Page:Tarun tapasi.pdf/57: Difference between revisions
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 35: | Line 35: | ||
::पला झैँ गैहाल्यो थकित तिनको दीर्घ रजनी । | ::पला झैँ गैहाल्यो थकित तिनको दीर्घ रजनी । | ||
तिखो चुच्चो खाली चटुल कुखुराले चरचरी | तिखो चुच्चो खाली चटुल कुखुराले चरचरी | ||
:: | ::चिर्यो त्यो सन्नाटा सकल 'कुखुरीकाँ' रव गरी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:02, 12 June 2025
१५
कुनै वेला ढाक्रे कृषकहरुकै आदर गरी
लगी गाग्री-गाग्राहरुबिच मिठो सर्बत भरी ।
कहन्थे यो खाऊ, पथ-जनित गर्मी मथर होस्
म भन्थेँ त्यो सुन्दा मनुज-मति यस्तै स्थिर रहोस् ॥
१६
बुढा, पाका, बाला, युवक, अधबैँसे सब जना
बसी त्यो छायामा अलि छिन शुकायेर पसिना ।
उठी-जाँदा हेरी खुशिसित जटामण्डलतिर
कहन्थे वा भन्थे जुग जुग जियोस् भाग्य-शिखर ॥
१७
बित्यो एवंरीत्या सकल दिन, सन्ध्या-समय भो
जटामा त्यो सारा रवि-किरण-धारा विलय भो !
धुलोले त्वाँलोले मलिन रवि ढाक्रेमय बनी
गये आगो फुक्ने नियत लिइ अस्ताऽचलमनि ॥
१८
उता यौटा ढाक्रे चरम गिरि भन्दा तल झरे
यता त्यो चौकीको वरपरि हजारौँ अगि सरे ।
चुल्हा लाये, आगो सबतिर जगाये पिलिपिली
जुट्यो दीवालीको घडिभर त मानू झिलिमिली ॥
१९
कठै ! चाँडो चाँडो जठर-हरिको पूजन गरी
सिह्रानैमा भारी, हर-उपर बर्कोकन धरी ।
डुबे ती निद्राको अतुल परमाऽनन्द सुखमा
उठ्यो भारी हेर्छू म भनि घुरणा घुर्र मुखमा ॥
२०
नफेरी त्यो, फेरी निमिषभर कोल्टोतक पनि
पला झैँ गैहाल्यो थकित तिनको दीर्घ रजनी ।
तिखो चुच्चो खाली चटुल कुखुराले चरचरी
चिर्यो त्यो सन्नाटा सकल 'कुखुरीकाँ' रव गरी ॥