Page:Laxmi nibandhasangraha.pdf/161: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread |
Latest revision as of 10:41, 21 June 2025
भोटोको साथ पूर्वको झ्यालतिर विछ्याएको लम्पटमा बस्नु भएको देखें । उहाँमा सादापन थियो, भडक र रवाफभन्दा स्थितिसँग गरेको घरजम बेस हुन्छ भनेजस्तो त्यहाँको परिस्थितिले जनाउँथ्यो । उहाँ मस्त हुनुहुन्थ्यो आफ्नै कविताका ध्वनि र बनौटमा । नजिकमा भर्खर व्रतबन्ध गरेको चन्द्रनदार गोरो, उज्यालो जेहेनदार आँखा भएको ठिटो थियो, जो उहाँको छोरो भन्ने उहाँकै मुखारबिन्दबाट मैले सुनें ! उसैले कविताहरु कण्ठ पारेको थियो । पैतृक स्नेहसँग उहाँ उसको स्मरणशक्तिको तारिफ गर्नुहुन्थ्यो र लडको पनि तारिफ गर्न लायकको थियो । उसलाई 'लक्ष्मीपूजा' नाटक प्रायः समग्र कण्ठ आउँथ्यो । छोराको साथसाथै लोली मिलाएर हँसिलो मुहारले उहाँ हातको भाउसँग त्यसका श्लोकहरु अनुप्रासको मिठास भएका ध्वनिहरुमा जोड दिंदै उच्चारण गरेर सुनाउनमा सोख लिनुहुन्थ्यो । मलाई यस्तो लाग्यो कि प्रतिभाशाली कविहरु आफ्नो सिजनामा मस्त त रहेकै हुन्छन् तर आफ्नो आभ्यन्तरिक आनन्दलाइ श्रोतवर्गमा विस्ता गर्नुभा अर्को आनन्द प्रादुभाव हुँदोरहेछ । उता अवभासको आनन्द र सिर्जनाको प्रेरणा, यतातिर त्यसैको मधुध्वनिमा सजीव विस्तार !
त्यो धेरै वर्षअगाडि । आजकल धेरै दिन नदेखेको हुनाले मलाई राम्रो चित्र निकाल्न मुस्किल पर्दछ । उहाँलाइ मैले त्यस बेला एउटा धँसिया गीत 'मुनामदऩ भन्ने देखाएँ । उहाँले सुन्नुभयो र भन्नुभयो कि राम्रै छ, सायद अझ राम्रो हुन सक्ने थियो र मेरो प्रकृति–वर्णनमा सन्तोष प्रकाश गर्नुभयो । तर जीवनका विषयमा उहाँको रायमा म त्यत्तिको राम्ररी आइपुगेको थिइनँ, किनकि ठिटै थिएँ । परिपक्वता हुँदा मेरा रचनाहरु पनि निक्कै बेस होलान् भन्ने आशा प्रकट गर्नुभयो । त्यस बेलादेखि परिचय भयो तर म उस्तो जाने, बसउठ गने मौका पाउँदिनथें किनकि मलाई जीवनसंग्रामका हौंटहौंट ठुलो थियो ।
अहिले मलाई खेद लाग्छ किन त्यस्ता महापुरुषहरुको सङ्ग गर्न पाउँदा–पाउँदै मैले कति थोरै मात्रामा ती मौकाको उपयोग गरें । हामीलाइ सङ्गतको मूल्य याद हुँदैन ! हामी बिचमा रहने, हिंड्ने देवहरु छाया झैं गुम्न जान्छन् । अपरिचितका गिन्तीमा रहन्छन् । दुनियाँले मोल थाहा पाउँदैन त्यस बेलासम्म, जबसम्म यस्ता बहुमूल्य व्यक्तिहरु देशका सामुन्ने अपरिचित रहन्छन् । तिनीहरु दिव्य सन्देश लिएर आएका