Jump to content

Page:Ek chihan.pdf/58: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
नानीथकुंलाई भन्दाभन्दै पुननारानले आफ्नी आमा लतमायालाई पनि  
नानीथकुँलाई भन्दाभन्दै पुन नारानले आफ्नी आमा लतमायालाई पनि  
भने- "डाक्टर आउँदा तपाईंले पनि वास्ता नगर्नू । केही दिन वास्ता नगरेपछि  
भने– "डाक्टर आउँदा तपाईंले पनि वास्ता नगर्नू । केही दिन वास्ता नगरेपछि  
आफैँ कायल भएर आउन छोड्लान् ।"
आफैँ कायल भएर आउन छोड्लान् ।"


भाइको साथ पाएर शिवनारानको थकालीपन झन् हौसलादार भयो ।  
भाइको साथ पाएर शिव नारानको थकालीपन झन् हौसलादार भयो ।  
चुठ्न उठ्ताउठ्तै शिवनारानले नानीथकुंलाई सम्बोधन गरेर यहाँसम्म पनि  
चुठ्न उठ्ताउठ्तै शिव नारानले नानीथकुँलाई सम्बोधन गरेर यहाँसम्म पनि  
भनिदिए- "हेर नानीथकुं ! भोलिदेखि डाक्टर यहाँ आइरहेको पाएँ भने म  
भनि दिए– "हेर नानीथकुँ ! भोलिदेखि डाक्टर यहाँ आइ रहेको पाएँ भने म  
निको मान्ने छैन । उनको पनि म खुट्टा नभाँचीकन छोड्दिनँ ।"
निको मान्ने छैन । उनको पनि म खुट्टा नभाँचीकन छोड्दिनँ ।"


शिवनारानको यो भनाइले नानीथकुंलाई पनि साह्रै झोंक चलेछ ।  
शिव नारानको यो भनाइले नानीथकुँलाई पनि सार्‍है झोँक चलेछ ।  
सहन खोज्दा पनि उनले सहन सकिनन् र प्वाक्क बोलिहालिन्- "उनको  
सहन खोज्दा पनि उनले सहन सकिनन् र प्वाक्क बोलि हालिन्– "उनको  
घरमा खबर दिनुहोला, अनि उनी यहाँ आउन सक्तैनन्, नत्र उनी आएमा मेरो  
घरमा खबर दिनु होला, अनि उनी यहाँ आउन सक्तैनन्, नत्र उनी आएमा मेरो  
के दोष ? उनी आएमा मलाई सजाय किन ?"
के दोष ? उनी आएमा मलाई सजाय किन ?"


"तिमी उसलाई आउन रोक्न सक्छ्यौ ।" शिवनारानले भने ।
"तिमी उसलाई आउन रोक्न सक्छ्यौ ।" शिव नारानले भने ।


"म कसैलाई रोक्न सक्तिनँ ।"
"म कसैलाई रोक्न सक्तिनँ ।"


"भनिदेऊ ‘अबदेखि तिमी यहाँ नआऊ रे’ मैले भनेको छ ।"
"भनि देऊ 'अबदेखि तिमी यहाँ नआऊ रे' मैले भनेको छ ।"


"त्यसो पनि म भन्न सक्तिनँ ।"
"त्यसो पनि म भन्न सक्तिनँ ।"


"तिमीले भन्नैपर्छ ।"
"तिमीले भन्नै पर्छ ।"


"कसरी मैले लोग्नेमानिससित त्यत्रो कडिकडाउ र जबरजस्ती कुरा  
"कसरी मैले लोग्ने मानिससित त्यत्रो कडिकडाउ र जबरजस्ती कुरा  
गर्ने ?" अलि रुन्चे स्वरमा नानीथकुंले भनिन् ।
गर्ने ?" अलि रुन्चे स्वरमा नानीथकुँले भनिन् ।


"हाँसीहाँसीकन ख्यालठट्टा गर्ने बेलामा भने ऊ लोग्नेमानिस
"हाँसी हाँसीकन ख्यालठट्टा गर्ने वेलामा भने ऊ लोग्ने मानिस
भएन ?" ठुलठुला आँखा गरी शिवनारानले भने ।
भएन ?" ठुलठुला आँखा गरी शिव नारानले भने ।


शिवनारानको यो उक्ति नानीथकुंलाई बाणजस्तो भयो । रातोरातो
शिव नारानको यो उक्ति नानीथकुँलाई वाणजस्तो भयो । रातो रातो
आँखा गरी मुखभरि जबाफ लिएर नानीथकुंले शिवनारानप्रति हेर्न थालिन् ।  
आँखा गरी मुखभरि जबाफ लिएर नानीथकुँले शिव नारानप्रति हेर्न थालिन् ।  
शिवनारान गर्जिरहे । नानीथकुं तर्सिइन् । रात छिप्पिँदै गयो । शिव
 
शिव नारान गर्जिरहे । नानीथकुँ तर्सिइन् । रात छिप्पिँदै गयो । शिव
नारान जुरुक्क उठे । उनी जसोतसो रिसलाई काबुमा राख्ने कोसिसमा लागे  
नारान जुरुक्क उठे । उनी जसोतसो रिसलाई काबुमा राख्ने कोसिसमा लागे  
"बिस्तारै उनको रिस सितलो भयो। उनी निदाए । नानीथकुं छटपटाइरहिन् ।  
"बिस्तारै उनको रिस सितलो भयो। उनी निदाए । नानीथकुँ छटपटाइ रहिन् ।  
उनी निदाइनन् ।
उनी निदाइनन् ।
{{nop}}
{{nop}}

Latest revision as of 14:42, 22 June 2025

This page has been proofread

नानीथकुँलाई भन्दाभन्दै पुन नारानले आफ्नी आमा लतमायालाई पनि भने– "डाक्टर आउँदा तपाईंले पनि वास्ता नगर्नू । केही दिन वास्ता नगरेपछि आफैँ कायल भएर आउन छोड्लान् ।"

भाइको साथ पाएर शिव नारानको थकालीपन झन् हौसलादार भयो । चुठ्न उठ्ताउठ्तै शिव नारानले नानीथकुँलाई सम्बोधन गरेर यहाँसम्म पनि भनि दिए– "हेर नानीथकुँ ! भोलिदेखि डाक्टर यहाँ आइ रहेको पाएँ भने म निको मान्ने छैन । उनको पनि म खुट्टा नभाँचीकन छोड्दिनँ ।"

शिव नारानको यो भनाइले नानीथकुँलाई पनि सार्‍है झोँक चलेछ । सहन खोज्दा पनि उनले सहन सकिनन् र प्वाक्क बोलि हालिन्– "उनको घरमा खबर दिनु होला, अनि उनी यहाँ आउन सक्तैनन्, नत्र उनी आएमा मेरो के दोष ? उनी आएमा मलाई सजाय किन ?"

"तिमी उसलाई आउन रोक्न सक्छ्यौ ।" शिव नारानले भने ।

"म कसैलाई रोक्न सक्तिनँ ।"

"भनि देऊ न 'अबदेखि तिमी यहाँ नआऊ रे' मैले भनेको छ ।"

"त्यसो पनि म भन्न सक्तिनँ ।"

"तिमीले भन्नै पर्छ ।"

"कसरी मैले लोग्ने मानिससित त्यत्रो कडिकडाउ र जबरजस्ती कुरा गर्ने ?" अलि रुन्चे स्वरमा नानीथकुँले भनिन् ।

"हाँसी हाँसीकन ख्यालठट्टा गर्ने वेलामा भने ऊ लोग्ने मानिस भएन ?" ठुलठुला आँखा गरी शिव नारानले भने ।

शिव नारानको यो उक्ति नानीथकुँलाई वाणजस्तो भयो । रातो रातो आँखा गरी मुखभरि जबाफ लिएर नानीथकुँले शिव नारानप्रति हेर्न थालिन् ।

शिव नारान गर्जिरहे । नानीथकुँ तर्सिइन् । रात छिप्पिँदै गयो । शिव नारान जुरुक्क उठे । उनी जसोतसो रिसलाई काबुमा राख्ने कोसिसमा लागे "बिस्तारै उनको रिस सितलो भयो। उनी निदाए । नानीथकुँ छटपटाइ रहिन् । उनी निदाइनन् ।