Page:Tarun tapasi.pdf/103: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
कता राम्रा | कता राम्रा रत्न-द्युतिमय दिशापाल-सदन | ||
::कतै घुम्थे साक्षात् कुसुमधनुका साथ मदन । | ::कतै घुम्थे साक्षात् कुसुमधनुका साथ मदन । | ||
कतै | कतै चन्द्र-ज्योत्स्ना-धवल सुरगङ्गा-निकटमा | ||
::तपस्वी देखिन्थे | ::तपस्वी देखिन्थे तप-शिखर झैँ टम्म तटमा ॥ | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
कतै | कतै रक्षो-भूत प्रभृति गणका बाल वनिता | ||
::गला फारी पढ्दै हरचरितका गीत कविता । | ::गला फारी पढ्दै हरचरितका गीत कविता । | ||
निशामा उफ्रन्थे हरतरहको ताण्डव गरी | निशामा उफ्रन्थे हरतरहको ताण्डव गरी | ||
::थियो जस्को केही पर उपर | ::थियो जस्को केही पर उपर कैलास-नगरी ॥ | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
तमासा ती खासा | तमासा ती खासा उपसुर-पुरीका सब थरी | ||
::निहारी त्यो भन्दा पनि उपर जाने सुर धरी । | ::निहारी त्यो भन्दा पनि उपर जाने सुर धरी । | ||
चढ्यो फेरी मेरो नजर नभमा साहस गरी | चढ्यो फेरी मेरो नजर नभमा साहस गरी | ||
::सबै त्यागी साना | ::सबै त्यागी साना कुसुम-कलिका षट्पद सरी ॥ | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
तडिल्लेखा भन्दा त्वरितगति | तडिल्लेखा भन्दा त्वरितगति सङ्कल्प-रथमा | ||
::चढी उड्दाउड्दै अति वितत | ::चढी उड्दाउड्दै अति वितत आलोक-पथमा । | ||
पर्यो सामुन्नेमा अति चहकिलो दिव्य नगरी | पर्यो सामुन्नेमा अति चहकिलो दिव्य नगरी | ||
::थियो जो शोभाको निरुपम महासागर सरी ॥ | ::थियो जो शोभाको निरुपम महासागर सरी ॥ | ||
Line 28: | Line 28: | ||
त्यहाँ पुग्नासाथै गति शिथिल भैगो नयनको | त्यहाँ पुग्नासाथै गति शिथिल भैगो नयनको | ||
::खुशीको हावाले विकसित भयो भाव मनको । | ::खुशीको हावाले विकसित भयो भाव मनको । | ||
जता फर्की हेर्यो सुखमय उतै | जता फर्की हेर्यो सुखमय उतै राम-रमिता | ||
::थियो कस्तो कस्तो प्रथम कविको उच्च कविता ॥ | ::थियो कस्तो कस्तो प्रथम कविको उच्च कविता ॥ | ||
{{pcn|२६}} | {{pcn|२६}} | ||
विधाताको यद्वा | विधाताको यद्वा नियति-गतिको लाखन थरी | ||
::चमत्कारी लीला सबतिर सदा सूचित गरी । | ::चमत्कारी लीला सबतिर सदा सूचित गरी । | ||
बनेका बेगिन्ती उस नगरमा रङ्गमहल | बनेका बेगिन्ती उस नगरमा रङ्गमहल |
Revision as of 15:11, 13 June 2025
२१
कता राम्रा रत्न-द्युतिमय दिशापाल-सदन
कतै घुम्थे साक्षात् कुसुमधनुका साथ मदन ।
कतै चन्द्र-ज्योत्स्ना-धवल सुरगङ्गा-निकटमा
तपस्वी देखिन्थे तप-शिखर झैँ टम्म तटमा ॥
२२
कतै रक्षो-भूत प्रभृति गणका बाल वनिता
गला फारी पढ्दै हरचरितका गीत कविता ।
निशामा उफ्रन्थे हरतरहको ताण्डव गरी
थियो जस्को केही पर उपर कैलास-नगरी ॥
२३
तमासा ती खासा उपसुर-पुरीका सब थरी
निहारी त्यो भन्दा पनि उपर जाने सुर धरी ।
चढ्यो फेरी मेरो नजर नभमा साहस गरी
सबै त्यागी साना कुसुम-कलिका षट्पद सरी ॥
२४
तडिल्लेखा भन्दा त्वरितगति सङ्कल्प-रथमा
चढी उड्दाउड्दै अति वितत आलोक-पथमा ।
पर्यो सामुन्नेमा अति चहकिलो दिव्य नगरी
थियो जो शोभाको निरुपम महासागर सरी ॥
२५
त्यहाँ पुग्नासाथै गति शिथिल भैगो नयनको
खुशीको हावाले विकसित भयो भाव मनको ।
जता फर्की हेर्यो सुखमय उतै राम-रमिता
थियो कस्तो कस्तो प्रथम कविको उच्च कविता ॥
२६
विधाताको यद्वा नियति-गतिको लाखन थरी
चमत्कारी लीला सबतिर सदा सूचित गरी ।
बनेका बेगिन्ती उस नगरमा रङ्गमहल
मिही ज्योतिर्धारा पलपल उकेल्थे झललल ॥