Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/28: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१२)}} तपको र विवाहको कथा ::उस अर्घाऽसनको मिठो कथा । परमेश्वर ! धन्य मान्दछु ::तर त्यो रूपक-रूप ठान्दछु ॥ {{pcn|(१३)}} ससुरा गिरिराज सुन्दर ::गिरिराजै छ निवास-मन्दिर !! गिर..."
 
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread

Revision as of 17:27, 15 June 2025

This page has been proofread

(१२)
तपको र विवाहको कथा
उस अर्घाऽसनको मिठो कथा ।
परमेश्वर ! धन्य मान्दछु
तर त्यो रूपक-रूप ठान्दछु ॥

(१३)
ससुरा गिरिराज सुन्दर
गिरिराजै छ निवास-मन्दिर !!
गिरिजा गृहिणी, गिरीशकी
यसमा नाथ ! रहस्य क्यै छ कि ?

(१४)
भुवनै प्रलयाऽऽग्निमा परी
डढदा भस्म बनेर बेसरी
प्रभु शून्य मशानमा बसी-
रहने दुर्धर भस्म त्यो घसी ॥

(१५)
उस घोर मशान-वासको
उस एकाम्मय अट्टहासको ।
महिमा उहि जान्न सक्तछ
प्रभुमा जो लवलीन भक्त छ ॥