Page:Ek chihan.pdf/96: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
भनिन् । | भनिन् । | ||
"म बुढो लागे अझै अर्को तरुनोसित ठट्टा गरे पनि | "म बुढो लागे अझै अर्को तरुनोसित ठट्टा गरे पनि 'हा !' भन्ने छैन | ||
के म ।" ठट्टाकै भावमा | के म ।" ठट्टाकै भावमा शिव नारानले भने । | ||
"छिः चुप लागेर सुत्नोस्, बाह्र बजिसक्यो होला, अर्कालाई नीद | "छिः चुप लागेर सुत्नोस्, बाह्र बजिसक्यो होला, अर्कालाई नीद | ||
आइसक्यो ।" अलि नखराउँदै हाकुमायाले भनिन् | आइसक्यो ।" अलि नखराउँदै हाकुमायाले भनिन् | ||
"नीद आएको देखेर त | "नीद आएको देखेर त 'नसुत, ठट्टा गर' भनेको, नीद | ||
नआएको भए ठट्टा पनि त मिठो हुने थिएन ।" | नआएको भए ठट्टा पनि त मिठो हुने थिएन ।" शिव नारानले मुस्कुराउँदै | ||
भने | भने | ||
Line 18: | Line 18: | ||
"एकछिन ख्यालठट्टा गरेर त रमाऊ ! खेत कुर्न आएकी रे, घर होइन त | "एकछिन ख्यालठट्टा गरेर त रमाऊ ! खेत कुर्न आएकी रे, घर होइन त | ||
सुतेर बिताउनलाई मेरी हाकु रानी !" ठट्टाको भावमा | सुतेर बिताउनलाई मेरी हाकु रानी !" ठट्टाको भावमा शिव नारानले | ||
भने । "ज्यापूकी छोरी ज्यापुनीलाई केको | भने । "ज्यापूकी छोरी ज्यापुनीलाई केको 'रानी' भन्नुपर्छ !" | ||
"त्यसो भए मलाई भन त | "त्यसो भए मलाई भन त 'राजा'; मलाई त मन पर्छ । | ||
"तपाईं झन् ज्यापूको छोरा, त्यस्तै खेत कुरेर, खर्पन बोकेर, कसरी | "तपाईं झन् ज्यापूको छोरा, त्यस्तै खेत कुरेर, खर्पन बोकेर, कसरी | ||
'राजा' हुन सक्नुहोला ? हुनै नसक्ने कुरा । बरु कुनै राजाकी स्वास्नी हुन | |||
जान सके म | जान सके म 'रानी' हुन सक्छु ।" ठट्टाको भावमा हाकुमायाले भनिन् । | ||
यत्तिकैमा खेतमा बस्तुभाउ चरेको आवाज सुनेर | यत्तिकैमा खेतमा बस्तुभाउ चरेको आवाज सुनेर शिव नारान हातमा | ||
लौरो लिएर कुद्दै गए । रातको बेला हुनाले हाकुमाया पनि | लौरो लिएर कुद्दै गए । रातको बेला हुनाले हाकुमाया पनि शिव नारानको पछि | ||
पछि दौडँदै गएकी थिइन् । आफ्नो रगत पसिना दिएर कमाएको खेतमा यसरी | पछि दौडँदै गएकी थिइन् । आफ्नो रगत पसिना दिएर कमाएको खेतमा यसरी | ||
गाई चर्न आएको देखेर | गाई चर्न आएको देखेर शिव नारान धुमचक्र रिसाएका थिए । रिसको झोँकमा | ||
उनले गाईलाई साह्रै नै पिटे ।" | उनले गाईलाई साह्रै नै पिटे ।" | ||
"भैगो, भोलि गाईलाई थानामा बुझाइदिनुहोला । लिलाम भैहाल्छ, | "भैगो, भोलि गाईलाई थानामा बुझाइदिनुहोला । लिलाम भैहाल्छ, | ||
यसका धनीलाई पनि सजाय भैहाल्छ । यो बिचरा पशुलाई के थाहा, उसको | यसका धनीलाई पनि सजाय भैहाल्छ । यो बिचरा पशुलाई के थाहा, उसको |
Revision as of 21:59, 22 June 2025
"गालामा चाउरी गन्यो भने यता सात, उता सात गरी थोरैमा चौध होलान्, अझ आफूलाई तरुनो भनाउन मन छ ? बुढो मानिसले ठट्टा गरेको देख्ता मलाई काउकुती लागेर आउँछ ।" ठट्टाको भावमा हाकुमायाले भनिन् ।
"म बुढो लागे अझै अर्को तरुनोसित ठट्टा गरे पनि 'हा !' भन्ने छैन के म ।" ठट्टाकै भावमा शिव नारानले भने ।
"छिः चुप लागेर सुत्नोस्, बाह्र बजिसक्यो होला, अर्कालाई नीद आइसक्यो ।" अलि नखराउँदै हाकुमायाले भनिन्
"नीद आएको देखेर त 'नसुत, ठट्टा गर' भनेको, नीद नआएको भए ठट्टा पनि त मिठो हुने थिएन ।" शिव नारानले मुस्कुराउँदै भने
"छिः सुत्नोस् झट्टै, तपाईंलाई नीद नआए म त सुत्छु, मलाई त आइ सक्यो ज्यादै ।" मुस्कुराउँदै हाकुमायाले भनिन् ।
"एकछिन ख्यालठट्टा गरेर त रमाऊ ! खेत कुर्न आएकी रे, घर होइन त सुतेर बिताउनलाई मेरी हाकु रानी !" ठट्टाको भावमा शिव नारानले भने । "ज्यापूकी छोरी ज्यापुनीलाई केको 'रानी' भन्नुपर्छ !"
"त्यसो भए मलाई भन त 'राजा'; मलाई त मन पर्छ ।
"तपाईं झन् ज्यापूको छोरा, त्यस्तै खेत कुरेर, खर्पन बोकेर, कसरी 'राजा' हुन सक्नुहोला ? हुनै नसक्ने कुरा । बरु कुनै राजाकी स्वास्नी हुन जान सके म 'रानी' हुन सक्छु ।" ठट्टाको भावमा हाकुमायाले भनिन् ।
यत्तिकैमा खेतमा बस्तुभाउ चरेको आवाज सुनेर शिव नारान हातमा लौरो लिएर कुद्दै गए । रातको बेला हुनाले हाकुमाया पनि शिव नारानको पछि पछि दौडँदै गएकी थिइन् । आफ्नो रगत पसिना दिएर कमाएको खेतमा यसरी गाई चर्न आएको देखेर शिव नारान धुमचक्र रिसाएका थिए । रिसको झोँकमा उनले गाईलाई साह्रै नै पिटे ।"
"भैगो, भोलि गाईलाई थानामा बुझाइदिनुहोला । लिलाम भैहाल्छ, यसका धनीलाई पनि सजाय भैहाल्छ । यो बिचरा पशुलाई के थाहा, उसको