Page:Ek chihan.pdf/104: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
"ठीक भन्नुभयो आमा । मैले पनि रोजें, मलाई पनि रोजी, यो तपाईंले | "ठीक भन्नुभयो आमा । मैले पनि रोजें, मलाई पनि रोजी, यो तपाईंले | ||
भन्नुभएकै कुरा हो ।" | भन्नुभएकै कुरा हो ।" हर्ष नारानले अझ दङ भएर भने । | ||
"तिमीले भनेका थियौ, घर नबनाईकन बिहे गर्दैगर्दिनँ । अब फेरि बिहे | "तिमीले भनेका थियौ, घर नबनाईकन बिहे गर्दैगर्दिनँ । अब फेरि बिहे | ||
Line 10: | Line 10: | ||
"अस्ति त नपाएर पो त्यसो भनेको, अब पाइहालें, बिहे नै किन | "अस्ति त नपाएर पो त्यसो भनेको, अब पाइहालें, बिहे नै किन | ||
नगर्ने ? बिहे गरेपछि घर बनाउने तत्परता पनि झन् बढ्ला ।" | नगर्ने ? बिहे गरेपछि घर बनाउने तत्परता पनि झन् बढ्ला ।" हर्ष नारानले भने । | ||
" | "एक–दुई दिनमै प्रेम तौलिइन्न हर्ष ! केही दिन जाँच्नु पनि पर्छ, त्यसैले | ||
झट्ट ल्याउन हडबडाउनु पनि ठीक छैन ।" लतमायाले भनिन् । | झट्ट ल्याउन हडबडाउनु पनि ठीक छैन ।" लतमायाले भनिन् । | ||
"हो आमा ! पूरा जाँचिसकेको छु, ऊ मलाई बिघ्नै मन पर्छ, | "हो आमा ! पूरा जाँचिसकेको छु, ऊ मलाई बिघ्नै मन पर्छ, | ||
म उसलाई उस्तै मन परेँ, त्यसैले मलाई बिहे गर्न रहर लाग्यो ।" | म उसलाई उस्तै मन परेँ, त्यसैले मलाई बिहे गर्न रहर लाग्यो ।" हर्ष नारानले भने । | ||
"अस्ति किन गर्दिनँ भनेको त ?" | "अस्ति किन गर्दिनँ भनेको त ?" | ||
Line 33: | Line 33: | ||
"नाइँ, म भन्दिनँ, तपाईं नै भन्नोस्। यो पनि एउटा अदब सम्झन्छु म ।" | "नाइँ, म भन्दिनँ, तपाईं नै भन्नोस्। यो पनि एउटा अदब सम्झन्छु म ।" | ||
हर्ष नारानले हाँसेर भने । | |||
"कसकी छोरी नि ? को नि यस घरमा लक्ष्मी बनेर आउने केटी ?" | "कसकी छोरी नि ? को नि यस घरमा लक्ष्मी बनेर आउने केटी ?" | ||
Line 39: | Line 39: | ||
"मै काम गर्न जाने ठाउँकी, ऊ पनि एउटी ज्यामी काम गर्ने ठिटी हो; | "मै काम गर्न जाने ठाउँकी, ऊ पनि एउटी ज्यामी काम गर्ने ठिटी हो; | ||
माहिला तामाङ रे उसको बाबुको नाम ।" | माहिला तामाङ रे उसको बाबुको नाम ।" हर्ष नारानले भने । | ||
{{nop}} | {{nop}} |
Revision as of 22:12, 22 June 2025
खोज्छ र उसमा आफ्नो दिल पनि पाउँछ भने त्यही प्रेम हो ।" लतमायाले पनि दङ भएर भनिन् ।
"ठीक भन्नुभयो आमा । मैले पनि रोजें, मलाई पनि रोजी, यो तपाईंले भन्नुभएकै कुरा हो ।" हर्ष नारानले अझ दङ भएर भने ।
"तिमीले भनेका थियौ, घर नबनाईकन बिहे गर्दैगर्दिनँ । अब फेरि बिहे गर्ने कुरा गर्यौ । घर बनाउन कोसिस गर न, यस्तो झुत्रो घरमा कसरी ल्याउने, मनै खिन्न नहोला ?" लतमायाले अलि व्यङ्ग्य हालेर भनिन् ।
"अस्ति त नपाएर पो त्यसो भनेको, अब पाइहालें, बिहे नै किन नगर्ने ? बिहे गरेपछि घर बनाउने तत्परता पनि झन् बढ्ला ।" हर्ष नारानले भने ।
"एक–दुई दिनमै प्रेम तौलिइन्न हर्ष ! केही दिन जाँच्नु पनि पर्छ, त्यसैले झट्ट ल्याउन हडबडाउनु पनि ठीक छैन ।" लतमायाले भनिन् ।
"हो आमा ! पूरा जाँचिसकेको छु, ऊ मलाई बिघ्नै मन पर्छ, म उसलाई उस्तै मन परेँ, त्यसैले मलाई बिहे गर्न रहर लाग्यो ।" हर्ष नारानले भने ।
"अस्ति किन गर्दिनँ भनेको त ?"
"अस्ति जाँच गर्दै थिएँ ।"
"लौ हुन्छ, तिमीलाई मन पर्छ भने ल्याऊ, मेरो त ज्यादै राजी छ, म यो कुरा सुनेर अत्यन्त खुसी छु । यस्तै आफैंले रोजेको हेर्न म बढ्ता चाहन्छु । तर दाजुहरूसँग पनि एक चोटि सोध, अदब राख्नु राम्रै कुरा हो । उनीहरू पनि यो सुनेर खुसी भइहाल्छन् ।" लतमायाले भनिन् ।
"तपाईंले नै सोधिदिनोस् आमा ! मलाई लाज लाग्छ ।"
"प्रेम गर्ने मानिसले लजाउन हुन्छ ? लजाइरहने त आमाबाबुले बिहे गराइमाग्ने मानिस मात्रै हुन्छन् ।" अलि व्यङ्ग्यको भावमा लतमायाले भनिन् ।
"नाइँ, म भन्दिनँ, तपाईं नै भन्नोस्। यो पनि एउटा अदब सम्झन्छु म ।" हर्ष नारानले हाँसेर भने ।
"कसकी छोरी नि ? को नि यस घरमा लक्ष्मी बनेर आउने केटी ?" लतमायाले सोधिन् ।
"मै काम गर्न जाने ठाउँकी, ऊ पनि एउटी ज्यामी काम गर्ने ठिटी हो; माहिला तामाङ रे उसको बाबुको नाम ।" हर्ष नारानले भने ।