Page:Tarun tapasi.pdf/104: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 8: | Line 8: | ||
{{pcn|२८}} | {{pcn|२८}} | ||
कतै छन् | कतै छन् स्वर्गङ्गाजल-रचित छाँगा र छहरा | ||
::कतै क्रीडावापी, छरछर कतै दीर्घ फुहरा । | ::कतै क्रीडावापी, छरछर कतै दीर्घ फुहरा । | ||
कतै अग्ला ज्योतिर्मय | कतै अग्ला ज्योतिर्मय मणिशिला-शैल हँसिला | ||
::कतै राम्रा राम्रा कुसुमित लताकुञ्ज रसिला ॥ | ::कतै राम्रा राम्रा कुसुमित लताकुञ्ज रसिला ॥ | ||
Line 17: | Line 17: | ||
::प्रभा मात्रै हाली कुसुमरसमा कल्पतरुको । | ::प्रभा मात्रै हाली कुसुमरसमा कल्पतरुको । | ||
जमायेको जस्तो उस नगरको अद्भुत छवि | जमायेको जस्तो उस नगरको अद्भुत छवि | ||
:: | ::कलम्दरा सारा लिन कसरि शक्ला कुन कवि ? | ||
{{pcn|३०}} | {{pcn|३०}} |
Revision as of 15:22, 13 June 2025
२७
झुलेका इन्द्रेनी सब भवनमा तोरण बनी
ध्वजामा नाचेको चपल बिजुलीको सनसनी ।
अटाली वा बुर्जा सब गगनचुम्बी चहकिला
नगीचै देखिन्थे शशधर जहाँबाट धमिला ॥
२८
कतै छन् स्वर्गङ्गाजल-रचित छाँगा र छहरा
कतै क्रीडावापी, छरछर कतै दीर्घ फुहरा ।
कतै अग्ला ज्योतिर्मय मणिशिला-शैल हँसिला
कतै राम्रा राम्रा कुसुमित लताकुञ्ज रसिला ॥
२९
हिरा, मोती, पन्ना प्रभृति भरिला रत्नहरुको
प्रभा मात्रै हाली कुसुमरसमा कल्पतरुको ।
जमायेको जस्तो उस नगरको अद्भुत छवि
कलम्दरा सारा लिन कसरि शक्ला कुन कवि ?
३०
जरैदेखी हेर्दा जुग जुग जहाँ शून्य छ जरा
जवानीको मात्रै लहलह जहाँ गर्छ लहरा ।
जहाँ आँधी, व्याधि, क्षय, जननको छैन शरण
वहाँको को जान्ने अतुल सुखको त्यो विवरण ?
३१
बगेकी चौतर्फी कलकल सदा शान्तिसरिता
हँसीला बासिन्दा सरल पुतलीतुल्य छरिता ।
रसीलो आनन्दी हृदय सब ती पौरहरुको
फुकेको फक्रेको सुरभि फुल झैं कल्पतरुको ॥
३२
दया, मैत्री, श्रद्धा, प्रणयरसले शीतल सब
सबैको हिस्सामा अतुल मनचिन्ते छ विभव ।
सबै मर्यादा वा विधिनियमको पालन गरी
रमायेका दैवी विषयसुखमा निर्जर सरी ॥