Page:Tarun tapasi.pdf/97: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
गयो बढ्दै चढ्दै किन किन ठुलो | गयो बढ्दै चढ्दै किन किन ठुलो पूजन-कला | ||
::मजैमा घन्कन्थे घननन गरी घण्ट, तबला । | ::मजैमा घन्कन्थे घननन गरी घण्ट, तबला । | ||
अनौठाको आडम्बर उदित भो | अनौठाको आडम्बर उदित भो मर्त्य-मनमा | ||
::कठै त्यस्सै भाग्यो | ::कठै ! त्यस्सै भाग्यो श्रुति-विहित-अध्यात्म वनमा ॥ | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
महात्मा भै कोही फगत | महात्मा भै कोही फगत पर-निन्दाकन गरी | ||
::म यस्तो हूँ भन्दै श्रवणबिच हालाहल भरी । | ::म यस्तो हूँ भन्दै श्रवणबिच हालाहल भरी । | ||
बटुल्थे वा लुट्थे हरकिसिमले गुह्य गठरी | बटुल्थे वा लुट्थे हरकिसिमले गुह्य गठरी | ||
Line 14: | Line 14: | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
निचोरी निर्धाका | निचोरी निर्धाका रगत-पसिना घूस बटुली | ||
::ठुलो पूजासामासहित लिइ बोकाहरु बलि । | ::ठुलो पूजासामासहित लिइ बोकाहरु बलि । | ||
कुनै पूजा गर्थे 'जननि खुसि होऊ' भनिकन | कुनै पूजा गर्थे 'जननि ! खुसि होऊ' भनिकन | ||
::म | ::म रुन्थेँ त्यो देखी मनुज-मतिको उग्र पतन ॥ | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
क्रमैले त्यो चौकी अतिशय ठुलो तीर्थ गनियो | क्रमैले त्यो चौकी अतिशय ठुलो तीर्थ गनियो | ||
:: | ::हजारौँ के लाखौँ मनुजहरुको भीड उनियो । | ||
अहा त्यो वेलाको अति मधुर मेला रमझम | अहा ! त्यो वेलाको अति मधुर मेला रमझम | ||
::थियो यौटा भारी चटकमय | ::थियो यौटा भारी चटकमय भाग्योदय-सम ॥ | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
हजारौँ धर्माऽऽत्मा जनहरु तहाँ रात-दिवस | |||
::बसी गर्थे | ::बसी गर्थे लाखौँ किसिमसँग सद्धर्म-बहस । | ||
मलाई जो मान्थे तिनिहरु ठुला आस्तिक थिये | मलाई जो मान्थे तिनिहरु ठुला आस्तिक थिये | ||
::नमान्ने जो जो हुन् तिनिहरु हठी नास्तिक भये ॥ | ::नमान्ने जो जो हुन् तिनिहरु हठी नास्तिक भये ॥ | ||
Line 35: | Line 35: | ||
::क्षमा, मैत्री भाग्यो, प्रणय, शम, सन्तोष छलियो । | ::क्षमा, मैत्री भाग्यो, प्रणय, शम, सन्तोष छलियो । | ||
उज्यालो, देखौवा तिलक अति सानू अबिरका | उज्यालो, देखौवा तिलक अति सानू अबिरका | ||
::निशाना भैहाल्यो विधिवश कठै धर्मतिरको ॥ | ::निशाना भैहाल्यो विधिवश कठै ! धर्मतिरको ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:02, 12 June 2025
२१
गयो बढ्दै चढ्दै किन किन ठुलो पूजन-कला
मजैमा घन्कन्थे घननन गरी घण्ट, तबला ।
अनौठाको आडम्बर उदित भो मर्त्य-मनमा
कठै ! त्यस्सै भाग्यो श्रुति-विहित-अध्यात्म वनमा ॥
२२
महात्मा भै कोही फगत पर-निन्दाकन गरी
म यस्तो हूँ भन्दै श्रवणबिच हालाहल भरी ।
बटुल्थे वा लुट्थे हरकिसिमले गुह्य गठरी
कुनै चाबी बस्थे गरम हलुवा, घेवर, पुरी ॥
२३
निचोरी निर्धाका रगत-पसिना घूस बटुली
ठुलो पूजासामासहित लिइ बोकाहरु बलि ।
कुनै पूजा गर्थे 'जननि ! खुसि होऊ' भनिकन
म रुन्थेँ त्यो देखी मनुज-मतिको उग्र पतन ॥
२४
क्रमैले त्यो चौकी अतिशय ठुलो तीर्थ गनियो
हजारौँ के लाखौँ मनुजहरुको भीड उनियो ।
अहा ! त्यो वेलाको अति मधुर मेला रमझम
थियो यौटा भारी चटकमय भाग्योदय-सम ॥
२५
हजारौँ धर्माऽऽत्मा जनहरु तहाँ रात-दिवस
बसी गर्थे लाखौँ किसिमसँग सद्धर्म-बहस ।
मलाई जो मान्थे तिनिहरु ठुला आस्तिक थिये
नमान्ने जो जो हुन् तिनिहरु हठी नास्तिक भये ॥
२६
अहिंसा अस्तायो, यम, दम, दया, सत्य दलियो
क्षमा, मैत्री भाग्यो, प्रणय, शम, सन्तोष छलियो ।
उज्यालो, देखौवा तिलक अति सानू अबिरका
निशाना भैहाल्यो विधिवश कठै ! धर्मतिरको ॥