरू पुगेको करिब एक घण्टापछि माहिला तामाङले पुतलीलाई बिदा गरे । छोरीलाई बिदाइ गर्दा उनकी आमा रोइन् । माहिला तामाङले पनि आँखाबाट आँसु झारे । पुतलीका पनि दुवै आँखा आँसुले भरिए ।

बिदाइको बेला उनकी आमाले केवल यतिसिवाय मुखबाट बोली निकाल्न सकिनन् – "राम्रोसँग बसी सबैलाई खुसी पार !"

माहिला तामाङले छोरीलाई दिन ल्याएको डोको, नाम्लो र हँसिया सुम्पिँदै भने – "छोरी ! लौ यो डोको, नाम्लो र हँसियालाई कहिले पनि नबिर्स र खर्पन, नोल, कोदालीको साथ सुहाएर नेपाललाई हँसाउने कोशिश गर ।"