Jump to content

Page:Tarun tapasi.pdf/112: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|१}}
{{pcn|१}}
परिपूर्ण पवित्र सुन्दर
परिपूर्ण पवित्र सुन्दर
::मुनिको शान्तिसुधासरोवर
::मुनिको शान्ति-सुधा-सरोवर
अलिबेर पछी छचल्कियो
अलिबेर पछी छचल्कियो
::श्रुतिमा शीतलता भरीदियो
::श्रुतिमा शीतलता भरी-दियो


{{pcn|२}}
{{pcn|२}}
डुबी एकाम्मे भै अगम परमाऽऽनन्द चितिमा
डुबी एकाम्मे भै अगम परमाऽऽनन्द चितिमा
::म उत्रें बिस्तारै अविदित कुनै दीर्घ मितिमा ।
::म उत्रेँ बिस्तारै अविदित कुनै दीर्घ मितिमा ।
खुल्यो थोरै आँखा, हृदय कलनाले फिरिफिरी
खुल्यो थोरै आँखा, हृदय कलनाले फिरिफिरी
::हिलायो तत्कालै मृदु पवनले पल्लव सरी ॥
::हिलायो तत्कालै मृदु पवनले पल्लव सरी ॥


{{pcn|३}}
{{pcn|३}}
उदेकायें केही, मगज तह लायें, पवनको
उदेकायेँ केही, मगज तह लायेँ, पवनको
::थमौतीमा ल्यायें गति, कल चलायें वचनको ।
::थमौतीमा ल्यायेँ गति, कल चलायेँ वचनको ।
घुमायें चौतर्फी नयन, मुसुकायें, अलिकति
घुमायेँ चौतर्फी नयन, मुसुकायेँ, अलिकति
::सबै देख्दै आयें क्षणिक दुनियाँको परिणति ॥
::सबै देख्दै आयेँ क्षणिक दुनियाँको परिणति ॥


{{pcn|४}}
{{pcn|४}}
म फेरी टोह्लायें, स्मृतिपथ सबै उज्ज्वल भयो
म फेरी टोह्लायेँ, स्मृतिपथ सबै उज्ज्वल भयो
::अँध्यारोमा मानू नियतिवश सूर्योदय भयो ।
::अँध्यारोमा मानू नियतिवश सूर्योदय भयो ।
उताको त्यो भास्यो घन चितिचमत्कार बिपना
उताको त्यो भास्यो घन चिति-चमत्कार बिपना
::यताको यो सारा तप र तपसीजन्म सपना ॥
::यताको यो सारा तप र तपसी-जन्म सपना ॥


{{pcn|५}}
{{pcn|५}}
बिलायो निद्रा वा जटिल ममताको घनघटा
बिलायो निद्रा वा जटिल ममताको घनघटा
::मुटूले भेट्टायो बहुत रसिलो जागृतिछटा
::मुटूले भेट्टायो बहुत रसिलो जागृति-छटा
जता लायो आँखा झलमल उतै रामरमिता
जता लायो आँखा झलमल उतै राम-रमिता
::अनौठाको भास्यो प्रथम कविको विश्वकविता
::अनौठाको भास्यो प्रथम कविको विश्व-कविता
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 12:30, 14 June 2025

This page has been proofread
सप्तदश विश्राम


परिपूर्ण पवित्र सुन्दर
मुनिको शान्ति-सुधा-सरोवर ।
अलिबेर पछी छचल्कियो
श्रुतिमा शीतलता भरी-दियो ॥


डुबी एकाम्मे भै अगम परमाऽऽनन्द चितिमा
म उत्रेँ बिस्तारै अविदित कुनै दीर्घ मितिमा ।
खुल्यो थोरै आँखा, हृदय कलनाले फिरिफिरी
हिलायो तत्कालै मृदु पवनले पल्लव सरी ॥


उदेकायेँ केही, मगज तह लायेँ, पवनको
थमौतीमा ल्यायेँ गति, कल चलायेँ वचनको ।
घुमायेँ चौतर्फी नयन, मुसुकायेँ, अलिकति
सबै देख्दै आयेँ क्षणिक दुनियाँको परिणति ॥


म फेरी टोह्लायेँ, स्मृतिपथ सबै उज्ज्वल भयो
अँध्यारोमा मानू नियतिवश सूर्योदय भयो ।
उताको त्यो भास्यो घन चिति-चमत्कार बिपना
यताको यो सारा तप र तपसी-जन्म सपना ॥


बिलायो निद्रा वा जटिल ममताको घनघटा
मुटूले भेट्टायो बहुत रसिलो जागृति-छटा ।
जता लायो आँखा झलमल उतै राम-रमिता
अनौठाको भास्यो प्रथम कविको विश्व-कविता ॥