Page:Ek chihan.pdf/99: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 11: | Line 11: | ||
"सरसापट गरेर भए पनि तिमीहरू सबै भाइ मिली यसपालिलाई | "सरसापट गरेर भए पनि तिमीहरू सबै भाइ मिली यसपालिलाई | ||
बस । टालटुलै मात्र गरेर पनि घर एउटाको चिन्ता मेटाउने कोसिस गर बाबू | बस । टालटुलै मात्र गरेर पनि घर एउटाको चिन्ता मेटाउने कोसिस गर बाबू | ||
हो !" अलि मायालाग्दो भावमा लतमायाले | हो !" अलि मायालाग्दो भावमा लतमायाले भनिन्– "अब त म पनि धेरै दिन | ||
बाँचुला जस्तो लाग्दैन, | बाँचुला जस्तो लाग्दैन, नानीथकुँ र हर्ष नारान यी दुई जनाको व्यवहार | ||
सिद्ध्याउन पाए मरे पनि हुने भइसकें । खोइ, | सिद्ध्याउन पाए मरे पनि हुने भइसकें । खोइ, नानीथकुँलाई पनि कसैले भन्न | ||
आउँदैन । फोने गरेर पनि असल दुलाहा खोज्ने गर बाबू हो ! त्यसो गर्दैमा | आउँदैन । फोने गरेर पनि असल दुलाहा खोज्ने गर बाबू हो ! त्यसो गर्दैमा | ||
केही नराम्रो देख्तिनँ म । | केही नराम्रो देख्तिनँ म । हर्ष नारानलाई पनि कति जना केटी खोजिसकें, | ||
हामी गरिब भएर हो कि भेट्टाउनै सकिन्न । तिम्रा बाबु, दाजुहरूको सिद्धान्त | हामी गरिब भएर हो कि भेट्टाउनै सकिन्न । तिम्रा बाबु, दाजुहरूको सिद्धान्त | ||
अनुसार तिमीहरूले नै खोज्ने गर आफूलाई मन पर्ने, नानीहो ! त्यही म पनि | अनुसार तिमीहरूले नै खोज्ने गर आफूलाई मन पर्ने, नानीहो ! त्यही म पनि | ||
बेस देख्छु । बरु जातपातको वास्ता नगरे पनि हुन्छ ।" | बेस देख्छु । बरु जातपातको वास्ता नगरे पनि हुन्छ ।" | ||
खिस्स हाँसेर | खिस्स हाँसेर हर्ष नारानले भने– "नानीथकुँ त्यसै गरोस्, म त अहिले | ||
बिहे गर्न चाहन्नँ । घरै बनिसकेको छैन, खुवाउने पाल्ने नै आफूलाई तागत | बिहे गर्न चाहन्नँ । घरै बनिसकेको छैन, खुवाउने पाल्ने नै आफूलाई तागत | ||
आइसकेको छैन, केको बिहे गर्न हतपत ? अर्काकी छोरीलाई ल्याएर त्यसै | आइसकेको छैन, केको बिहे गर्न हतपत ? अर्काकी छोरीलाई ल्याएर त्यसै |
Revision as of 21:59, 22 June 2025
त बिघ्नै डर भइरहेको छ । यस्तरी दिनका दिन पानी परिरहेको छ, अझ मुख्य पानी पर्ने याम आएकै छैन ।"
"मैले पनि त्यही विचार गरिरहेको छु आमा ! जे गरेर पनि यसपालि घर नबनाईकन त हुँदैहुँदैन । मलाई पनि बिघ्नै फिक्री लागिरहेको छ ।" पुन नारानले भात खाँदै भने ।
"यसपालि पनि बनाउन सकिएन भने त जगैदेखि भत्कन बेर छैन ।" हर्ष नारानले भने ।
"सरसापट गरेर भए पनि तिमीहरू सबै भाइ मिली यसपालिलाई बस । टालटुलै मात्र गरेर पनि घर एउटाको चिन्ता मेटाउने कोसिस गर बाबू हो !" अलि मायालाग्दो भावमा लतमायाले भनिन्– "अब त म पनि धेरै दिन बाँचुला जस्तो लाग्दैन, नानीथकुँ र हर्ष नारान यी दुई जनाको व्यवहार सिद्ध्याउन पाए मरे पनि हुने भइसकें । खोइ, नानीथकुँलाई पनि कसैले भन्न आउँदैन । फोने गरेर पनि असल दुलाहा खोज्ने गर बाबू हो ! त्यसो गर्दैमा केही नराम्रो देख्तिनँ म । हर्ष नारानलाई पनि कति जना केटी खोजिसकें, हामी गरिब भएर हो कि भेट्टाउनै सकिन्न । तिम्रा बाबु, दाजुहरूको सिद्धान्त अनुसार तिमीहरूले नै खोज्ने गर आफूलाई मन पर्ने, नानीहो ! त्यही म पनि बेस देख्छु । बरु जातपातको वास्ता नगरे पनि हुन्छ ।"
खिस्स हाँसेर हर्ष नारानले भने– "नानीथकुँ त्यसै गरोस्, म त अहिले बिहे गर्न चाहन्नँ । घरै बनिसकेको छैन, खुवाउने पाल्ने नै आफूलाई तागत आइसकेको छैन, केको बिहे गर्न हतपत ? अर्काकी छोरीलाई ल्याएर त्यसै भोकै राख्न त ठीक छैन ।"
"घर त रुपियाँ भएपछि बन्ला तर बुढी हुँदै गएको मेरो अवस्थाले पर्खि रहन त सक्तैन । के त मैले तिम्रो बिहे नहेरीकनै मर्ने ?" लतमायाले अलि दुःखित भएर भनिन् ।
"घर बनेको पनि देख्नुहोला, बिहे पनि हेर्न पाउनुहुनेछ । अहिल्यै हामीलाई त्यस्तरी टुहुरा बनाउने अलच्छिन नचिताउनुहोला आमा !" हर्ष नारानले श्रद्धापूर्ण भावमा भने ।