Page:Ek chihan.pdf/60: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
त्यसै | त्यसै रोइ रहनाले र भात नखाइ रहनाले अनि सहि रहनाले र बसि | ||
रहनाले आफ्नो समस्या हल हुने | रहनाले आफ्नो समस्या हल हुने नानीथकुँले देखिनन् । अनि उनी एक्कासि | ||
जुरुक्क उठिन् र डाक्टर | जुरुक्क उठिन् र डाक्टर गोदत्त प्रसादकहाँ सरासर गइन् । | ||
डाक्टर | डाक्टर गोदत्त प्रसादको आफूकहाँ आउने बिरामीहरूको निःशुल्क | ||
परीक्षा गर्ने | परीक्षा गर्ने वेला थियो । नानीथकुँ पुग्दा डाक्टर गोदत्त प्रसाद बिरामी हेर्ने | ||
कोठामा बसी अखबार | कोठामा बसी अखबार हेरि रहेका थिए । बिरामी एक जना पनि थिएनन् । | ||
नानीथकुँलाई यसरी एकाएक पाएर डाक्टर गोदत्त प्रसाद हर्षले पुलकित भए । | |||
उनको आत्मा आनन्दले नाच्न थाल्यो । अनि स्वागतको भावमा डाक्टर गोदत्त | उनको आत्मा आनन्दले नाच्न थाल्यो । अनि स्वागतको भावमा डाक्टर गोदत्त | ||
प्रसादले | प्रसादले भने– "अहो नानीथकुँ ! आज कत्रो निगाह !" | ||
नानीथकुँले केही पनि जबाफ दिइनन्, केवल मुस्कुराइ रहिन् । अनि | |||
झटपट उनी फेरि | झटपट उनी फेरि बोले– "नानीथकुँ ! तिम्रो कृपाका निम्ति हृदयदेखि धन्यवाद | ||
है, म | है, म सार्है कृतज्ञ भएँ । भन, म तिम्रो योग्य के सेवा गरूँ ?" | ||
रोक्न चेष्टा गर्दा पनि | रोक्न चेष्टा गर्दा पनि नानीथकुँको आँखामा आँसुको छाया पर्न | ||
आइ हाल्यो । | |||
नानीथकुँको यो दृश्य देखेर डाक्टर गोदत्त प्रसाद एक छिन जिल्ल | |||
परे । | परे । उनले सोधे– "किन नानीथकुँ ! तिम्रो चेहरामा दुःख हाँसेको देख्तछु ?" | ||
उनले | |||
"अब मेरो अनुहारमा सुखले हाँस्न पाउने आशा त देख्तिनँ डाक्टर | "अब मेरो अनुहारमा सुखले हाँस्न पाउने आशा त देख्तिनँ डाक्टर | ||
साहेब !" अलि सुस्केरा भरेको आवाजमा | साहेब !" अलि सुस्केरा भरेको आवाजमा नानीथकुँले भनिन् । | ||
"जबसम्म म तिम्रो कृपा कटाक्ष | "जबसम्म म तिम्रो कृपा कटाक्ष पाइ रहन्छु, तबसम्म जीवनमा | ||
कहिल्यै पनि तिम्रो अनुहारमा दुःख देखा पर्नसम्म पनि दिन्नँ भन्ने मलाई | कहिल्यै पनि तिम्रो अनुहारमा दुःख देखा पर्नसम्म पनि दिन्नँ भन्ने मलाई | ||
घमन्ड छ | घमन्ड छ नानीथकुँ !" डाक्टर गोदत्त प्रसादले पूरा आश्वासन दिएर भने । | ||
"यही आशाले मर्न मन भएर पनि बाँच्ने कोसिस | "यही आशाले मर्न मन भएर पनि बाँच्ने कोसिस गरि रहेकी छु, | ||
डाक्टर साहेब !" | |||
" | "नानीथकुँ ! केही कुरा छ भने झट्ट स्पष्ट भन, तिम्रो आजको सहसा | ||
आगमनमा केही कुरा कारण भएर | आगमनमा केही कुरा कारण भएर बसि रहेको छ जस्तो मलाई लाग्यो ।" | ||
डाक्टर | डाक्टर गोदत्त प्रसादले बडो मायालु भावनामा भने । | ||
"अब मैले तपाईंलाई पाउन नसक्ने भएँ ।" रुँदै | "अब मैले तपाईंलाई पाउन नसक्ने भएँ ।" रुँदै नानीथकुँले भनिन् । | ||
"कुरा के | "कुरा के पर्यो नानीथकुँ ! प्रस्ट बुझ्न पाऊँ ?" | ||
"अब तपाईं मकहाँ आउन नपाउने | "अब तपाईं मकहाँ आउन नपाउने हुनु भयो ।" | ||
{{nop}} | {{nop}} |
Latest revision as of 14:52, 22 June 2025
त्यसै रोइ रहनाले र भात नखाइ रहनाले अनि सहि रहनाले र बसि रहनाले आफ्नो समस्या हल हुने नानीथकुँले देखिनन् । अनि उनी एक्कासि जुरुक्क उठिन् र डाक्टर गोदत्त प्रसादकहाँ सरासर गइन् ।
डाक्टर गोदत्त प्रसादको आफूकहाँ आउने बिरामीहरूको निःशुल्क परीक्षा गर्ने वेला थियो । नानीथकुँ पुग्दा डाक्टर गोदत्त प्रसाद बिरामी हेर्ने कोठामा बसी अखबार हेरि रहेका थिए । बिरामी एक जना पनि थिएनन् । नानीथकुँलाई यसरी एकाएक पाएर डाक्टर गोदत्त प्रसाद हर्षले पुलकित भए । उनको आत्मा आनन्दले नाच्न थाल्यो । अनि स्वागतको भावमा डाक्टर गोदत्त प्रसादले भने– "अहो नानीथकुँ ! आज कत्रो निगाह !"
नानीथकुँले केही पनि जबाफ दिइनन्, केवल मुस्कुराइ रहिन् । अनि झटपट उनी फेरि बोले– "नानीथकुँ ! तिम्रो कृपाका निम्ति हृदयदेखि धन्यवाद है, म सार्है कृतज्ञ भएँ । भन, म तिम्रो योग्य के सेवा गरूँ ?"
रोक्न चेष्टा गर्दा पनि नानीथकुँको आँखामा आँसुको छाया पर्न आइ हाल्यो ।
नानीथकुँको यो दृश्य देखेर डाक्टर गोदत्त प्रसाद एक छिन जिल्ल परे । उनले सोधे– "किन नानीथकुँ ! तिम्रो चेहरामा दुःख हाँसेको देख्तछु ?"
"अब मेरो अनुहारमा सुखले हाँस्न पाउने आशा त देख्तिनँ डाक्टर साहेब !" अलि सुस्केरा भरेको आवाजमा नानीथकुँले भनिन् ।
"जबसम्म म तिम्रो कृपा कटाक्ष पाइ रहन्छु, तबसम्म जीवनमा कहिल्यै पनि तिम्रो अनुहारमा दुःख देखा पर्नसम्म पनि दिन्नँ भन्ने मलाई घमन्ड छ नानीथकुँ !" डाक्टर गोदत्त प्रसादले पूरा आश्वासन दिएर भने ।
"यही आशाले मर्न मन भएर पनि बाँच्ने कोसिस गरि रहेकी छु, डाक्टर साहेब !"
"नानीथकुँ ! केही कुरा छ भने झट्ट स्पष्ट भन, तिम्रो आजको सहसा आगमनमा केही कुरा कारण भएर बसि रहेको छ जस्तो मलाई लाग्यो ।" डाक्टर गोदत्त प्रसादले बडो मायालु भावनामा भने ।
"अब मैले तपाईंलाई पाउन नसक्ने भएँ ।" रुँदै नानीथकुँले भनिन् ।
"कुरा के पर्यो नानीथकुँ ! प्रस्ट बुझ्न पाऊँ ?"
"अब तपाईं मकहाँ आउन नपाउने हुनु भयो ।"