Page:Ek chihan.pdf/55: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
शिवनारान सबेरै फर्केको देखेर लतमाया अलि आश्चर्यित भइन् । झन् | शिवनारान सबेरै फर्केको देखेर लतमाया अलि आश्चर्यित भइन् । झन् | ||
फर्कि सकेको डाक्टर गोदत्त प्रसादलाई पनि देख्ता लतमाया जिल्ल परिन् । दुई | |||
दुई जना मानिस माथि उक्लेको आवाज सुनेर भात | दुई जना मानिस माथि उक्लेको आवाज सुनेर भात पकाइ रहेकी नानीथकुँ | ||
पनि जिल्ल परेर तल ओर्लिन् । | पनि जिल्ल परेर तल ओर्लिन् । | ||
डाक्टर | डाक्टर गोदत्त प्रसादलाई देखेर त नानीथकुँ मनमनै हाँसिन्, तर शिव | ||
नारान पनि साथै देख्ता | नारान पनि साथै देख्ता नानीथकुँलाई अलि कस्तो कस्तो लाग्यो । | ||
शिव नारान सरासर तान कोठामै गए । लतमाया तान चलाइ नै रहेकी | |||
थिइन् । | थिइन् । एक छिन त्यसै वाल्ल उभिएर शिव नारान त्यहाँबाट सरासर आफ्नो | ||
कोठामा गए । डाक्टर | कोठामा गए । डाक्टर गोदत्त प्रसाद त्यही तान कोठामा बसि रहे तर शिव | ||
नारान त्यहाँ आएनन् । धेरै बेर बस्ता पनि | नारान त्यहाँ आएनन् । धेरै बेर बस्ता पनि शिव नारान आएनन्, डाक्टर | ||
गोदत्त प्रसादलाई गजब लाग्यो । | |||
अब धेरै | अब धेरै बसि रहनु ठिक नदेखेर डाक्टर गोदत्त प्रसाद जान खोजे तर | ||
उनी जानुभन्दा अगाडि | उनी जानुभन्दा अगाडि एकचोटि शिव नारानलाई भेट्न पुगे । सहानुभूति | ||
प्रकट गर्दै डाक्टरले | प्रकट गर्दै डाक्टरले भने– "तपाईंलाई आज सन्चो भएन कि कसो ?" | ||
"केही पनि भएको छैन ।" बडो | "केही पनि भएको छैन ।" बडो गार्हो मानीकन शिव नारानले बोले । | ||
"किन त चेहरा अलि मलिन छ नि ?" | "किन त चेहरा अलि मलिन छ नि ?" | ||
खालि मुख बिगारेर | खालि मुख बिगारेर शिव नारान एक शब्द पनि बोलेनन् । | ||
"शरीरमा केही असजिलो जस्तो भए | "शरीरमा केही असजिलो जस्तो भए भन्नु होस्, म तुरुन्तै ठिक गरि | ||
दिउँला ।" डाक्टर | दिउँला ।" डाक्टर गोदत्त प्रसादले बडो मायालु भावमा भने । | ||
"केही भएको छैन, तपाईं | "केही भएको छैन, तपाईं जानु होस् ।" शिव नारानले भने । | ||
"कपाल दुख्यो कि ?" | "कपाल दुख्यो कि ?" | ||
"केही भएको छैन, तपाईंले दुःख | "केही भएको छैन, तपाईंले दुःख गर्नु पर्ने कुरा केही छैन । तपाईं जानु | ||
भए पनि हुन्छ ।" अलि उपेक्षाको भावमा | भए पनि हुन्छ ।" अलि उपेक्षाको भावमा शिव नारानले भने । | ||
शिव नारानको बोलाइको ढङ्गमा केही परिवर्तन भएको पनि डाक्टरलाई | |||
ज्ञान भयो । अनि चुप लागी वाल्ल परेर डाक्टर | ज्ञान भयो । अनि चुप लागी वाल्ल परेर डाक्टर गोदत्त प्रसाद त्यहाँबाट | ||
रमाना भए । | रमाना भए । | ||
डाक्टर | डाक्टर गोदत्त प्रसादलाई देखेर शिव नारानलाई यति रिस बढि सकेको | ||
थियो कि न्वारानदेखिको बल झिक्ता पनि उनले थाम्न सकेनन् । यही रिसको | थियो कि न्वारानदेखिको बल झिक्ता पनि उनले थाम्न सकेनन् । यही रिसको | ||
आवेशमा | आवेशमा शिव नारानले भात खाँदाखाँदै लतमायासित सोधे- "होइन, डाक्टर |
Latest revision as of 13:05, 22 June 2025
शिवनारान सबेरै फर्केको देखेर लतमाया अलि आश्चर्यित भइन् । झन् फर्कि सकेको डाक्टर गोदत्त प्रसादलाई पनि देख्ता लतमाया जिल्ल परिन् । दुई दुई जना मानिस माथि उक्लेको आवाज सुनेर भात पकाइ रहेकी नानीथकुँ पनि जिल्ल परेर तल ओर्लिन् ।
डाक्टर गोदत्त प्रसादलाई देखेर त नानीथकुँ मनमनै हाँसिन्, तर शिव नारान पनि साथै देख्ता नानीथकुँलाई अलि कस्तो कस्तो लाग्यो ।
शिव नारान सरासर तान कोठामै गए । लतमाया तान चलाइ नै रहेकी थिइन् । एक छिन त्यसै वाल्ल उभिएर शिव नारान त्यहाँबाट सरासर आफ्नो कोठामा गए । डाक्टर गोदत्त प्रसाद त्यही तान कोठामा बसि रहे तर शिव नारान त्यहाँ आएनन् । धेरै बेर बस्ता पनि शिव नारान आएनन्, डाक्टर गोदत्त प्रसादलाई गजब लाग्यो ।
अब धेरै बसि रहनु ठिक नदेखेर डाक्टर गोदत्त प्रसाद जान खोजे तर उनी जानुभन्दा अगाडि एकचोटि शिव नारानलाई भेट्न पुगे । सहानुभूति प्रकट गर्दै डाक्टरले भने– "तपाईंलाई आज सन्चो भएन कि कसो ?"
"केही पनि भएको छैन ।" बडो गार्हो मानीकन शिव नारानले बोले ।
"किन त चेहरा अलि मलिन छ नि ?"
खालि मुख बिगारेर शिव नारान एक शब्द पनि बोलेनन् ।
"शरीरमा केही असजिलो जस्तो भए भन्नु होस्, म तुरुन्तै ठिक गरि दिउँला ।" डाक्टर गोदत्त प्रसादले बडो मायालु भावमा भने ।
"केही भएको छैन, तपाईं जानु होस् ।" शिव नारानले भने ।
"कपाल दुख्यो कि ?"
"केही भएको छैन, तपाईंले दुःख गर्नु पर्ने कुरा केही छैन । तपाईं जानु भए पनि हुन्छ ।" अलि उपेक्षाको भावमा शिव नारानले भने ।
शिव नारानको बोलाइको ढङ्गमा केही परिवर्तन भएको पनि डाक्टरलाई ज्ञान भयो । अनि चुप लागी वाल्ल परेर डाक्टर गोदत्त प्रसाद त्यहाँबाट रमाना भए ।
डाक्टर गोदत्त प्रसादलाई देखेर शिव नारानलाई यति रिस बढि सकेको थियो कि न्वारानदेखिको बल झिक्ता पनि उनले थाम्न सकेनन् । यही रिसको आवेशमा शिव नारानले भात खाँदाखाँदै लतमायासित सोधे- "होइन, डाक्टर