Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/62: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(२४)}} '''कविता-''' :व्यासजिका लेख जति हेरी हेरी सफा गराइ मति । :पाएछौ खुप सार, भँडुवा ग्रामीण शृङ्गार ॥ {{pcn|(२५)}} '''कवि-''' :हितकारी जो छ खडा गर्नु उसैका समीपमा झगडा । :अनि सब..."
 
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread

Revision as of 21:04, 17 June 2025

This page has been proofread

(२४)
कविता-
व्यासजिका लेख जति हेरी हेरी सफा गराइ मति ।
पाएछौ खुप सार, भँडुवा ग्रामीण शृङ्गार ॥

(२५)
कवि-
हितकारी जो छ खडा गर्नु उसैका समीपमा झगडा ।
अनि सब होला जाती सिँगारियौली भलीभाँती ॥

(२६)
कविता-
जसले लेखनशैली बिगारनाले भएँ बडी मैली ।
उही मेरो हितकारी !! धन्य महात्मा दयाधारी !!

(२७)
कवि-
झिकिकन संस्कृत-नेल, गराइ भाषाविषे ठुलो मेल ।
खेलाएँ जसलाई शत्रु उसैको भएँ अरे हाइ !!!

(२८)
कविता-
झिकिकन संस्कृत-सारी मर्यादा अङ्गको मारी ।
ननचाए उदर-दरी भरीभराऊ हुने कसरी ॥