Page:Tarun tapasi.pdf/122: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|२७}} | {{pcn|२७}} | ||
हटाई पैसाले ग्रह, दिनदशा, व्याधि सकल | हटाई पैसाले ग्रह, दिनदशा, व्याधि सकल | ||
::म भोगूँला धेरै | ::म भोगूँला धेरै विषय-सुख भै पुष्ट सबल । | ||
भनी लाल्चा गर्ने अबुझहरुको दर्पण सरी | भनी लाल्चा गर्ने अबुझहरुको दर्पण सरी | ||
::जरा हाँस्यो पोती सबतिर सपेती शिरभरी ॥ | ::जरा हाँस्यो पोती सबतिर सपेती शिरभरी ॥ |
Revision as of 12:57, 14 June 2025
This page has been proofread
२७
हटाई पैसाले ग्रह, दिनदशा, व्याधि सकल
म भोगूँला धेरै विषय-सुख भै पुष्ट सबल ।
भनी लाल्चा गर्ने अबुझहरुको दर्पण सरी
जरा हाँस्यो पोती सबतिर सपेती शिरभरी ॥
२८
म खाऊँ मै लाऊँ, सुख, सयल वा मोज म गरूँ
म बाचूँ, मै नाचूँ, अरु सब मरून् दुर्बलहरू ।
भनी दाह्रा धस्ने अबुझ शठदेखी छक परी
चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी ॥
२९
सबै मेरो मेरो भनिकन अघी जीवित छँदा
स्वयं हाँस्थ्यो हेरी जुन विभव वा दौलत सदा ।
पछी उस्को देखी क्षणिक मनको अन्तिम गति
उही हाँस्यो 'तेरो अब कति छ' भन्दै खितिखिति ॥