Jump to content

Page:Tarun tapasi.pdf/121: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
उता द्यौता हाँसे सब मनुजका पालक बनी
उता द्यौता हाँसे सब मनुजका पालक बनी
::यता हाँसे दुःखी मनुज बिचरा बालक बनी ।
::यता हाँसे दुःखी मनुज बिचरा बालक बनी ।
बिचैमा त्यो हाँस्यो जिनतिन कठै धर्म बिचरो
बिचैमा त्यो हाँस्यो जिनतिन कठै ! धर्म बिचरो
::धकेल्दै उस्लाई हिलिलिलि गर्यो स्वार्थ छिचरो ॥
::धकेल्दै उस्लाई हिलिलिलि गर्यो स्वार्थ छिचरो ॥


{{pcn|२२}}
{{pcn|२२}}
अँठ्याई अर्काको सहजसुख वा जीवनविधि
अँठ्याई अर्काको सहज-सुख वा जीवन-विधि
::सुखी हूँला भन्ने कटु समझले दूषित गिदी ।
::सुखी हूँला भन्ने कटु समझले दूषित गिदी ।
जथाभावी हाँस्यो हिलिलिलि, कठै सत्य र रियाँ
जथाभावी हाँस्यो हिलिलिलि, कठै ! सत्य र रियाँ
::कुना लागी हाँसे बनिकन बडो खिन्न बनियाँ ॥
::कुना लागी हाँसे बनिकन बडो खिन्न बनियाँ ॥


{{pcn|२३}}
{{pcn|२३}}
महत्त्वाकाङ्क्षाको प्रखर छवि हाँस्यो सकलको
महत्त्वाकाङ्क्षाको प्रखर छवि हाँस्यो सकलको
::प्रतिस्पर्धा हाँस्यो छल, कपटको बुद्धिबलको
::प्रतिस्पर्धा हाँस्यो छल, कपटको बुद्धि-बलको
बडो झर्को लाग्दो रगडमय चर्को खलबली
बडो झर्को लाग्दो रगडमय चर्को खलबली
::झिकी हाकाहाकी रणरहर हाँस्यो हिलिलिली ॥
::झिकी हाकाहाकी रण-रहर हाँस्यो हिलिलिली ॥


{{pcn|२४}}
{{pcn|२४}}
Line 26: Line 26:


{{pcn|२५}}
{{pcn|२५}}
बनी जाली पक्री प्रकृतिसुखको सुन्दर गला
बनी जाली पक्री प्रकृति-सुखको सुन्दर गला
::पुँजी जम्बा गर्ने नियम अथवा सञ्चयकला
::पुँजी जम्बा गर्ने नियम अथवा सञ्चय-कला
मिहीं खित्का छोडी गजबसित हाँस्यो मनुजमा
मिहीँ खित्का छोडी गजबसित हाँस्यो मनुजमा
::जबर्जस्ती हाँस्यो अझ डबल भै त्यो दनुजमा ॥
::जबर्जस्ती हाँस्यो अझ डबल भै त्यो दनुजमा ॥


Line 35: Line 35:
::उती हाँस्तै निक्ले किन किन कडा कष्ट फजिती ।
::उती हाँस्तै निक्ले किन किन कडा कष्ट फजिती ।
यता हाँस्तै निक्ले विविध बढिया वैद्य र बुटी
यता हाँस्तै निक्ले विविध बढिया वैद्य र बुटी
::उता हाँस्यो नङ्गा मरणतिथि साथै भुटभुटी ॥
::उता हाँस्यो नङ्गा मरण-तिथि साथै भुटभुटी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 12:55, 14 June 2025

This page has been proofread

२१
उता द्यौता हाँसे सब मनुजका पालक बनी
यता हाँसे दुःखी मनुज बिचरा बालक बनी ।
बिचैमा त्यो हाँस्यो जिनतिन कठै ! धर्म बिचरो
धकेल्दै उस्लाई हिलिलिलि गर्यो स्वार्थ छिचरो ॥

२२
अँठ्याई अर्काको सहज-सुख वा जीवन-विधि
सुखी हूँला भन्ने कटु समझले दूषित गिदी ।
जथाभावी हाँस्यो हिलिलिलि, कठै ! सत्य र रियाँ
कुना लागी हाँसे बनिकन बडो खिन्न बनियाँ ॥

२३
महत्त्वाकाङ्क्षाको प्रखर छवि हाँस्यो सकलको
प्रतिस्पर्धा हाँस्यो छल, कपटको बुद्धि-बलको ।
बडो झर्को लाग्दो रगडमय चर्को खलबली
झिकी हाकाहाकी रण-रहर हाँस्यो हिलिलिली ॥

२४
बली, बाठा, टाठा, कुटिल, कपटी जीवहरुको
चलाकीमा हाँस्यो भय, मरण वा बन्ध अरुको ।
खुँडा, भाला, बर्छा, परशु, खुकुरी, नेल, पिँजरा
सबै हाँसे, हाँस्यो हरकिसिमको कष्ट खतरा ॥

२५
बनी जाली पक्री प्रकृति-सुखको सुन्दर गला
पुँजी जम्बा गर्ने नियम अथवा सञ्चय-कला ।
मिहीँ खित्का छोडी गजबसित हाँस्यो मनुजमा
जबर्जस्ती हाँस्यो अझ डबल भै त्यो दनुजमा ॥

२६
जती भोगाऽऽशाको विकट मुख हाँस्यो खितिखिती
उती हाँस्तै निक्ले किन किन कडा कष्ट फजिती ।
यता हाँस्तै निक्ले विविध बढिया वैद्य र बुटी
उता हाँस्यो नङ्गा मरण-तिथि साथै भुटभुटी ॥