Jump to content

Page:Tarun tapasi.pdf/117: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated

Latest revision as of 21:25, 18 June 2025

This page has been validated
अष्टादश विश्राम


हँसिलो मुनिका मुहारको
फिर त्यो सुन्दर सूक्ति-हारको ।
छविमा मन रङ्गियो अति
पर भाग्यो अरु सम्झने गति ॥


ममात्रै हाँसेँ वा अरु पनि कुनै हास्यरसमा
डुबेका छन् ? भन्ने सरल हँसिलो तर्कवशमा ।
परी हेरेँ फेरी सबतिर हँसीलो मुख गरी
सबै हाँसे हाँसोमय भुवन भास्यो हरि ! हरि !!