Jump to content

Page:Ek chihan.pdf/103: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{left|{{larger|'''सत्ताइस'''}}}}
{{left|{{larger|'''सत्ताइस'''}}}}


आज हर्षनारानको अनुहारमा सहसा प्रसन्नता फलिफुलिरहेको  
आज हर्ष नारानको अनुहारमा सहसा प्रसन्नता फलिफुलिरहेको  
देख्ता लतमाया छक्क परिन् । उनको चेहरामा यस्तरी प्रसन्नता बलेको  
देख्ता लतमाया छक्क परिन् । उनको चेहरामा यस्तरी प्रसन्नता बलेको  
लतमायाले कहिल्यै देखेकी थिइनन् । लतमाया भान्छामा भात पकाइरहेकी  
लतमायाले कहिल्यै देखेकी थिइनन् । लतमाया भान्छामा भात पकाइरहेकी  
थिइन् । उनले हर्षनारान एक्लै हाँसी भऱ्याङ उक्लिरहेको देखिन् । माथि  
थिइन् । उनले हर्ष नारान एक्लै हाँसी भऱ्याङ उक्लिरहेको देखिन् । माथि  
बुइँगलमा पुगेपछि त उनको हाँसो अटाइनसक्नु भई झुसीबाट पोखिइरहेको  
बुइँगलमा पुगेपछि त उनको हाँसो अटाइनसक्नु भई झुसीबाट पोखिइरहेको  
लतमायाले पाइन् ।
लतमायाले पाइन् ।


लतमायाले अनौठो मानेर सोधिन्- "किन हर्षनारान !  
लतमायाले अनौठो मानेर सोधिन्– "किन हर्ष नारान !  
तिमी आज बिघ्नै खुसी देखिन्छौ । तिमी यति खुसाएको मैले आजसम्म  
तिमी आज बिघ्नै खुसी देखिन्छौ । तिमी यति खुसाएको मैले आजसम्म  
देखेकी थिइनँ ।"
देखेकी थिइनँ ।"


"मलाई, भन्नै लाज लाग्छ आमा ।" सङ्कोचवश हर्षनारान बोले ।
"मलाई, भन्नै लाज लाग्छ आमा ।" सङ्कोचवश हर्ष नारान बोले ।


"के भन न, मदेखि पनि लाज ?" लतमायाले भनिन् ।
"के भन न, मदेखि पनि लाज ?" लतमायाले भनिन् ।
Line 19: Line 19:


"अस्तिसम्म घर नबनाईकन बिहेको नामै लिन्न भन्ने मान्छे आज  
"अस्तिसम्म घर नबनाईकन बिहेको नामै लिन्न भन्ने मान्छे आज  
एकाएक बिहे गर्न तम्सिरहेछौ । भन हर्षनारान ! कुरा के छ ?"
एकाएक बिहे गर्न तम्सिरहेछौ । भन हर्ष नारान ! कुरा के छ ?"


"अब मलाई बिहे गर्न मन लाग्यो आमा !"
"अब मलाई बिहे गर्न मन लाग्यो आमा !"
Line 26: Line 26:


"त्यसैले आमा । मलाई झट्‌टै बिहे गर्न मन लागेको । कसैले मलाई  
"त्यसैले आमा । मलाई झट्‌टै बिहे गर्न मन लागेको । कसैले मलाई  
प्रेम गरेको पाएँ आमा ।" दङ पर्दै हर्षनारानले भने ।
प्रेम गरेको पाएँ आमा ।" दङ पर्दै हर्ष नारानले भने ।


"कसैमा कसैले सम्पत्ति खोज्छ, विद्या खोज्छ, इलम खोज्छ, रूप, यौवन  
"कसैमा कसैले सम्पत्ति खोज्छ, विद्या खोज्छ, इलम खोज्छ, रूप, यौवन  
खोज्छ भने त्यो प्रेम होइन; जसले अरू थोक केही नखोजीकन उसको दिल
खोज्छ भने त्यो प्रेम होइन; जसले अरू थोक केही नखोजीकन उसको दिल

Revision as of 22:12, 22 June 2025

This page has not been proofread
सत्ताइस

आज हर्ष नारानको अनुहारमा सहसा प्रसन्नता फलिफुलिरहेको देख्ता लतमाया छक्क परिन् । उनको चेहरामा यस्तरी प्रसन्नता बलेको लतमायाले कहिल्यै देखेकी थिइनन् । लतमाया भान्छामा भात पकाइरहेकी थिइन् । उनले हर्ष नारान एक्लै हाँसी भऱ्याङ उक्लिरहेको देखिन् । माथि बुइँगलमा पुगेपछि त उनको हाँसो अटाइनसक्नु भई झुसीबाट पोखिइरहेको लतमायाले पाइन् ।

लतमायाले अनौठो मानेर सोधिन्– "किन हर्ष नारान ! तिमी आज बिघ्नै खुसी देखिन्छौ । तिमी यति खुसाएको मैले आजसम्म देखेकी थिइनँ ।"

"मलाई, भन्नै लाज लाग्छ आमा ।" सङ्कोचवश हर्ष नारान बोले ।

"के भन न, मदेखि पनि लाज ?" लतमायाले भनिन् ।

"आमा ! म पनि अब बिहे गर्छु ।"

"अस्तिसम्म घर नबनाईकन बिहेको नामै लिन्न भन्ने मान्छे आज एकाएक बिहे गर्न तम्सिरहेछौ । भन हर्ष नारान ! कुरा के छ ?"

"अब मलाई बिहे गर्न मन लाग्यो आमा !"

"केटी पाइसकेका छौ ?"

"त्यसैले आमा । मलाई झट्‌टै बिहे गर्न मन लागेको । कसैले मलाई प्रेम गरेको पाएँ आमा ।" दङ पर्दै हर्ष नारानले भने ।

"कसैमा कसैले सम्पत्ति खोज्छ, विद्या खोज्छ, इलम खोज्छ, रूप, यौवन खोज्छ भने त्यो प्रेम होइन; जसले अरू थोक केही नखोजीकन उसको दिल