Page:Tarun tapasi.pdf/98: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated |
Latest revision as of 18:16, 17 June 2025
This page has been validated
२७
उदेकाई खाली नलिइ मनमा ग्लानि कटुता
सबै हेर्दाहेर्दै चटकमय त्यो धर्म-पटुता ।
बितीहाल्यो धेरै समय, जुग अस्तोन्मुख भयो
नगीचैमा आई गहनगति विज्ञान उभियो ॥
२८
थियो जस्तो पैले चटकमय त्यो धर्म नकली
जुट्यो उस्तै आई चटकमय विज्ञान नकली ।
दुवै लागे ठाडै भिडिन सबको शान्ति-विधिमा
म डूबेँ त्यो देखी अति गहन चिन्ता-जलधिमा ॥
२९
कहिकन सब त्यस्तो अन्धविश्वास-शाली
अबुझ मनुजको त्यो भावनाको प्रणाली ।
मन सब तपसीले श्वासका साथ बाँधी
अलि छिन लिन लागे शान्तिशाली समाधि ॥