Page:Tarun tapasi.pdf/128: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
::जथाभावी तोडी, अति कठिन हड्डीतक पिनी । | ::जथाभावी तोडी, अति कठिन हड्डीतक पिनी । | ||
कसैलाई गर्छन् मनुज खलमा खूब खलल | कसैलाई गर्छन् मनुज खलमा खूब खलल | ||
::लिनालाई भित्री कठिन तपको | ::लिनालाई भित्री कठिन तपको अद्भुत बल ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} |
Latest revision as of 10:42, 19 June 2025
This page has been validated
१८
जटा, मासू-छाला सहित हितको जीवन पनि
जथाभावी तोडी, अति कठिन हड्डीतक पिनी ।
कसैलाई गर्छन् मनुज खलमा खूब खलल
लिनालाई भित्री कठिन तपको अद्भुत बल ॥
१९
यहाँ जो जो बस्छन् घर, महल वा गोठ, झुपडी
कुटी, पाटी, पौवा, मठ, विविध शाला, कचहडी ।
सबैमा यै हाम्रो कठिन तपको अन्तिम कला
म देख्दैछू धेरै किसिमसँग त्यो गर्छ सुकला ॥
२०
कडा ग्रीष्म-ज्वाला जुन बखतमा खप्न नशकी
तपस्वी कल्पन्छन् जलदतिर हेरी जल ढुकी ।
कठै ! त्यै वेलामा अझ विकट हालाहल सरी
डढेलाको ज्वाला मनुजहरु दिन्छन् हरि ! हरि !!