Page:Tarun tapasi.pdf/123: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 14: | Line 14: | ||
{{pcn|३२}} | {{pcn|३२}} | ||
चितामा चित् खाई चटचट गरी | चितामा चित् खाई चटचट गरी देह-ममता | ||
::डढी जाँदा हाँस्यो बहुत खुशि भै खिस्स समता । | ::डढी जाँदा हाँस्यो बहुत खुशि भै खिस्स समता । | ||
लिई खाली सानू स्मरणमय बत्ती पिलिपिली | लिई खाली सानू स्मरणमय बत्ती पिलिपिली | ||
::विधाताको कालो | ::विधाताको कालो विलय-विधि हाँस्यो हिलिहिली ॥ | ||
{{pcn|३३}} | {{pcn|३३}} | ||
दुखी जाँदा हाँस्यो | दुखी जाँदा हाँस्यो सहज-सुख वा शान्ति अभय | ||
::सुखी जाँदा हाँस्यो अति कठिन बाधा अनुशय । | ::सुखी जाँदा हाँस्यो अति कठिन बाधा अनुशय । | ||
दुवैको एकै हो विलय, तर हाँसो फरक भो | दुवैको एकै हो विलय, तर हाँसो फरक भो | ||
Line 26: | Line 26: | ||
{{pcn|३४}} | {{pcn|३४}} | ||
म हाँसेको, हाँसोमय छ सबको | म हाँसेको, हाँसोमय छ सबको जन्म-निधन | ||
::नहाँसेको एकै चिज पनि कुनै भेट्न शकिनँ । | ::नहाँसेको एकै चिज पनि कुनै भेट्न शकिनँ । | ||
गयो झन् झन् बढ्दै भुवनभर हाँसो निरवधि | गयो झन् झन् बढ्दै भुवनभर हाँसो निरवधि | ||
::जगद्व्यापी हाँस्यो मुसुमुसु | ::जगद्व्यापी हाँस्यो मुसुमुसु चिदाऽऽनन्द-जलधि ॥ | ||
{{pcn|३५}} | {{pcn|३५}} | ||
कठै त्यो वेलामा उभय | कठै ! त्यो वेलामा उभय गुरु-चेला सँग थियौँ | ||
::पछी हाँस्ताहाँस्तै विधिवश दुवै बेगल | ::पछी हाँस्ताहाँस्तै विधिवश दुवै बेगल भयौँ । | ||
म फर्कें यै चौकीउपर गुरु त्यै पूर्ण पदमा | म फर्कें यै चौकीउपर गुरु त्यै पूर्ण पदमा | ||
::रहे चित्तै हाँसी अतुल | ::रहे चित्तै हाँसी अतुल परमाऽऽनन्द-मदमा ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 13:01, 14 June 2025
३०
चिताको त्यो ज्वाला धपधप बली अन्तिम गति
सबैको यस्तै हो भनि बहुत हाँस्यो खितिखिति ।
धुवाँ हाँस्तै दौड्यो, वितत पथ हाँस्यो गगनको
खरानी झन् हाँस्यो, मुख मलिन पारी पवनको ॥
३१
चिताको चौतर्फी करुण बिलनाको वश परी
छिनेको मोतीको लहर सरि आँशू बरबरी ।
झरी हाँसे, हाँस्यो विरह बिचरो बन्धुजनको
रुवाबासी साथै हिलिहिलि गर्यो मोह मनको ॥
३२
चितामा चित् खाई चटचट गरी देह-ममता
डढी जाँदा हाँस्यो बहुत खुशि भै खिस्स समता ।
लिई खाली सानू स्मरणमय बत्ती पिलिपिली
विधाताको कालो विलय-विधि हाँस्यो हिलिहिली ॥
३३
दुखी जाँदा हाँस्यो सहज-सुख वा शान्ति अभय
सुखी जाँदा हाँस्यो अति कठिन बाधा अनुशय ।
दुवैको एकै हो विलय, तर हाँसो फरक भो
कसैको त्यै हाँसो सुरपुर, कसैको नरक भो ॥
३४
म हाँसेको, हाँसोमय छ सबको जन्म-निधन
नहाँसेको एकै चिज पनि कुनै भेट्न शकिनँ ।
गयो झन् झन् बढ्दै भुवनभर हाँसो निरवधि
जगद्व्यापी हाँस्यो मुसुमुसु चिदाऽऽनन्द-जलधि ॥
३५
कठै ! त्यो वेलामा उभय गुरु-चेला सँग थियौँ
पछी हाँस्ताहाँस्तै विधिवश दुवै बेगल भयौँ ।
म फर्कें यै चौकीउपर गुरु त्यै पूर्ण पदमा
रहे चित्तै हाँसी अतुल परमाऽऽनन्द-मदमा ॥