Jump to content

Page:Tarun tapasi.pdf/102: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
कतै खम्बा जस्ता अटल हठिला सिद्ध तपसी
कतै खम्बा जस्ता अटल हठिला सिद्ध तपसी
::बसी आकाशैमा नियमसित सिद्धाऽऽसन कसी ।
::बसी आकाशैमा नियमसित सिद्धाऽऽसन कसी ।
डुबेका देखिन्थे अगम परमाऽऽनन्दरसमा
डुबेका देखिन्थे अगम परमाऽऽनन्द-रसमा
::थियो जस्को साह्रै मधुर मुखको शान्तिसुषमा
::थियो जस्को साह्रै मधुर मुखको शान्ति-सुषमा


{{pcn|१६}}
{{pcn|१६}}
कतै विद्युल्लेखाललित छरिता उन्मद परी
कतै विद्युल्लेखा-ललित छरिता उन्मद परी
::बिखेर्दै चौतर्फी महकमय माधुर्यलहरी
::बिखेर्दै चौतर्फी महकमय माधुर्य-लहरी
हवामा पौडन्थे जुन पवनको स्पर्शसुखमा
हवामा पौडन्थे जुन पवनको स्पर्श-सुखमा
::तपस्वीको पुग्थ्यो जपतप सबै मृत्युमुखमा
::तपस्वीको पुग्थ्यो जप-तप सबै मृत्यु-मुखमा


{{pcn|१७}}
{{pcn|१७}}
विमानश्रेणीमा भ्रमणपटु वैमानिकहरू
विमान-श्रेणीमा भ्रमणपटु वैमानिकहरू
::कतै उड्थे लम्बा सफरसुख भोगी हुरुरुरु ।
::कतै उड्थे लम्बा सफर-सुख भोगी हुरुरुरु ।
अहा जस्को छाया ध्वनिमधुरिमाले छक परी
अहा ! जस्को छाया ध्वनि-मधुरिमाले छक परी
::तमासा त्यो हेर्थे तल सकल ठाडो शिर गरी ॥
::तमासा त्यो हेर्थे तल सकल ठाडो शिर गरी ॥


{{pcn|१८}}
{{pcn|१८}}
कतै शोभा छर्दै कठिन तपको सिद्धरमणी
कतै शोभा छर्दै कठिन तपको सिद्ध-रमणी
::लटामा लर्काई सुरकुसुम वा शङ्करमणि
::लटामा लर्काई सुर-कुसुम वा शङ्कर-मणि
बहन्थे वा उड्थे सररर निरालम्ब पथमा
बहन्थे वा उड्थे सररर निरालम्ब पथमा
::चढी ज्यादा तेजी हृदयकृत सङ्कल्परथमा
::चढी ज्यादा तेजी हृदय-कृत सङ्कल्प-रथमा


{{pcn|१९}}
{{pcn|१९}}
कतै उस्तैउस्ता कुसुमभरले मत्थरगति
कतै उस्तैउस्ता कुसुम-भरले मत्थर-गति
::वसन्तश्री जस्ता मगनमदिरामस्त युवति ।
::वसन्तश्री जस्ता मगन-मदिरा-मस्त युवति ।
हठी सिद्धिप्रेमी कठिन तपमा मस्त जनको
हठी सिद्धि-प्रेमी कठिन तपमा मस्त जनको
::तपस्यामा गर्थे नयनशरले घात ननिको ॥
::तपस्यामा गर्थे नयन-शरले घात ननिको ॥


{{pcn|२०}}
{{pcn|२०}}
कतै लुर्के फुर्के फुल र मुजुरा पल्लव पनि
कतै लुर्के फुर्के फुल र मुजुरा पल्लव पनि
::उनी वन्यश्रीले खचित वनदेवीमय बनी ।
::उनी वन्य-श्रीले खचित वनदेवीमय बनी ।
मजा मानी गर्थे उपवनविषे किन्नरसुता
मजा मानी गर्थे उपवनविषे किन्नर-सुता
::लुकामारी साथै हरकिसिमको रङ्गरमिता ॥
::लुकामारी साथै हरकिसिमको रङ्गरमिता ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 15:05, 13 June 2025

This page has been proofread

१५
कतै खम्बा जस्ता अटल हठिला सिद्ध तपसी
बसी आकाशैमा नियमसित सिद्धाऽऽसन कसी ।
डुबेका देखिन्थे अगम परमाऽऽनन्द-रसमा
थियो जस्को साह्रै मधुर मुखको शान्ति-सुषमा ॥

१६
कतै विद्युल्लेखा-ललित छरिता उन्मद परी
बिखेर्दै चौतर्फी महकमय माधुर्य-लहरी ।
हवामा पौडन्थे जुन पवनको स्पर्श-सुखमा
तपस्वीको पुग्थ्यो जप-तप सबै मृत्यु-मुखमा ॥

१७
विमान-श्रेणीमा भ्रमणपटु वैमानिकहरू
कतै उड्थे लम्बा सफर-सुख भोगी हुरुरुरु ।
अहा ! जस्को छाया ध्वनि-मधुरिमाले छक परी
तमासा त्यो हेर्थे तल सकल ठाडो शिर गरी ॥

१८
कतै शोभा छर्दै कठिन तपको सिद्ध-रमणी
लटामा लर्काई सुर-कुसुम वा शङ्कर-मणि ।
बहन्थे वा उड्थे सररर निरालम्ब पथमा
चढी ज्यादा तेजी हृदय-कृत सङ्कल्प-रथमा ॥

१९
कतै उस्तैउस्ता कुसुम-भरले मत्थर-गति
वसन्तश्री जस्ता मगन-मदिरा-मस्त युवति ।
हठी सिद्धि-प्रेमी कठिन तपमा मस्त जनको
तपस्यामा गर्थे नयन-शरले घात ननिको ॥

२०
कतै लुर्के फुर्के फुल र मुजुरा पल्लव पनि
उनी वन्य-श्रीले खचित वनदेवीमय बनी ।
मजा मानी गर्थे उपवनविषे किन्नर-सुता
लुकामारी साथै हरकिसिमको रङ्गरमिता ॥