Jump to content

Page:Tarun tapasi.pdf/91: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 16: Line 16:
यताको यो चिल्लो छवि फिर उताको सुनहरी
यताको यो चिल्लो छवि फिर उताको सुनहरी
::प्रभा दोटै भिन्नै किसिमसित भिन्नै पथ गरी ।
::प्रभा दोटै भिन्नै किसिमसित भिन्नै पथ गरी ।
उनै फुस्रा धुस्रा, कृषकहरुका मध्य शिरमा
उनै फुस्रा धुस्रा कृषकहरुका मध्य शिरमा
::मडारिन्थ्यो, खेल्थ्यो घुमि घुमि बडो मस्त सुरमा ॥
::मडारिन्थ्यो, खेल्थ्यो घुमि घुमि बडो मस्त सुरमा ॥



Latest revision as of 15:53, 17 June 2025

This page has been validated

२४
कुनै फुस्रा धुस्रा चुटुचुटु जगल्टा र जुटिका
फुटाई पल्टाई चपलगति दुर्भाग्य-गुटिका ।
टिपी राखी ढुङ्गाउपर सब फोर्थे पटपटी
मलाई त्यो देख्दा हृदयबिच हुन्थ्यो छटपटी ॥

२५
तलासेका चिल्ला महक उडने बालहरुमा
कसैको दौडन्थ्यो मन मुदित गर्ने मधुरिमा ।
खरानीले गर्दा शिव शिव !! कसैको शिरभरी
सुना-झाँक्रीको झैँ चमक चमकन्थ्यो सुनहरी ॥

२६
यताको यो चिल्लो छवि फिर उताको सुनहरी
प्रभा दोटै भिन्नै किसिमसित भिन्नै पथ गरी ।
उनै फुस्रा धुस्रा कृषकहरुका मध्य शिरमा
मडारिन्थ्यो, खेल्थ्यो घुमि घुमि बडो मस्त सुरमा ॥

२७
धराको छातीमा तपतप चुहेका अति घना
टिपी मोती जस्ता श्रम-जलधिका दिव्य पसिना ।
कुनै उन्थे माला जनमभर सौभाग्य-सुखको
कुनै भन्थे खोस्यो किन कपटले गाँस मुखको ?

२८
झुटा साँचा लाखौँ विधिसित सबैमाथि सबको
खिचातानी चल्दा फगत पसिनाको विभवको ।
अशान्ति-ज्वालाको घर घर थियो नित्य नचरी
सबैमा दौडन्थ्यो शठ जठर भर्ने थरहरी ॥

२९
सबै लोभी, लाल्ची, हृदय सबको शुष्क बगर
सबैको अर्कैमा गरम पसिनामाथि रहर ।
कुनै त्यो सन्तोषी पुरुष कहिल्यै भेट्न शकिनँ
नचाहोस् जो ताता मधुर पसिना चप्प पिउन ॥