Jump to content

Page:Tarun tapasi.pdf/10: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
अटाई-नअटाई उकुसमुकुस भएर बढिरहेका छन्‌, आधुनिक दुष्टिकोणले कविहरूमा त्यो शोभा पनि हो । तर चैतन्यसित लेखनाथीय सौन्दर्य-चेतना हुनु पनि साहित्यिक अभिव्यञ्जनालाई उकास्ने एक आवश्यक साधन हो । त्यस विनाको चेतनायुक्त कवितासमेत मीठो रोटीमा बालुवाको किरिकिरी लागेजस्तो हुन्छ । म फेरि दोहोन्याउँछु- पिकास्सो कविहरूलाई नवीन प्रयोग र नवीन कल्पनाको निम्ति हामीलाई प्रशंसा गर्नु परोस, , तर र्याफल-कवि हाम्रा कविशिरोमणिको यश कहिल्यै धमिलिने छैन ।
अटाई-नअटाई उकुसमुकुस भएर बढिरहेका छन्‌, आधुनिक दुष्टिकोणले कविहरूमा  
त्यो शोभा पनि हो । तर चैतन्यसित लेखनाथीय सौन्दर्य-चेतना हुनु पनि साहित्यिक  
अभिव्यञ्जनालाई उकास्ने एक आवश्यक साधन हो । त्यस विनाको चेतनायुक्त  
कवितासमेत मीठो रोटीमा बालुवाको किरिकिरी लागेजस्तो हुन्छ । म फेरि  
दोहोन्याउँछु- पिकास्सो कविहरूलाई नवीन प्रयोग र नवीन कल्पनाको निम्ति  
हामीलाई प्रशंसा गर्नु परोस, तर र्याफल-कवि हाम्रा कविशिरोमणिको यश कहिल्यै  
धमिलिने छैन ।


२०१० सालमा 'तरुण तपसी' प्रकाशित भयो । २०११ सालमा नेपालका समस्त कवि-लेखकहरूले लेखनाथलाई अभिनन्दन समर्पण गरे, कविशिरोमाणलाई रथमा राखेर सबले ताने । स्वर्गीय श्री ९ त्रिभुवनबाट पनि अभिनन्दन प्रकट भयो । उस वेलाका प्रधानमन्त्री मातृकाप्रसादले पनि सो रथ ताने । कदाचित्‌ जीवित कविको त्यत्रो सम्मान संसारैको निम्ति अद्वितीय थियो । त्यो सम्मानको निम्ति 'तरुण तपसी' निश्चय अधिकारी छ । हाम्रा कविराजा श्री ५ महेन्द्रबाट उनलाई रायल नेपाल एकेडेमीमा राखी शोभा बढाइबक्सेको छ।
२०१० सालमा 'तरुण तपसी' प्रकाशित भयो । २०११ सालमा नेपालका  
समस्त कवि-लेखकहरूले लेखनाथलाई अभिनन्दन समर्पण गरे, कविशिरोमाणलाई  
रथमा राखेर सबले ताने । स्वर्गीय श्री ९ त्रिभुवनबाट पनि अभिनन्दन प्रकट  
भयो । उस वेलाका प्रधानमन्त्री मातृकाप्रसादले पनि सो रथ ताने । कदाचित्‌  
जीवित कविको त्यत्रो सम्मान संसारैको निम्ति अद्वितीय थियो । त्यो सम्मानको  
निम्ति 'तरुण तपसी' निश्चय अधिकारी छ । हाम्रा कविराजा श्री ५ महेन्द्रबाट  
उनलाई रायल नेपाल एकेडेमीमा राखी शोभा बढाइबक्सेको छ।


अन्त्यमा म यही भनेर भूमिका टुङ्ग्याउँछु- लेखनाथले नेपाली भाषाको क्रण तिरे तर यो कुरा कविको कानमा नपरोस्‌, कविलाई चाहिँ लागोस्‌- 'म अझै ऋणी छु ।' उनी त्यो वृक्ष जस्तो बनून्‌, जुन नढली फल दिन छोड्दैन । हामी रसास्वादन गर्न पाइरहौं उनीचाहिँ सदैव हरियो, तरुण र चिरजीवी होउन्‌ ।
अन्त्यमा म यही भनेर भूमिका टुङ्ग्याउँछु- लेखनाथले नेपाली भाषाको  
क्रण तिरे तर यो कुरा कविको कानमा नपरोस्‌, कविलाई चाहिँ लागोस्‌- 'म  
अझै ऋणी छु ।' उनी त्यो वृक्ष जस्तो बनून्‌, जुन नढली फल दिन छोड्दैन ।  
हामी रसास्वादन गर्न पाइरहौं उनीचाहिँ सदैव हरियो, तरुण र चिरजीवी  
होउन्‌ ।


ज्ञानेश्वर<br/>
ज्ञानेश्वर<br/>काठमाडौं<br/>२०२१ चैत्र ९
काठमाडौं<br/>
२०२१ चैत्र ९


{{right|'''बालकृष्ण सम'''}}
{{right|'''बालकृष्ण सम'''}}

Revision as of 17:14, 14 June 2025

This page has not been proofread

अटाई-नअटाई उकुसमुकुस भएर बढिरहेका छन्‌, आधुनिक दुष्टिकोणले कविहरूमा त्यो शोभा पनि हो । तर चैतन्यसित लेखनाथीय सौन्दर्य-चेतना हुनु पनि साहित्यिक अभिव्यञ्जनालाई उकास्ने एक आवश्यक साधन हो । त्यस विनाको चेतनायुक्त कवितासमेत मीठो रोटीमा बालुवाको किरिकिरी लागेजस्तो हुन्छ । म फेरि दोहोन्याउँछु- पिकास्सो कविहरूलाई नवीन प्रयोग र नवीन कल्पनाको निम्ति हामीलाई प्रशंसा गर्नु परोस, तर र्याफल-कवि हाम्रा कविशिरोमणिको यश कहिल्यै धमिलिने छैन ।

२०१० सालमा 'तरुण तपसी' प्रकाशित भयो । २०११ सालमा नेपालका समस्त कवि-लेखकहरूले लेखनाथलाई अभिनन्दन समर्पण गरे, कविशिरोमाणलाई रथमा राखेर सबले ताने । स्वर्गीय श्री ९ त्रिभुवनबाट पनि अभिनन्दन प्रकट भयो । उस वेलाका प्रधानमन्त्री मातृकाप्रसादले पनि सो रथ ताने । कदाचित्‌ जीवित कविको त्यत्रो सम्मान संसारैको निम्ति अद्वितीय थियो । त्यो सम्मानको निम्ति 'तरुण तपसी' निश्चय अधिकारी छ । हाम्रा कविराजा श्री ५ महेन्द्रबाट उनलाई रायल नेपाल एकेडेमीमा राखी शोभा बढाइबक्सेको छ।

अन्त्यमा म यही भनेर भूमिका टुङ्ग्याउँछु- लेखनाथले नेपाली भाषाको क्रण तिरे तर यो कुरा कविको कानमा नपरोस्‌, कविलाई चाहिँ लागोस्‌- 'म अझै ऋणी छु ।' उनी त्यो वृक्ष जस्तो बनून्‌, जुन नढली फल दिन छोड्दैन । हामी रसास्वादन गर्न पाइरहौं उनीचाहिँ सदैव हरियो, तरुण र चिरजीवी होउन्‌ ।

ज्ञानेश्वर
काठमाडौं
२०२१ चैत्र ९

बालकृष्ण सम