Jump to content

Page:Tarun tapasi.pdf/126: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|६}}
{{pcn|६}}
पछी हामी प्यारा विविध उनका सन्तति भयौं
पछी हामी प्यारा विविध उनका सन्तति भयौँ
::धरामा बिस्तारै क्रमसित सबै फैलिन गयौं
::धरामा बिस्तारै क्रमसित सबै फैलिन गयौँ
बढ्यौं डाँडाकाँडातक सकल छोपी अलि दिन
बढ्यौँ डाँडा-काँडातक सकल छोपी अलि दिन
::पछी घट्तै आयौं नियतिवश लाग्यो र कुदिन ॥
::पछी घट्तै आयौँ नियतिवश लाग्यो र कुदिन ॥


{{pcn|७}}
{{pcn|७}}
विधाताको हाम्रा उपर करुणागौरव छँदै
विधाताको हाम्रा उपर करुणा-गौरव छँदै
::धरित्रीमा अन्धो मनुजकुलको जन्म नहुँदै ।
::धरित्रीमा अन्धो मनुज-कुलको जन्म नहुँदै ।
बितेका हाम्रा ती शुभ दिवस यद्वा शुभ घडी
बितेका हाम्रा ती शुभ दिवस यद्वा शुभ घडी
::थिये मानू भाग्योदयजनित बुट्टा फुलजडी ॥
::थिये मानू भाग्योदय-जनित बुट्टा फुलजडी ॥


{{pcn|८}}
{{pcn|८}}
Line 17: Line 17:
::वहाँदेखी हाम्रो सकल कुलमा संशय पर्यो ।
::वहाँदेखी हाम्रो सकल कुलमा संशय पर्यो ।
घट्यो आयुर्दाको अवधि, भयको सङ्क्रम भयो
घट्यो आयुर्दाको अवधि, भयको सङ्क्रम भयो
::कठै हाम्रो हत्या उस मनुजबाटै शुरु भयो ॥
::कठै ! हाम्रो हत्या उस मनुजबाटै शुरु भयो ॥


{{pcn|९}}
{{pcn|९}}
Line 28: Line 28:
धरा प्यारी छोरी, प्रकृति जननी खास, उनले
धरा प्यारी छोरी, प्रकृति जननी खास, उनले
::दियेका, छोरीका उपर खुशि भै शुद्ध मनले ।
::दियेका, छोरीका उपर खुशि भै शुद्ध मनले ।
थिये नानारङ्गी विविध तपसीरूप गहना
थिये नानारङ्गी विविध तपसी-रूप गहना
::उतार्दा ती सारा मनुज गनियो मूर्ख कमिना ॥
::उतार्दा ती सारा मनुज गनियो मूर्ख कमिना ॥


Line 35: Line 35:
::सही चर्को बाधा जलदसित मागी जलकणा ।
::सही चर्को बाधा जलदसित मागी जलकणा ।
धराको वर्षेनी ज्वर मथर गर्ने सब इनै
धराको वर्षेनी ज्वर मथर गर्ने सब इनै
::तपस्वी हुन्, यस्ता सुरअसुर छैनन् अरु कुनै ॥
::तपस्वी हुन्, यस्ता सुर-असुर छैनन् अरु कुनै ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 13:08, 14 June 2025

This page has been proofread


पछी हामी प्यारा विविध उनका सन्तति भयौँ
धरामा बिस्तारै क्रमसित सबै फैलिन गयौँ ।
बढ्यौँ डाँडा-काँडातक सकल छोपी अलि दिन
पछी घट्तै आयौँ नियतिवश लाग्यो र कुदिन ॥


विधाताको हाम्रा उपर करुणा-गौरव छँदै
धरित्रीमा अन्धो मनुज-कुलको जन्म नहुँदै ।
बितेका हाम्रा ती शुभ दिवस यद्वा शुभ घडी
थिये मानू भाग्योदय-जनित बुट्टा फुलजडी ॥


पछी उस्ले अन्धो मनुज जहिले सिर्जन गर्यो
वहाँदेखी हाम्रो सकल कुलमा संशय पर्यो ।
घट्यो आयुर्दाको अवधि, भयको सङ्क्रम भयो
कठै ! हाम्रो हत्या उस मनुजबाटै शुरु भयो ॥


खुला यद्वा नाङ्गा विकट पट मैदान छ जहाँ
धरित्रीको छाती अपढ दुनियाँ चिर्दछ जहाँ ।
वहाँका बासिन्दा अघि सब उनै बान्धव थिये
जथाभावी जस्को मनुजहरुले जीवन लिये ॥

१०
धरा प्यारी छोरी, प्रकृति जननी खास, उनले
दियेका, छोरीका उपर खुशि भै शुद्ध मनले ।
थिये नानारङ्गी विविध तपसी-रूप गहना
उतार्दा ती सारा मनुज गनियो मूर्ख कमिना ॥

११
सहन्छन् जो बाधा मनुज, उस भन्दा शतगुणा
सही चर्को बाधा जलदसित मागी जलकणा ।
धराको वर्षेनी ज्वर मथर गर्ने सब इनै
तपस्वी हुन्, यस्ता सुर-असुर छैनन् अरु कुनै ॥