Page:Ek chihan.pdf/59: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{Right|{{larger|'''अठार'''}}}} | {{Right|{{larger|'''अठार'''}}}} | ||
बिहान भयो । चराहरू चिरबिराउन थाले । निद्रा भाग्यो । | बिहान भयो । चराहरू चिरबिराउन थाले । निद्रा भाग्यो । शिव नारान | ||
बिउँझे । उनको परिवारका सबै जागा भए । दिनहुँ आज पनि सबेरै | बिउँझे । उनको परिवारका सबै जना जागा भए । दिनहुँ झैँ आज पनि सबेरै | ||
भात पाक्यो र झटपट भात खाएर आफ्नो दैनिक कामधन्दामा जान सबै | भात पाक्यो र सधैँ झटपट भात खाएर आफ्नो दैनिक कामधन्दामा जान सबै | ||
तत्पर | तत्पर भइ रहेका थिए तर 'कपाल दुखेको छ' भनी नानीथकुँ भात खान | ||
गइनन् । | गइनन् । 'अलिकति भए पनि खाऊ' भनी लतमायाले कति जिद्दी गर्दा पनि | ||
नानीथकुँले भात खाइनन् । कपाल दुखेर होइन, हिजोको कुराले भात नखाएकी | |||
हो भन्ने सबैलाई लागेको थियो । तर खुवाउन बल भने | हो भन्ने सबैलाई लागेको थियो । तर खुवाउन बल भने लतमाया बाहेक अरू | ||
कसैले गरेनन् । | कसैले गरेनन् । | ||
बिहानको पेट समस्या हल गरेर सबै आआफ्ना कामधन्दामा गए । | बिहानको पेट समस्या हल गरेर सबै आआफ्ना कामधन्दामा गए । | ||
दिनहुँ लतमाया र | दिनहुँ झैँ लतमाया र नानीथकुँ केवल दुई जना घर कुरुवा भइ रहे । दिनहुँ झैँ | ||
लतमायाले तानको आसनमा पुगी काम गर्न सुरु पनि गरिन् । तर | लतमायाले तानको आसनमा पुगी काम गर्न सुरु पनि गरिन् । तर नानीथकुँ | ||
आज | आज तान कोठामा आउनसम्म पनि आइनन् । | ||
डाक्टर | डाक्टर गोदत्त प्रसादको प्रेम नानीथकुँको यौवनमस्त हृदयमा ज्यादै | ||
गहिरोसँग अङ्कित | गहिरोसँग अङ्कित भइ सकेको थियो । उनको प्रेम र कुराकानीले नानीथकुँ | ||
यति प्रभावित | यति प्रभावित भइ सकेकी थिइन् कि डाक्टर गोदत्त प्रसादबाट प्रेमप्लावित | ||
हुँदाहुँदै उनीप्रति | हुँदाहुँदै उनीप्रति नानीथकुँको श्रद्धा, भक्ति, विश्वास एकोहोरिइ सकेको थियो । | ||
डाक्टर | डाक्टर गोदत्त प्रसादलाई कसैले किञ्चित् मात्र केही भने पनि नानीथकुँको | ||
दिलमा घाउ गराउँथ्यो । | दिलमा घाउ गराउँथ्यो । | ||
{{nop}} | {{nop}} |
Latest revision as of 14:46, 22 June 2025
अठार
बिहान भयो । चराहरू चिरबिराउन थाले । निद्रा भाग्यो । शिव नारान बिउँझे । उनको परिवारका सबै जना जागा भए । दिनहुँ झैँ आज पनि सबेरै भात पाक्यो र सधैँ झटपट भात खाएर आफ्नो दैनिक कामधन्दामा जान सबै तत्पर भइ रहेका थिए तर 'कपाल दुखेको छ' भनी नानीथकुँ भात खान गइनन् । 'अलिकति भए पनि खाऊ' भनी लतमायाले कति जिद्दी गर्दा पनि नानीथकुँले भात खाइनन् । कपाल दुखेर होइन, हिजोको कुराले भात नखाएकी हो भन्ने सबैलाई लागेको थियो । तर खुवाउन बल भने लतमाया बाहेक अरू कसैले गरेनन् ।
बिहानको पेट समस्या हल गरेर सबै आआफ्ना कामधन्दामा गए । दिनहुँ झैँ लतमाया र नानीथकुँ केवल दुई जना घर कुरुवा भइ रहे । दिनहुँ झैँ लतमायाले तानको आसनमा पुगी काम गर्न सुरु पनि गरिन् । तर नानीथकुँ आज तान कोठामा आउनसम्म पनि आइनन् ।
डाक्टर गोदत्त प्रसादको प्रेम नानीथकुँको यौवनमस्त हृदयमा ज्यादै गहिरोसँग अङ्कित भइ सकेको थियो । उनको प्रेम र कुराकानीले नानीथकुँ यति प्रभावित भइ सकेकी थिइन् कि डाक्टर गोदत्त प्रसादबाट प्रेमप्लावित हुँदाहुँदै उनीप्रति नानीथकुँको श्रद्धा, भक्ति, विश्वास एकोहोरिइ सकेको थियो । डाक्टर गोदत्त प्रसादलाई कसैले किञ्चित् मात्र केही भने पनि नानीथकुँको दिलमा घाउ गराउँथ्यो ।