Jump to content

Page:Ek chihan.pdf/40: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{Left|{{larger|'''तेह्र'''}}}}
{{Left|{{larger|'''तेर्‍ह'''}}}}


शिवनारान आफैँले तमाखु भरेर मस्तसित खाइरहेका थिए । उनलाई  
शिव नारान आफैँले तमाखु भरेर मस्तसित खाइ रहेका थिए । उनलाई  
आज तमाखु यति मिठो लाग्यो कि चिलिम सिद्धिन मात्र के आँटेको थियो, अर्को  
आज तमाखु यति मिठो लाग्यो कि चिलिम सिद्धिन मात्र के आँटेको थियो, अर्को  
चिलिम फेरि भर्न थाले; हाकुमायालाई अगि नै दिक्क लागिसकेको थियो ।  
चिलिम फेरि भर्न थाले; हाकुमायालाई अगि नै दिक्क लागि सकेको थियो ।  
ठट्टाको भावमा उनी बोलिन्- "छिः कति मात्र तमाखु खाइरहन सकेको !  
ठट्टाको भावमा उनी बोलिन्– "छिः कति मात्र तमाखु खाइ रहन सकेको !  
मिठो चिज भए पनि एउटा कुरा !"
मिठो चिज भए पनि एउटा कुरा !"


Line 10: Line 10:
मजासित कुम्भकर्णै बनेर !" शिवनारानले पनि ठट्टाकै भावमा भने ।
मजासित कुम्भकर्णै बनेर !" शिवनारानले पनि ठट्टाकै भावमा भने ।


भर्न आँटेको तमाखु नभरीकन शिवनारानले भने- "लौ, लौ आजलाई  
भर्न आँटेको तमाखु नभरीकन शिव नारानले भने- "लौ, लौ आजलाई  
सन्तोष गरेँ, अर्काले तमाखु खाई आनन्द लिएको कति सहन नसकेकी ।"
सन्तोष गरेँ, अर्काले तमाखु खाई आनन्द लिएको कति सहन नसकेकी ।"


जिस्क्याएको भावमा हाकुमायाले भनिन्- "खाइरहनुहोस् न रातभरि  
जिस्क्याएको भावमा हाकुमायाले भनिन्– "खाइ रहनु होस् न रातभरि  
नै, मैले किन कपाल दुखाइरहनुपरेको छ !"
नै, मैले किन कपाल दुखाइ रहनु परेको छ !"


हाकुमायाले दिएको ठट्यौलो जबाफबाट शिवनारान नाजबाफ भए ।  
हाकुमायाले दिएको ठट्यौलो जबाफबाट शिव नारान नाजबाफ भए ।  
तर आफ्नो नाजबाफीलाई उनले हाकुमायाको हाजिरजबाफलाई बधाई  
तर आफ्नो नाजबाफीलाई उनले हाकुमायाको हाजिर जबाफलाई बधाई  
दिएको भावमा हाँसेर छोप्न खोजे ।
दिएको भावमा हाँसेर छोप्न खोजे ।


सुत्नलाई पल्टँदापल्टँदै हाकुमायाले वास्तविक घटनाको भावमा भनिन्-  
सुत्नलाई पल्टँदापल्टँदै हाकुमायाले वास्तविक घटनाको भावमा भनिन्-  
"होइन, बहिनीको बिहे गर्न किन हतारो नमान्नुभएको ?"
"होइन, बहिनीको बिहे गर्न किन हतारो नमान्नु भएको ?"


"हतारै के छ त ? पैसा पनि त हुनुपर्छ बिहे गर्नलाई !" साधारण  
"हतारै के छ त ? पैसा पनि त हुनु पर्छ बिहे गर्नलाई !" साधारण  
भावमा शिवनारानले भने ।
भावमा शिव नारानले भने ।


"हो, उड्नलाई पखेटा नचलाइरहे त ।"
"हो, उड्नलाई पखेटा नचलाइ रहे त ।"
{{nop}}
{{nop}}

Latest revision as of 11:54, 22 June 2025

This page has been proofread
तेर्‍ह

शिव नारान आफैँले तमाखु भरेर मस्तसित खाइ रहेका थिए । उनलाई आज तमाखु यति मिठो लाग्यो कि चिलिम सिद्धिन मात्र के आँटेको थियो, अर्को चिलिम फेरि भर्न थाले; हाकुमायालाई अगि नै दिक्क लागि सकेको थियो । ठट्टाको भावमा उनी बोलिन्– "छिः कति मात्र तमाखु खाइ रहन सकेको ! मिठो चिज भए पनि एउटा कुरा !"

"तिमीलाई मिठो नलागे के त, मलाई मिठो लागेको छ । तिमी सुत न मजासित कुम्भकर्णै बनेर !" शिवनारानले पनि ठट्टाकै भावमा भने ।

भर्न आँटेको तमाखु नभरीकन शिव नारानले भने- "लौ, लौ आजलाई सन्तोष गरेँ, अर्काले तमाखु खाई आनन्द लिएको कति सहन नसकेकी ।"

जिस्क्याएको भावमा हाकुमायाले भनिन्– "खाइ रहनु होस् न रातभरि नै, मैले किन कपाल दुखाइ रहनु परेको छ !"

हाकुमायाले दिएको ठट्यौलो जबाफबाट शिव नारान नाजबाफ भए । तर आफ्नो नाजबाफीलाई उनले हाकुमायाको हाजिर जबाफलाई बधाई दिएको भावमा हाँसेर छोप्न खोजे ।

सुत्नलाई पल्टँदापल्टँदै हाकुमायाले वास्तविक घटनाको भावमा भनिन्- "होइन, बहिनीको बिहे गर्न किन हतारो नमान्नु भएको ?"

"हतारै के छ त ? पैसा पनि त हुनु पर्छ बिहे गर्नलाई !" साधारण भावमा शिव नारानले भने ।

"हो, उड्नलाई पखेटा नचलाइ रहे त ।"