Jump to content

Page:Tarun tapasi.pdf/110: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
चिसो तातो सोमाऽऽनलमय महादीपक दुई
चिसो तातो सोमाऽऽनलमय महादीपक दुई
::दुवै हत्केलामा लिइकन कतै डग्न नदिई ।
::दुवै हत्केलामा लिइकन कतै डग्न नदिई ।
घुमाई को, कस्को हरबखत नीराजनविधि
घुमाई को, कस्को हरबखत नीराजन-विधि
::अहो गर्दो होला मधुर छवि छर्दै निरवधि ?
::अहो ! गर्दो होला मधुर छवि छर्दै निरवधि ?


{{pcn|२५}}
{{pcn|२५}}
अहो पालैपालोसँग रवि शशी नित्य यसरी
अहो ! पालैपालोसँग रवि शशी नित्य यसरी
::घुमी जाँची सारा निमिषभर विश्राम नगरी ।
::घुमी जाँची सारा निमिषभर विश्राम नगरी ।
नफोर्दा होउन् ता मलिन तमको उग्र पहरो
नफोर्दा होउन् ता मलिन तमको उग्र पहरो
::कठै के निस्कन्थ्यो छरछर गरी सृष्टिछहरो
::कठै ! के निस्कन्थ्यो छरछर गरी सृष्टि-छहरो


{{pcn|२६}}
{{pcn|२६}}
यती गम्दागम्दै बहुत छिपियो नीरव दिशा
यती गम्दागम्दै बहुत छिपियो नीरव दिशा
::बनी एकैनासे मुदितमुख हाँसे दश दिशा ।
::बनी एकैनासे मुदितमुख हाँसे दश दिशा ।
हवा मानू सुस्तै अमृतरसका मन्थन गरी
हवा मानू सुस्तै अमृत-रसका मन्थन गरी
::घुस्यो नौनी घस्तै किन किन मुटूमा सरसरी ॥
::घुस्यो नौनी घस्तै किन किन मुटूमा सरसरी ॥


{{pcn|२७}}
{{pcn|२७}}
म त्यो प्यूँदाप्यूँदै सुखमय जुनेली रसझरी
म त्यो प्यूँदाप्यूँदै सुखमय जुनेली रसझरी
::डुबेंछू चुर्लुम्मै हृदयदहमा गद्गद परी ।
::डुबेँछू चुर्लुम्मै हृदय-दहमा गद्‌गद परी ।
वहाँ पुग्नासाथै ढकमक भयो जीवनकलि
वहाँ पुग्नासाथै ढकमक भयो जीवन-कलि
::मुटूले भेट्टायो गगनगुरुको रूप सकली ॥
::मुटूले भेट्टायो गगन-गुरुको रूप सकली ॥


{{pcn|२८}}
{{pcn|२८}}
बिलायो वा पग्ल्यो तन, पलकमा छङ्ग म भयें
बिलायो वा पग्ल्यो तन, पलकमा छङ्ग म भयेँ
::गुरुर्ब्रह्मा भन्दै गुरुचरणमा पस्रन गयें
::गुरुर्ब्रह्मा भन्दै गुरुचरणमा पस्रन गयेँ
म सम्झयो मै मात्रै, गुरुचरण सम्झयो गुरु गुरु
म सम्झयो मै मात्रै, गुरुचरण सम्झयो गुरु गुरु
::नरोला त्यो वेला कुन अबुझ चेला धुरुधुरु ?
::नरोला त्यो वेला कुन अबुझ चेला धुरुधुरु ?
Line 34: Line 34:
खुशी भै सामुन्ने वर अभय मुद्राकन धरी
खुशी भै सामुन्ने वर अभय मुद्राकन धरी
::खडा सर्वव्यापी परम गुरुको दर्शन गरी ।
::खडा सर्वव्यापी परम गुरुको दर्शन गरी ।
घुमायें चौतर्फी नयन तर त्योतर्फ नमिली
घुमायेँ चौतर्फी नयन तर त्योतर्फ नमिली
::भयो मेरो तीखो नयन नयनैमा इलिमिली ॥
::भयो मेरो तीखो नयन नयनैमा इलिमिली ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 17:04, 13 June 2025

This page has been proofread

२४
चिसो तातो सोमाऽऽनलमय महादीपक दुई
दुवै हत्केलामा लिइकन कतै डग्न नदिई ।
घुमाई को, कस्को हरबखत नीराजन-विधि
अहो ! गर्दो होला मधुर छवि छर्दै निरवधि ?

२५
अहो ! पालैपालोसँग रवि शशी नित्य यसरी
घुमी जाँची सारा निमिषभर विश्राम नगरी ।
नफोर्दा होउन् ता मलिन तमको उग्र पहरो
कठै ! के निस्कन्थ्यो छरछर गरी सृष्टि-छहरो ॥

२६
यती गम्दागम्दै बहुत छिपियो नीरव दिशा
बनी एकैनासे मुदितमुख हाँसे दश दिशा ।
हवा मानू सुस्तै अमृत-रसका मन्थन गरी
घुस्यो नौनी घस्तै किन किन मुटूमा सरसरी ॥

२७
म त्यो प्यूँदाप्यूँदै सुखमय जुनेली रसझरी
डुबेँछू चुर्लुम्मै हृदय-दहमा गद्‌गद परी ।
वहाँ पुग्नासाथै ढकमक भयो जीवन-कलि
मुटूले भेट्टायो गगन-गुरुको रूप सकली ॥

२८
बिलायो वा पग्ल्यो तन, पलकमा छङ्ग म भयेँ
गुरुर्ब्रह्मा भन्दै गुरुचरणमा पस्रन गयेँ ।
म सम्झयो मै मात्रै, गुरुचरण सम्झयो गुरु गुरु
नरोला त्यो वेला कुन अबुझ चेला धुरुधुरु ?

२९
खुशी भै सामुन्ने वर अभय मुद्राकन धरी
खडा सर्वव्यापी परम गुरुको दर्शन गरी ।
घुमायेँ चौतर्फी नयन तर त्योतर्फ नमिली
भयो मेरो तीखो नयन नयनैमा इलिमिली ॥