Page:Tarun tapasi.pdf/106: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
{{pcn|१}} | {{pcn|१}} | ||
मुनिबाट सुनेर त्यो सब | मुनिबाट सुनेर त्यो सब | ||
::पसिनाको | ::पसिनाको परिपाक-गौरव । | ||
कवि जाँगरिलो हुँदै गये | कवि जाँगरिलो हुँदै गये | ||
::अमिरी जीवनमा घृणा लिये ॥ | ::अमिरी जीवनमा घृणा लिये ॥ | ||
Line 12: | Line 12: | ||
यहाँ यै चौकीमा कठिन तपको जीर्ण पगरी | यहाँ यै चौकीमा कठिन तपको जीर्ण पगरी | ||
::गुती बस्ताबस्तै नियतिवश त्यो दृष्टि त्यसरी । | ::गुती बस्ताबस्तै नियतिवश त्यो दृष्टि त्यसरी । | ||
पुग्यो माथी माथी, | पुग्यो माथी माथी, विधि-नियम हेर्यो, तल झर्यो | ||
::पर्यो अर्कै छाया, सकल धमिलो संशय मर्यो ॥ | ::पर्यो अर्कै छाया, सकल धमिलो संशय मर्यो ॥ | ||
{{pcn|३}} | {{pcn|३}} | ||
चलेथ्यो यो मेरो नयन जसरी त्यै किसिमले | चलेथ्यो यो मेरो नयन जसरी त्यै किसिमले | ||
::जगत् सारा हेर्दै चरम | ::जगत् सारा हेर्दै चरम गिरि-पारी रवि चले । | ||
रह्यो केही वेला तुहिनगिरिका उच्च शिरमा | रह्यो केही वेला तुहिनगिरिका उच्च शिरमा | ||
::उपर्ना | ::उपर्ना झैँ रातो दिवसकरको कान्ति-गरिमा ॥ | ||
{{pcn|४}} | {{pcn|४}} | ||
Line 31: | Line 31: | ||
::सबैमाथी गर्थी प्रणयसुखको पूर्ण पजनी । | ::सबैमाथी गर्थी प्रणयसुखको पूर्ण पजनी । | ||
तमासा त्यो देखी उदयगिरि हाँस्यो अलि अलि | तमासा त्यो देखी उदयगिरि हाँस्यो अलि अलि | ||
::फुक्यो जस्ले गर्दा | ::फुक्यो जस्ले गर्दा विषय-सुखको मञ्जुल कलि ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:34, 13 June 2025
This page has been proofread
षोडश विश्राम
१
मुनिबाट सुनेर त्यो सब
पसिनाको परिपाक-गौरव ।
कवि जाँगरिलो हुँदै गये
अमिरी जीवनमा घृणा लिये ॥
२
यहाँ यै चौकीमा कठिन तपको जीर्ण पगरी
गुती बस्ताबस्तै नियतिवश त्यो दृष्टि त्यसरी ।
पुग्यो माथी माथी, विधि-नियम हेर्यो, तल झर्यो
पर्यो अर्कै छाया, सकल धमिलो संशय मर्यो ॥
३
चलेथ्यो यो मेरो नयन जसरी त्यै किसिमले
जगत् सारा हेर्दै चरम गिरि-पारी रवि चले ।
रह्यो केही वेला तुहिनगिरिका उच्च शिरमा
उपर्ना झैँ रातो दिवसकरको कान्ति-गरिमा ॥
४
चरा, गाई, ग्वाला, कृषकहरु साऽऽनन्द सुरमा
सबै फर्के, लर्क्यो भुवनभर अर्कै मधुरिमा ।
निशाले तत्कालै तल तल तमोरूप कबरी
लतारी ताराका कुसुमकलि उन्दै शिरभरी ॥
५
नवीना त्यो श्यामा सरस ललिताऽऽकार रजनी
सबैमाथी गर्थी प्रणयसुखको पूर्ण पजनी ।
तमासा त्यो देखी उदयगिरि हाँस्यो अलि अलि
फुक्यो जस्ले गर्दा विषय-सुखको मञ्जुल कलि ॥