Jump to content

Page:Tarun tapasi.pdf/119: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|९}}
{{pcn|९}}
नगीचै त्यै मीठो ध्वनि जलदको साऽऽदर सुनी
नगीचै त्यै मीठो ध्वनि जलदको साऽऽदर सुनी
::लतावृक्षद्वारा प्रणयवश रोमाऽऽञ्चित बनी ।
::लता-वृक्ष-द्वारा प्रणयवश रोमाऽऽञ्चित बनी ।
धरा फेरी हाँसिन्, कुसुमरस वा सौरभ घना
धरा फेरी हाँसिन्, कुसुम-रस वा सौरभ घना
::थियो मानू सानू मधुर उनको हास्यरचना
::थियो मानू सानू मधुर उनको हास्य-रचना


{{pcn|१०}}
{{pcn|१०}}
हवा चाहीं बाठो चटकपटु जादूगर बनी
हवा चाहीँ बाठो चटकपटु जादूगर बनी
::लुकी निक्कै हाँस्यो, मुसुमुसु हँसायो फुल पनि ।
::लुकी निक्कै हाँस्यो, मुसुमुसु हँसायो फुल पनि ।
छुट्यो घुम्टी, हाँसे मुदित मुख पारीकन दिशा
छुट्यो घुम्टी, हाँसे मुदित मुख पारीकन दिशा
Line 14: Line 14:


{{pcn|११}}
{{pcn|११}}
मिहीं सेतो दन्तद्युति तुहिनको दर्शित गरी
मिहीँ सेतो दन्तद्युति तुहिनको दर्शित गरी
::सबै हाँसे खोली मुखमय दरी उन्नत गरी ।
::सबै हाँसे खोली मुखमय दरी उन्नत गरी ।
नदी, नाला, झर्ना सब मधुर खित्कामय थिये
नदी, नाला, झर्ना सब मधुर खित्कामय थिये
Line 26: Line 26:


{{pcn|१३}}
{{pcn|१३}}
फिँजारी फैलाई प्रबल रसिला बाहुलहरी
फिँजारी फैलाई प्रबल रसिला बाहु-लहरी
::अँगाली जम्बै ती तरुण वयले मुग्ध नखरी ।
::अँगाली जम्बै ती तरुण वयले मुग्ध नखरी ।
लडी खित्का छोडी जलधि पनि हाँस्यो हिलिलिली
लडी खित्का छोडी जलधि पनि हाँस्यो हिलिलिली
::खिंची उस्को पानी रविकिरण हाँसे अझ बली ॥
::खिँची उस्को पानी रवि-किरण हाँसे अझ बली ॥


{{pcn|१४}}
{{pcn|१४}}
Line 35: Line 35:
::सबै हाँसे, हाँस्यो समयगति खोलेर पलक ।
::सबै हाँसे, हाँस्यो समयगति खोलेर पलक ।
धमीलो भोगाऽऽशा सकलतिर हाँस्यो र सबको
धमीलो भोगाऽऽशा सकलतिर हाँस्यो र सबको
::हँसायो चौतर्फी क्षणिक सुखसौन्दर्य भवको ॥
::हँसायो चौतर्फी क्षणिक सुख-सौन्दर्य भवको ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 12:50, 14 June 2025

This page has been proofread


नगीचै त्यै मीठो ध्वनि जलदको साऽऽदर सुनी
लता-वृक्ष-द्वारा प्रणयवश रोमाऽऽञ्चित बनी ।
धरा फेरी हाँसिन्, कुसुम-रस वा सौरभ घना
थियो मानू सानू मधुर उनको हास्य-रचना ॥

१०
हवा चाहीँ बाठो चटकपटु जादूगर बनी
लुकी निक्कै हाँस्यो, मुसुमुसु हँसायो फुल पनि ।
छुट्यो घुम्टी, हाँसे मुदित मुख पारीकन दिशा
कुना लागी मस्के अलिकति लजायेर विदिशा ॥

११
मिहीँ सेतो दन्तद्युति तुहिनको दर्शित गरी
सबै हाँसे खोली मुखमय दरी उन्नत गरी ।
नदी, नाला, झर्ना सब मधुर खित्कामय थिये
तिनैले त्यो शोभा अझ डबल चर्को गरिदिये ॥

१२
जवानी उर्लेका हँसमुख ठिटीतुल्य सब ती
नदी, नाला, झर्ना लिइकन बडो चञ्चल गति ।
घुमी नाच्दै कुद्दै अभयसित थाले छिहिलिन
चले हाँस्तै हाँस्तै, जलधिसित भो मस्त मिलन ॥

१३
फिँजारी फैलाई प्रबल रसिला बाहु-लहरी
अँगाली जम्बै ती तरुण वयले मुग्ध नखरी ।
लडी खित्का छोडी जलधि पनि हाँस्यो हिलिलिली
खिँची उस्को पानी रवि-किरण हाँसे अझ बली ॥

१४
ठुला साना प्राणी, मनुज, पशु, पक्षी, कृमितक
सबै हाँसे, हाँस्यो समयगति खोलेर पलक ।
धमीलो भोगाऽऽशा सकलतिर हाँस्यो र सबको
हँसायो चौतर्फी क्षणिक सुख-सौन्दर्य भवको ॥