Page:Ek chihan.pdf/71: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"भन न, आफूलाई लागेको कुरा | "भन न, आफूलाई लागेको कुरा बोल्नु पर्छ, नत्र आफैँलाई धोका | ||
हुन्छ । आफ्नो विचार र रायले मानिसको अस्तित्वको रक्षा गर्छ नत्र उसले | हुन्छ । आफ्नो विचार र रायले मानिसको अस्तित्वको रक्षा गर्छ नत्र उसले | ||
आफ्नो अस्तित्व मात्र मरेको पाउँछ ।" अलि मुसुक्क हाँसेर रञ्जना | आफ्नो अस्तित्व मात्र मरेको पाउँछ ।" अलि मुसुक्क हाँसेर रञ्जना | ||
देवीले भनिन् । | देवीले भनिन् । | ||
नानीथकुँले केही पनि भनिनन् खालि गम्भीर भावमा मुसुमुसु हाँसि | |||
रहिन् अनि अझ बढ्ता हित कामनाको भावमा गम्भीर भएर | रहिन् अनि अझ बढ्ता हित कामनाको भावमा गम्भीर भएर रञ्जना देवीले | ||
भनिन्– "तिमी मेरो आफ्नो जातिकी मानिस हुनाले मेरो नातेदार हौ । हरेक | |||
स्वास्नी मान्छेले दुनियाँ भरका प्राणी अथवा मानिस मात्रको हित गर्न नसके | |||
पनि | पनि कम से कम स्वास्नी मान्छेको मात्रको इज्जत र गौरवको मात्र ख्याल राख्न | ||
सके पनि दुनियाँमा दुःखको मात्रा यति घट्छ कि मानिसको बस्तीभित्र मात्र | सके पनि दुनियाँमा दुःखको मात्रा यति घट्छ कि मानिसको बस्तीभित्र मात्र | ||
होइन, | होइन, बाटो बाटोमा सुख हाँसि रहेको हामी पाउने छौँ । | ||
तसर्थ | तसर्थ नानीथकुँ ! नारी भएर तिमीले नारीको मूल्य पहिचान्न सक, | ||
नारीको महत्त्व बढाउन कोसिस गर । समाजको मर्यादा र गौरव नारीको | नारीको महत्त्व बढाउन कोसिस गर । समाजको मर्यादा र गौरव नारीको | ||
मूल्यमा निर्भर छ । भौतिक उन्नति र सुविधाले मानिसलाई बाहिरी सुख | मूल्यमा निर्भर छ । भौतिक उन्नति र सुविधाले मानिसलाई बाहिरी सुख | ||
Line 19: | Line 19: | ||
विज्ञानमा मात्र हुँदैन, चरित्रको उन्नति नै उसको चरम सीमा हो । नारीको | विज्ञानमा मात्र हुँदैन, चरित्रको उन्नति नै उसको चरम सीमा हो । नारीको | ||
चरित्र हाँस्न पाएको ठाउँमा पुरुषको आत्माले नाच्न पाउँछ, त्यस्ता ठाउँमा | चरित्र हाँस्न पाएको ठाउँमा पुरुषको आत्माले नाच्न पाउँछ, त्यस्ता ठाउँमा | ||
नै हौसला फुल्न | नै हौसला फुल्न आइ रहन्छ, फुर्ती मुस्कुराइ रहन्छ र अभिमान बाँचि | ||
रहन्छ ।" | रहन्छ ।" | ||
रञ्जना देवीले यति कुरा छाँटि सकेपछि बल्ल मुन्टो उठाएर नानीथकुँ | |||
बोलिन्– "तपाईंको कुरा ज्यादै राम्रो छ, जति सुने पनि पेट नभर्ने, अझ सुनि | |||
रहूँ जस्तो लाग्छ । तर मलाई यो पनि गजब | रहूँ जस्तो लाग्छ । तर मलाई यो पनि गजब लागि रहेको छ कि तपाईंले | ||
मलाई बोलाउन पठाएर किन यो सब कुरा | मलाई बोलाउन पठाएर किन यो सब कुरा गरि रहनु भएको हो ?" | ||
"तिमी बिग्रन आँटेको | "तिमी बिग्रन आँटेको देखेर ।" बडो मायालु भावमा गम्भीर भएर | ||
रञ्जना देवीले भनिन् । | |||
"म किन बिग्रन्छु ? मैले के बिग्रने काम गरेकी छु ?" | "म किन बिग्रन्छु ? मैले के बिग्रने काम गरेकी छु ?" नानीथकुँले | ||
विनम्र भावमा भनिन् । | विनम्र भावमा भनिन् । | ||
{{nop}} | {{nop}} |
Latest revision as of 21:31, 22 June 2025
"भन न, आफूलाई लागेको कुरा बोल्नु पर्छ, नत्र आफैँलाई धोका हुन्छ । आफ्नो विचार र रायले मानिसको अस्तित्वको रक्षा गर्छ नत्र उसले आफ्नो अस्तित्व मात्र मरेको पाउँछ ।" अलि मुसुक्क हाँसेर रञ्जना देवीले भनिन् ।
नानीथकुँले केही पनि भनिनन् खालि गम्भीर भावमा मुसुमुसु हाँसि रहिन् अनि अझ बढ्ता हित कामनाको भावमा गम्भीर भएर रञ्जना देवीले भनिन्– "तिमी मेरो आफ्नो जातिकी मानिस हुनाले मेरो नातेदार हौ । हरेक स्वास्नी मान्छेले दुनियाँ भरका प्राणी अथवा मानिस मात्रको हित गर्न नसके पनि कम से कम स्वास्नी मान्छेको मात्रको इज्जत र गौरवको मात्र ख्याल राख्न सके पनि दुनियाँमा दुःखको मात्रा यति घट्छ कि मानिसको बस्तीभित्र मात्र होइन, बाटो बाटोमा सुख हाँसि रहेको हामी पाउने छौँ ।
तसर्थ नानीथकुँ ! नारी भएर तिमीले नारीको मूल्य पहिचान्न सक, नारीको महत्त्व बढाउन कोसिस गर । समाजको मर्यादा र गौरव नारीको मूल्यमा निर्भर छ । भौतिक उन्नति र सुविधाले मानिसलाई बाहिरी सुख मात्र प्राप्त हुन सक्छ, तर नारीको चरित्र पाउनाले मानिसको जीवनमा अलौकिक आनन्द आउँछ । त्यसैले सभ्यताको मापदण्ड भौतिक उन्नति वा विज्ञानमा मात्र हुँदैन, चरित्रको उन्नति नै उसको चरम सीमा हो । नारीको चरित्र हाँस्न पाएको ठाउँमा पुरुषको आत्माले नाच्न पाउँछ, त्यस्ता ठाउँमा नै हौसला फुल्न आइ रहन्छ, फुर्ती मुस्कुराइ रहन्छ र अभिमान बाँचि रहन्छ ।"
रञ्जना देवीले यति कुरा छाँटि सकेपछि बल्ल मुन्टो उठाएर नानीथकुँ बोलिन्– "तपाईंको कुरा ज्यादै राम्रो छ, जति सुने पनि पेट नभर्ने, अझ सुनि रहूँ जस्तो लाग्छ । तर मलाई यो पनि गजब लागि रहेको छ कि तपाईंले मलाई बोलाउन पठाएर किन यो सब कुरा गरि रहनु भएको हो ?"
"तिमी बिग्रन आँटेको देखेर ।" बडो मायालु भावमा गम्भीर भएर रञ्जना देवीले भनिन् ।
"म किन बिग्रन्छु ? मैले के बिग्रने काम गरेकी छु ?" नानीथकुँले विनम्र भावमा भनिन् ।