Jump to content

Page:Ek chihan.pdf/20: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
हृदयमा स्वास्स लाग्यो । एक चोटि क्वारक्वारती सबैलाई हेरे । अनि सहसा  
हृदयमा झ्वास्स लाग्यो । एक चोटि क्वार क्वारती सबैलाई हेरे । अनि सहसा  
बोले- "किन तिमीहरू सबै एकै चोटि एकसाथ फर्केर आएका ? कि काममा  
बोले– "किन तिमीहरू सबै एकैचोटि एकसाथ फर्केर आएका ? कि काममा  
जाँदै गएनौ ?"
जाँदै गएनौ ?"


अष्टनारानको यस प्रश्नको जबाफ दिन तिनीहरू सबैलाई बिघ्नै  
अष्ट नारानको यस प्रश्नको जबाफ दिन तिनीहरू सबैलाई बिघ्नै  
गाह्रो र अप्ठ्यारो पर्यो । सबै बाबुको मुख हेरेर चुप लागिरहे
गार्‍हो र अप्ठ्यारो पर्‍यो । सबै बाबुको मुख हेरेर चुप लागि रहे


अनि फेरि अष्टनारान बोले- "लौ, तिमीहरू सबै भावुकताको वशमा  
अनि फेरि अष्ट नारान बोले– "लौ, तिमीहरू सबै भावुकताको वशमा  
परेर, असत्य बाबुको मायामोहमा फसेर सत्य कामकर्तव्य (ड्युटी) लत्त्याइ
परेर, असत्य बाबुको मायामोहमा फसेर सत्य काम कर्तव्य (ड्युटी) लत्त्याइ
रहेछौ ।"
रहेछौ ।"


अष्टनारान बोलिरहेको देखेर लतमायाले बीचमा कुरा काटेर  
अष्ट नारान बोलि रहेको देखेर लतमायाले बीचमा कुरा काटेर  
भनिन्- "अलि बेस भएर आएको बेला ‘धेरै बोल्न नदिनू’ भनेका छन् डाक्टरले ।"
भनिन्– "अलि बेस भएर आएको वेला 'धेरै बोल्न नदिनू' भनी डाक्टरले
भनेका छन् ।"


"डाक्टरलाई थाहा रहेनछ लतमाया ! मलाई कत्ति पनि बेस भएको  
"डाक्टरलाई थाहा रहेनछ लतमाया ! मलाई कत्ति पनि बेस भएको  
छैन, बरु झन्झन् बिग्रँदै गएको देख्तछु ।" अष्टनारानले भने ।
छैन, बरु झन् झन् बिग्रँदै गएको देख्तछु ।" अष्ट नारानले भने ।


अष्टनारानको यो कुराले लतमायालाई साह्रै चोट पर्यो । लतमायाको  
अष्ट नारानको यो कुराले लतमायालाई सार्‍है चोट पर्‍यो । लतमायाको  
वेदना थाहा पाएर अष्टनारानले भने- "लतमाया ! जन्मेपछि मर्नुपर्छ,  
वेदना थाहा पाएर अष्ट नारानले भने– "लतमाया ! जन्मेपछि मर्नु पर्छ,  
अवश्य हो । म मरेपछि तिमी विधवा भएर अपूर्ण हुन्छयौ, यदि तिमी अगाडि  
अवश्य हो । म मरेपछि तिमी विधवा भएर अपूर्ण हुन्छ्यौ, यदि तिमी अगाडि  
मरे पनि त म विधुर हुन्छु, दुवै एकै चोटि सँगै मर्ने संयोग पाउनु त असम्भव
मरे पनि त म विधुर हुन्छु; दुवै एकै चोटि सँगै मर्ने संयोग पाउनु त असम्भव
जस्तै कुरा हो । त्यसैले यस्तो कुरामा अफसोस गरेर साध्य छैन लतमाया !"
जस्तै कुरा हो । त्यसैले यस्तो कुरामा अफसोस गरेर साध्य छैन लतमाया !"


बोलेकै सिलसिलामा अष्टनारानले छोराहरूतिर हेरेर भने- "मलाई  
बोलेकै सिलसिलामा अष्ट नारानले छोराहरूतिर हेरेर भने– "मलाई  
जहाँसम्म विश्वास छ होस भएरै मरुँला जस्तो लाग्छ ! होस भएसम्म त म  
जहाँसम्म विश्वास छ होस भएरै मरुँला जस्तो लाग्छ ! होस भएसम्म त म  
दानसान केही पनि गर्न कदापि दिन्नँ । तिमीहरूले ऋण लिएर दानदक्षिणा र  
दानसान केही पनि गर्न कदापि दिन्नँ । तिमीहरूले ऋण लिएर दान दक्षिणा र  
काजक्रिया गर्न थाल्यौ भने तल्सिङ र साहु तिर्दैको फजिती भई तिमीहरूका  
काजक्रिया गर्न थाल्यौ भने तल्सिङ र साहु तिर्दैको फजिती भई तिमीहरूका  
पुस्तौंपुस्ताका सन्तान-दरसन्तानले बाह्रै महिना आधा पेटको गुजारा पनि  
पुस्तौँ पुस्ताका सन्तान दरसन्तानले बार्‍है महिना आधा पेटको गुजारा पनि  
गर्न नसक्ने होलान् । यो कुराको तिमीहरूले सधैं राम्रो ध्यान राख्नू ।"
गर्न नसक्ने होलान् । यो कुराको तिमीहरूले सधैं राम्रो ध्यान राख्नू ।"


तत्क्षणात् अष्टनारानको वाणी टक्कै रोकियो । अष्टनारानको यो  
तत्क्षणात् अष्ट नारानको वाणी टक्कै रोकियो । अष्ट नारानको यो  
स्थिति देखेर स्वास्नी, छोराछोरी सबै हडबडाउन थाले । उनीहरूको यो  
स्थिति देखेर स्वास्नी, छोरा, छोरी सबै हडबडाउन थाले । उनीहरूको यो  
प्रकृति देखेर बोल्न असमर्थ भएका अष्टनारानले हातले सङ्केत गरेर धैर्य
प्रकृति देखेर बोल्न असमर्थ भएका अष्ट नारानले हातले सङ्केत गरेर धैर्य
धारण गराए । तत्क्षणात् प्रकृति बदली अष्टनारानले छिटोछिटो चारैतिर  
धारण गराए । तत्क्षणात् प्रकृति बदली अष्ट नारानले छिटो छिटो चारैतिर  
आँखा घुमाएर हेर्न थाले । यस्तैमा एक-दुई हिक्का पनि आउन सुरु भयो अनि  
आँखा घुमाएर हेर्न थाले । यस्तैमा एक दुई हिक्का पनि आउन सुरु भयो अनि  
दुई मिनेट पनि नबित्तै अष्टनारानले सधैंका निम्ति आँखा चिम्ले ।
दुई मिनेट पनि नबित्तै अष्ट नारानले सधैँका निम्ति आँखा चिम्ले ।
{{nop}}
{{nop}}

Latest revision as of 17:11, 21 June 2025

This page has been proofread

हृदयमा झ्वास्स लाग्यो । एक चोटि क्वार क्वारती सबैलाई हेरे । अनि सहसा बोले– "किन तिमीहरू सबै एकैचोटि एकसाथ फर्केर आएका ? कि काममा जाँदै गएनौ ?"

अष्ट नारानको यस प्रश्नको जबाफ दिन तिनीहरू सबैलाई बिघ्नै गार्‍हो र अप्ठ्यारो पर्‍यो । सबै बाबुको मुख हेरेर चुप लागि रहे ।

अनि फेरि अष्ट नारान बोले– "लौ, तिमीहरू सबै भावुकताको वशमा परेर, असत्य बाबुको मायामोहमा फसेर सत्य काम कर्तव्य (ड्युटी) लत्त्याइ रहेछौ ।"

अष्ट नारान बोलि रहेको देखेर लतमायाले बीचमा कुरा काटेर भनिन्– "अलि बेस भएर आएको वेला 'धेरै बोल्न नदिनू' भनी डाक्टरले भनेका छन् ।"

"डाक्टरलाई थाहा रहेनछ लतमाया ! मलाई कत्ति पनि बेस भएको छैन, बरु झन् झन् बिग्रँदै गएको देख्तछु ।" अष्ट नारानले भने ।

अष्ट नारानको यो कुराले लतमायालाई सार्‍है चोट पर्‍यो । लतमायाको वेदना थाहा पाएर अष्ट नारानले भने– "लतमाया ! जन्मेपछि मर्नु पर्छ, अवश्य हो । म मरेपछि तिमी विधवा भएर अपूर्ण हुन्छ्यौ, यदि तिमी अगाडि मरे पनि त म विधुर हुन्छु; दुवै एकै चोटि सँगै मर्ने संयोग पाउनु त असम्भव जस्तै कुरा हो । त्यसैले यस्तो कुरामा अफसोस गरेर साध्य छैन लतमाया !"

बोलेकै सिलसिलामा अष्ट नारानले छोराहरूतिर हेरेर भने– "मलाई जहाँसम्म विश्वास छ होस भएरै मरुँला जस्तो लाग्छ ! होस भएसम्म त म दानसान केही पनि गर्न कदापि दिन्नँ । तिमीहरूले ऋण लिएर दान दक्षिणा र काजक्रिया गर्न थाल्यौ भने तल्सिङ र साहु तिर्दैको फजिती भई तिमीहरूका पुस्तौँ पुस्ताका सन्तान दरसन्तानले बार्‍है महिना आधा पेटको गुजारा पनि गर्न नसक्ने होलान् । यो कुराको तिमीहरूले सधैं राम्रो ध्यान राख्नू ।"

तत्क्षणात् अष्ट नारानको वाणी टक्कै रोकियो । अष्ट नारानको यो स्थिति देखेर स्वास्नी, छोरा, छोरी सबै हडबडाउन थाले । उनीहरूको यो प्रकृति देखेर बोल्न असमर्थ भएका अष्ट नारानले हातले सङ्केत गरेर धैर्य धारण गराए । तत्क्षणात् प्रकृति बदली अष्ट नारानले छिटो छिटो चारैतिर आँखा घुमाएर हेर्न थाले । यस्तैमा एक दुई हिक्का पनि आउन सुरु भयो अनि दुई मिनेट पनि नबित्तै अष्ट नारानले सधैँका निम्ति आँखा चिम्ले ।