Page:Ek chihan.pdf/35: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"अँ हो, रिसाएको ।" | "अँ हो, रिसाएको ।" | ||
"मुख हेर्दा भने रिसले छुन पनि सक्ला जस्तो छैन । सधैँ गुलाफको | "मुख हेर्दा भने रिसले छुन पनि सक्ला जस्तो छैन । सधैँ गुलाफको फुल | ||
झैँ मुस्कुराएको देखिन्छ, रिसलाई त अगाडि पर्न पनि डर होला जस्तो, तर | |||
दिलमा कस्तरी रिस | दिलमा कस्तरी रिस अड्कि रहन सकेको नि !" मुस्कुराइ रहेको नानीथकुँको | ||
अनुहार नियाल्दै डाक्टर | अनुहार नियाल्दै डाक्टर गोदत्त प्रसादले भने । | ||
"अँ हो !" | "अँ हो !" | ||
"होइन भने | "होइन भने 'नानी' मात्रै भनूँ है त, 'थकुं' नभनूँ ?" | ||
"हुन्छ ।" | "हुन्छ ।" | ||
Line 14: | Line 14: | ||
"साँच्चै हो त ? " | "साँच्चै हो त ? " | ||
"हो ।" अलि लजाएको भावमा हाँसो | "हो ।" अलि लजाएको भावमा हाँसो चोर्दै– "मलाई पनि 'नानी' नै | ||
भन्ने मिठो लाग्छ ।" | भन्ने मिठो लाग्छ ।" | ||
Line 21: | Line 21: | ||
"साँच्चै हो !" | "साँच्चै हो !" | ||
"हेर नि, रिसाउन पाउन्नौ, म आफूलाई मिठो लागेको | "हेर नि, रिसाउन पाउन्नौ, म आफूलाई मिठो लागेको 'नानी' सिवाय | ||
भन्दिनँ नि कहिल्यै !" | भन्दिनँ नि कहिल्यै !" | ||
विनम्र भावमा मुस्कुराउँदै | विनम्र भावमा मुस्कुराउँदै नानीथकुँले भनिन्– "अर्काको अगाडि त | ||
होइन नि !" | होइन नि !" | ||
"बाठी !" प्रेमको छिटा परेको बोलीमा डाक्टर | "बाठी !" प्रेमको छिटा परेको बोलीमा डाक्टर गोदत्त प्रसादले भने– | ||
"मलाई के भन्न मन लाग्छ नि तिमीलाई, | "मलाई के भन्न मन लाग्छ नि तिमीलाई, 'गोदत्त' मात्र कि, सिङ्गै नाम ?" | ||
" | "डाक्टर साहेब !" खित्त हाँसेर नानीथकुँले भनिन् । | ||
"कोही नहुँदाखेरि नि, अर्थात् तिम्रै नजरको मात्र नजरबन्दीमा पर्दा ?" | "कोही नहुँदाखेरि नि, अर्थात् तिम्रै नजरको मात्र नजरबन्दीमा पर्दा ?" | ||
" | "डाक्टर साहेब नै ।" | ||
"नाइँ, नाइँ !" | "नाइँ, नाइँ !" | ||
Line 41: | Line 41: | ||
"त्यही त, म भन्छु तिमीलाई के भन्न मन लाग्छ ? जस्तो कि तिमीलाई | "त्यही त, म भन्छु तिमीलाई के भन्न मन लाग्छ ? जस्तो कि तिमीलाई | ||
खालि | खालि 'नानी' मात्र भन्न मलाई मन लाग्छ ।" | ||
"हो त ?" | "हो त ?" |
Latest revision as of 19:31, 21 June 2025
"अँ हो, रिसाएको ।"
"मुख हेर्दा भने रिसले छुन पनि सक्ला जस्तो छैन । सधैँ गुलाफको फुल झैँ मुस्कुराएको देखिन्छ, रिसलाई त अगाडि पर्न पनि डर होला जस्तो, तर दिलमा कस्तरी रिस अड्कि रहन सकेको नि !" मुस्कुराइ रहेको नानीथकुँको अनुहार नियाल्दै डाक्टर गोदत्त प्रसादले भने ।
"अँ हो !"
"होइन भने 'नानी' मात्रै भनूँ है त, 'थकुं' नभनूँ ?"
"हुन्छ ।"
"साँच्चै हो त ? "
"हो ।" अलि लजाएको भावमा हाँसो चोर्दै– "मलाई पनि 'नानी' नै भन्ने मिठो लाग्छ ।"
"साँच्चै ? नढाँटीकन भन नि !"
"साँच्चै हो !"
"हेर नि, रिसाउन पाउन्नौ, म आफूलाई मिठो लागेको 'नानी' सिवाय भन्दिनँ नि कहिल्यै !"
विनम्र भावमा मुस्कुराउँदै नानीथकुँले भनिन्– "अर्काको अगाडि त होइन नि !"
"बाठी !" प्रेमको छिटा परेको बोलीमा डाक्टर गोदत्त प्रसादले भने– "मलाई के भन्न मन लाग्छ नि तिमीलाई, 'गोदत्त' मात्र कि, सिङ्गै नाम ?"
"डाक्टर साहेब !" खित्त हाँसेर नानीथकुँले भनिन् ।
"कोही नहुँदाखेरि नि, अर्थात् तिम्रै नजरको मात्र नजरबन्दीमा पर्दा ?"
"डाक्टर साहेब नै ।"
"नाइँ, नाइँ !"
"के भन्ने त ? "
"त्यही त, म भन्छु तिमीलाई के भन्न मन लाग्छ ? जस्तो कि तिमीलाई खालि 'नानी' मात्र भन्न मलाई मन लाग्छ ।"
"हो त ?"
"हो भनेको ।"
"रिसाउन पाइन्न नि !"