Page:Tarun tapasi.pdf/125: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 6: | Line 6: | ||
कवितुल्य बनी गरे खुला | कवितुल्य बनी गरे खुला | ||
::तपसीले जुन काव्यको कला । | ::तपसीले जुन काव्यको कला । | ||
मनले सब त्यो | मनले सब त्यो गमेँ पनि | ||
::फिर बोले मुसुकाउँदै मुनि ॥ | ::फिर बोले मुसुकाउँदै मुनि ॥ | ||
Line 13: | Line 13: | ||
::भिजी श्रद्धा राखी करयुगल जोडेर खुशिले । | ::भिजी श्रद्धा राखी करयुगल जोडेर खुशिले । | ||
मलाई सोधेथ्यौ जुन जति कुरा त्यो क्रमसित | मलाई सोधेथ्यौ जुन जति कुरा त्यो क्रमसित | ||
::सबै छाती खोली कविवर | ::सबै छाती खोली कविवर ! बतायेँ तिमिसित ॥ | ||
{{pcn|३}} | {{pcn|३}} | ||
रहेँछू कस्तो वा कुन किसिमको यो म तपसी | |||
:: | ::सहेँछु, भोगेँछु कति कति कुरा आसन कसी । | ||
बुझे हौला मेरो कठिन सब त्यो | बुझे हौला मेरो कठिन सब त्यो जीवन-गति | ||
::भये केही बाँकी बुझन, सुन फेरी अलिकति ॥ | ::भये केही बाँकी बुझन, सुन फेरी अलिकति ॥ | ||
Line 28: | Line 28: | ||
{{pcn|५}} | {{pcn|५}} | ||
भयेथ्यो यो पैले जुन बखत | भयेथ्यो यो पैले जुन बखत भूगोल-रचना | ||
::बसेका हुन् बस्ती उस बखत हाम्रा सब घना । | ::बसेका हुन् बस्ती उस बखत हाम्रा सब घना । | ||
भनी व्याख्या गर्थे मुदितमुख पुर्खाहरु अघि | भनी व्याख्या गर्थे मुदितमुख पुर्खाहरु अघि | ||
::बिपत्ता भो जस्को | ::बिपत्ता भो जस्को लय-जलधिमा जीवन बगी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 13:05, 14 June 2025
This page has been proofread
एकोनविंशति विश्राम
१
कवितुल्य बनी गरे खुला
तपसीले जुन काव्यको कला ।
मनले सब त्यो गमेँ पनि
फिर बोले मुसुकाउँदै मुनि ॥
२
अघी देख्नासाथै मकन, सहसा भक्तिरसले
भिजी श्रद्धा राखी करयुगल जोडेर खुशिले ।
मलाई सोधेथ्यौ जुन जति कुरा त्यो क्रमसित
सबै छाती खोली कविवर ! बतायेँ तिमिसित ॥
३
रहेँछू कस्तो वा कुन किसिमको यो म तपसी
सहेँछु, भोगेँछु कति कति कुरा आसन कसी ।
बुझे हौला मेरो कठिन सब त्यो जीवन-गति
भये केही बाँकी बुझन, सुन फेरी अलिकति ॥
४
म मात्रै के ? मेरा अगणित सबै बान्धव जति
तपस्या यै गर्छन् सहिकन इनै कष्ट फजिती ।
धरित्रीमा यस्ता विविध नभये धीर तपसी
खरानी भै उड्थ्यो भुवन अथवा केवल मसी ॥
५
भयेथ्यो यो पैले जुन बखत भूगोल-रचना
बसेका हुन् बस्ती उस बखत हाम्रा सब घना ।
भनी व्याख्या गर्थे मुदितमुख पुर्खाहरु अघि
बिपत्ता भो जस्को लय-जलधिमा जीवन बगी ॥