Page:Ek chihan.pdf/86: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{right|{{larger|'''चौबिस'''}}}} | {{right|{{larger|'''चौबिस'''}}}} | ||
हिजोको रोपाइँको थकाइ मेट्न आज | हिजोको रोपाइँको थकाइ मेट्न आज शिव नारानहरू कोही पनि | ||
खेतमा गएनन् । अब | खेतमा गएनन् । अब दुई–चार दिनपछि त गाई, साँढेहरूले बाली खाइदिने | ||
डर मानेर खेतमा सुत्नसमेत पनि जानुपर्ने हुन्छ । यसले पनि आज एक | डर मानेर खेतमा सुत्नसमेत पनि जानुपर्ने हुन्छ । यसले पनि आज एक | ||
दिन आरामै लिऔं भनी उनीहरू खेतमा नगएका हुन् । त्यसैले आज पुन | दिन आरामै लिऔं भनी उनीहरू खेतमा नगएका हुन् । त्यसैले आज पुन | ||
नारान र | नारान र हर्ष नारान दुई जना मात्र थिएनन् । परिवारका अरू सदस्यहरू | ||
घरमै थिए । | घरमै थिए । | ||
आज | आज शिव नारान घरमा बसेको मौका र नानीथकुँको डाक्टरसँगको | ||
नराम्रो सम्बन्ध जुट्न लागेको देखिएको हुनाले लतमायाले | नराम्रो सम्बन्ध जुट्न लागेको देखिएको हुनाले लतमायाले शिव नारानसँग | ||
नानीथकुँको विवाहको कुरा चलाइन् । उनले शिव नारानलाई भनिन्– | |||
" | "नानीथकुँलाई अब यसै राखिछोड्न भएन, शिव नारान ! लक्का जवान | ||
भइसकी, झट्टै बिहे गरिदिनुपर्यो, नराम्रो कुरा सुनिन थालिसक्यो । योभन्दा | भइसकी, झट्टै बिहे गरिदिनुपर्यो, नराम्रो कुरा सुनिन थालिसक्यो । योभन्दा | ||
पनि नराम्रो कुरा सुन्नुपर्ला भनेर बिघ्नै डर भइसक्यो, मलाई त । जे गरेर, | पनि नराम्रो कुरा सुन्नुपर्ला भनेर बिघ्नै डर भइसक्यो, मलाई त । जे गरेर, | ||
जे सहेर पनि यो एउटीको बिहे गरिदिऔं, | जे सहेर पनि यो एउटीको बिहे गरिदिऔं, हर्ष नारानको बरु पछि गर्दै गरुँला, | ||
त्यस्तो कुनै हतारो छैन ।" | त्यस्तो कुनै हतारो छैन ।" | ||
"मैले पनि यही सोचिरहेको छु, आमा ! बदमास डाक्टर गोदत्त | "मैले पनि यही सोचिरहेको छु, आमा ! बदमास डाक्टर गोदत्त | ||
प्रसादको बिघ्नै डर भइसक्या छ, मलाई ।" | प्रसादको बिघ्नै डर भइसक्या छ, मलाई ।" शिव नारानले अलि गम्भीर | ||
भावमा भने । | भावमा भने । | ||
Revision as of 21:59, 22 June 2025
चौबिस
हिजोको रोपाइँको थकाइ मेट्न आज शिव नारानहरू कोही पनि खेतमा गएनन् । अब दुई–चार दिनपछि त गाई, साँढेहरूले बाली खाइदिने डर मानेर खेतमा सुत्नसमेत पनि जानुपर्ने हुन्छ । यसले पनि आज एक दिन आरामै लिऔं भनी उनीहरू खेतमा नगएका हुन् । त्यसैले आज पुन नारान र हर्ष नारान दुई जना मात्र थिएनन् । परिवारका अरू सदस्यहरू घरमै थिए ।
आज शिव नारान घरमा बसेको मौका र नानीथकुँको डाक्टरसँगको नराम्रो सम्बन्ध जुट्न लागेको देखिएको हुनाले लतमायाले शिव नारानसँग नानीथकुँको विवाहको कुरा चलाइन् । उनले शिव नारानलाई भनिन्– "नानीथकुँलाई अब यसै राखिछोड्न भएन, शिव नारान ! लक्का जवान भइसकी, झट्टै बिहे गरिदिनुपर्यो, नराम्रो कुरा सुनिन थालिसक्यो । योभन्दा पनि नराम्रो कुरा सुन्नुपर्ला भनेर बिघ्नै डर भइसक्यो, मलाई त । जे गरेर, जे सहेर पनि यो एउटीको बिहे गरिदिऔं, हर्ष नारानको बरु पछि गर्दै गरुँला, त्यस्तो कुनै हतारो छैन ।"
"मैले पनि यही सोचिरहेको छु, आमा ! बदमास डाक्टर गोदत्त प्रसादको बिघ्नै डर भइसक्या छ, मलाई ।" शिव नारानले अलि गम्भीर भावमा भने ।
"मलाई पनि डर भइरहेको छ त्यसको, त्यसैले म भन्छु सोचेर मात्र भएन, झटपट गरिहाल्नुपर्यो ।" लतमायाले भनिन् ।