Page:Ek chihan.pdf/101: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"तिमीलाई बोलाउन आएको; आज तिमीलाई मेरो घरमा स्वागत गर्न | "तिमीलाई बोलाउन आएको; आज तिमीलाई मेरो घरमा स्वागत गर्न | ||
लिन आएको नानीथकुं !" कानैनिर गएर बिस्तारै डाक्टर | लिन आएको नानीथकुं !" कानैनिर गएर बिस्तारै डाक्टर गोदत्त प्रसादले भने । | ||
नानीथकुं एकछिन अकमक्क परिन् । उनी टोलाइन्, गौर गरिन् । | नानीथकुं एकछिन अकमक्क परिन् । उनी टोलाइन्, गौर गरिन् । | ||
अनि एकैछिनपछि डाक्टर | अनि एकैछिनपछि डाक्टर गोदत्त प्रसादले फेरि भने– "हिँड, नानीथकुं ! केही | ||
धन्दा मान्नु पर्दैन । निस्फिक्री होऊ ।" | धन्दा मान्नु पर्दैन । निस्फिक्री होऊ ।" | ||
Line 9: | Line 9: | ||
"तिमीले डराउनु पर्दैन नानीथकुं । केही चिन्ता छैन । तिमी आए | "तिमीले डराउनु पर्दैन नानीथकुं । केही चिन्ता छैन । तिमी आए | ||
पुग्छ ।" विनीत भावमा डाक्टर | पुग्छ ।" विनीत भावमा डाक्टर गोदत्त प्रसादले भने । | ||
"म आउँदिनँ, डाक्टरसाहेब । अब मलाई प्रेम गर्न मन भएन ।" | "म आउँदिनँ, डाक्टरसाहेब । अब मलाई प्रेम गर्न मन भएन ।" | ||
Line 35: | Line 35: | ||
गर्नु हो, भिक्षुणी आदि हुनु त नपुंसक हुनु हो । प्रेम गरिसकेर, यहाँसम्मको | गर्नु हो, भिक्षुणी आदि हुनु त नपुंसक हुनु हो । प्रेम गरिसकेर, यहाँसम्मको | ||
बरबन्दोबस्त गराइसकेर अहिले यस्तो कुरा गर्नु मेरा लागि त सरासर धोकै | बरबन्दोबस्त गराइसकेर अहिले यस्तो कुरा गर्नु मेरा लागि त सरासर धोकै | ||
भयो ।" प्रभावपूर्ण भावमा डाक्टर | भयो ।" प्रभावपूर्ण भावमा डाक्टर गोदत्त प्रसादले भने । | ||
नानीथकुँलाई डाक्टर गोदत्त प्रसादमाथि माया बसिसकेको छ, तर | |||
रञ्जनादेवीको भनाइ र आफ्ना दाजु | रञ्जनादेवीको भनाइ र आफ्ना दाजु शिव नारानको कुरामा नानीथकुंले सत्य |
Revision as of 22:12, 22 June 2025
"तिमीलाई बोलाउन आएको; आज तिमीलाई मेरो घरमा स्वागत गर्न लिन आएको नानीथकुं !" कानैनिर गएर बिस्तारै डाक्टर गोदत्त प्रसादले भने ।
नानीथकुं एकछिन अकमक्क परिन् । उनी टोलाइन्, गौर गरिन् । अनि एकैछिनपछि डाक्टर गोदत्त प्रसादले फेरि भने– "हिँड, नानीथकुं ! केही धन्दा मान्नु पर्दैन । निस्फिक्री होऊ ।"
"म आउन्नँ ।" सरल भावमा नानीथकुंले बिस्तारै भनिन् ।
"तिमीले डराउनु पर्दैन नानीथकुं । केही चिन्ता छैन । तिमी आए पुग्छ ।" विनीत भावमा डाक्टर गोदत्त प्रसादले भने ।
"म आउँदिनँ, डाक्टरसाहेब । अब मलाई प्रेम गर्न मन भएन ।"
"बहुलाही । सब ठीकठाक गरिसकें भन्छु त ।"
"साँच्चै हो डाक्टरसाहेब । अब मलाई प्रेम गर्न मन भएन ।"
"सबसित छुट्टिन परेर मात्र यस्तो भएको होला नानीथकुं । एक छिनमा यो दिक्दारी मेटिनेछ ।"
"जिद्दी नगर्नोस् डाक्टरसाहेब । साँच्चै हो, म आउँदिनँ ।"
"आफ्ना शाखासम्बन्धीहरू छोड्न खोज्दा योभन्दा पनि अझ बढ्ता दिक्दारी र खिन्नता आउन सक्छ नानीथकुं । यसको तिमी पर्बाह नगर, एकै छिनमा दिक्दारी हटेर मन रमाउन र रसाउन थाल्छ ।" डाक्टर गोदत्त प्रसादले सम्झाएर भने ।
"म स्वास्नीमान्छेकी कलङ्ङ्किनी हुन चाहन्नँ, म जिन्दगी बेच्न चाहन्नँ । मलाई अब आफ्नो नारीत्वको महत्त्व थाहा भएर आयो । अब म नारीत्व गिराउन चाहन्नँ ।" नानीथकुंले भनिन् ।
"नारीत्वको महत्त्व यो होइन कि नानीथकुं ! कोही पुरुषसित पनि सम्बन्धै राख्न हुन्न, म त भन्दछु, नारीको नारीत्व नै कोही पुरुषलाई ग्रहण गर्नु हो, भिक्षुणी आदि हुनु त नपुंसक हुनु हो । प्रेम गरिसकेर, यहाँसम्मको बरबन्दोबस्त गराइसकेर अहिले यस्तो कुरा गर्नु मेरा लागि त सरासर धोकै भयो ।" प्रभावपूर्ण भावमा डाक्टर गोदत्त प्रसादले भने ।
नानीथकुँलाई डाक्टर गोदत्त प्रसादमाथि माया बसिसकेको छ, तर रञ्जनादेवीको भनाइ र आफ्ना दाजु शिव नारानको कुरामा नानीथकुंले सत्य