Page:Tarun tapasi.pdf/127: Difference between revisions
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 29: | Line 29: | ||
::कटानीको टाँचा हृदयबिच हेर्दै धुरुधुरु । | ::कटानीको टाँचा हृदयबिच हेर्दै धुरुधुरु । | ||
रुँदैछन्, ढल्दैछन् उपकरण लाखौँ थरि बनी | रुँदैछन्, ढल्दैछन् उपकरण लाखौँ थरि बनी | ||
:: | ::जगत्को गर्दैछन् हरकिसिमले मङ्गल पनि ॥ | ||
{{pcn|१७}} | {{pcn|१७}} |
Latest revision as of 10:42, 19 June 2025
१२
हुरी, आँधी-ब्यारी, विकट हिम-वर्षा र असिना
कडा लूको धक्का, तरतर लगातार पसिना ।
सहन्छन् सम्झन्छन् उस कठिनताको परिणति
तपस्वीको एकै व्रत छ दुनियाँको उपकृति ॥
१३
सदा त्यो निस्स्वार्थी व्रत नियम थामी अटल भै
रही ठाडै नङ्गा किसिमसँग ती बान्धव सबै ।
सहन्छन् जो चर्को तप-विषयको कष्ट कसला
कठै ! उस्को दिन्छन् प्रतिफल करौँती र बसिला ॥
१४
गरी कब्जा लोहाउपर उसका शस्त्र ननिका
निकाली त्यैद्वारा तप-कुसुमका मञ्जु कलिका ।
जथाभावी तोड्दै मनुज-कुल सर्वत्र छरियो
अबादीको चारैतिर चहकिलो रङ्ग भरियो ॥
१५
त्यही बढ्दो चढ्दो मनुजहरुको रङग्-रसमा
गयो डुब्दै डुब्दै विपुल कुलको वृद्धि-सुषमा ।
रहे बाँकी थोरै, हरकिसिमको छेदन-विधि
खडा भो, साथै त्यो नगिच नगिचै मृत्यु-परिधि ॥
१६
ठुला सोझा सोझा जरठ तपसी बान्धवहरू
कटानीको टाँचा हृदयबिच हेर्दै धुरुधुरु ।
रुँदैछन्, ढल्दैछन् उपकरण लाखौँ थरि बनी
जगत्को गर्दैछन् हरकिसिमले मङ्गल पनि ॥
१७
कसैका देखिन्छन् शिर विकट नङ्गा र मुडुला
कसैका काटिन्छन् कटकट कठै ! हात डुँडुला ।
कसैका ताछिन्छन् कमर, बिचरा रक्तमय छन्
तपस्या त्यो कत्रो ? तदपि सब आनन्दमय छन् ॥