Page:Tarun tapasi.pdf/115: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 9: | Line 9: | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
यसो भो, यो होला अनि म गरुँला कार्य यसरी | यसो भो, यो होला अनि म गरुँला कार्य यसरी | ||
::यहाँको यो भन्ने अति गहन | ::यहाँको यो भन्ने अति गहन सङ्कल्प-लहरी । | ||
हराये, बाँकी भो हृदयबिच खाली परहित | हराये, बाँकी भो हृदयबिच खाली परहित | ||
::फुर्यो पन्था अर्कै बहुत सजिलो पापरहित ॥ | ::फुर्यो पन्था अर्कै बहुत सजिलो पापरहित ॥ | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
नसा, मासू, हड्डी, रगतहरुको | नसा, मासू, हड्डी, रगतहरुको देह-गठरी | ||
::सदा, फैर्दै बोक्तै थकित भइ चल्दो जुगभरी । | ::सदा, फैर्दै बोक्तै थकित भइ चल्दो जुगभरी । | ||
कठै निर्धो दुब्लो गतरुचि | कठै ! निर्धो दुब्लो गतरुचि अहङ्कार-भरिया | ||
::ढल्यो तर्नासाथै रज र तमको दीर्घ दरिया ॥ | ::ढल्यो तर्नासाथै रज र तमको दीर्घ दरिया ॥ | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
झिटो झाम्टो फाली सकल अघिको रङ्ग बदली | झिटो झाम्टो फाली सकल अघिको रङ्ग बदली | ||
::छरीतो भै फुक्तै मधुर | ::छरीतो भै फुक्तै मधुर परमाऽऽनन्द-मुरली । | ||
खडा भो त्यो मेरै अति नगिच भन्दा नगिचमा | खडा भो त्यो मेरै अति नगिच भन्दा नगिचमा | ||
::ममा मिल्दै आयो विमल जल | ::ममा मिल्दै आयो विमल जल झैँ दूधबिचमा ॥ | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
म | म हाँसेँ, त्यो हाँस्यो, पर पर सर्यो भेद फरक | ||
::डुब्यो त्यै हाँसोमा बहुत जुनिको | ::डुब्यो त्यै हाँसोमा बहुत जुनिको स्वर्ग-नरक । | ||
त्यहाँ देखी दोस्रो | त्यहाँ देखी दोस्रो जड-भरतको छाडन गरी | ||
::म हाँसेको हाँस्यै अझतक छँदैछू हरि हरि | ::म हाँसेको हाँस्यै अझतक छँदैछू ! हरि हरि !! | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
यहाँ जो पृथ्वीमा अबुझहरुका | यहाँ जो पृथ्वीमा अबुझहरुका दृष्टि-पुटमा | ||
::म रुन्चे जस्तो छू, तर उस पिताको निकटमा । | ::म रुन्चे जस्तो छू, तर उस पिताको निकटमा । | ||
सबै मेरो हाँसो हरबखत पुग्दोछ मुखको | सबै मेरो हाँसो हरबखत पुग्दोछ मुखको | ||
::पितालाई मात्रै अनुभव छ यो | ::पितालाई मात्रै अनुभव छ यो हास्य-सुखको ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 12:42, 14 June 2025
१८
म यस्तो, त्यो त्यस्तो, किन ? कसरि ? भन्ने सब गयो
छ जो जस्तो, उस्तो उस बखत भास्यो, पर भयो ।
जहाँ जो देख्यो त्यो कमलदलमाथी जल सरी
अलग्गै बस्ने भो हृदयबिच संसर्ग नगरी ॥
१९
यसो भो, यो होला अनि म गरुँला कार्य यसरी
यहाँको यो भन्ने अति गहन सङ्कल्प-लहरी ।
हराये, बाँकी भो हृदयबिच खाली परहित
फुर्यो पन्था अर्कै बहुत सजिलो पापरहित ॥
२०
नसा, मासू, हड्डी, रगतहरुको देह-गठरी
सदा, फैर्दै बोक्तै थकित भइ चल्दो जुगभरी ।
कठै ! निर्धो दुब्लो गतरुचि अहङ्कार-भरिया
ढल्यो तर्नासाथै रज र तमको दीर्घ दरिया ॥
२१
झिटो झाम्टो फाली सकल अघिको रङ्ग बदली
छरीतो भै फुक्तै मधुर परमाऽऽनन्द-मुरली ।
खडा भो त्यो मेरै अति नगिच भन्दा नगिचमा
ममा मिल्दै आयो विमल जल झैँ दूधबिचमा ॥
२२
म हाँसेँ, त्यो हाँस्यो, पर पर सर्यो भेद फरक
डुब्यो त्यै हाँसोमा बहुत जुनिको स्वर्ग-नरक ।
त्यहाँ देखी दोस्रो जड-भरतको छाडन गरी
म हाँसेको हाँस्यै अझतक छँदैछू ! हरि हरि !!
२३
यहाँ जो पृथ्वीमा अबुझहरुका दृष्टि-पुटमा
म रुन्चे जस्तो छू, तर उस पिताको निकटमा ।
सबै मेरो हाँसो हरबखत पुग्दोछ मुखको
पितालाई मात्रै अनुभव छ यो हास्य-सुखको ॥