Jump to content

Page:Tarun tapasi.pdf/84: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|१८}}
{{pcn|१८}}
फुका बाबू भित्री किरणगठरी त्यो सब फुका
फुका बाबू ! भित्री किरण-गठरी त्यो सब फुका
::फिँजा त्यो चौतर्फी गगनपथमा, कत्ति नलुका ।
::फिँजा त्यो चौतर्फी गगनपथमा, कत्ति नलुका ।
धुँदै जा, चिर्दै जा निविड तम, त्यो गर् सब धुजा
धुँदै जा, चिर्दै जा निविड तम, त्यो गर् सब धुजा
::हटा मैलो पर्दा, विजयसुखको दुन्दुभि बजा ॥
::हटा मैलो पर्दा, विजय-सुखको दुन्दुभि बजा ॥


{{pcn|१९}}
{{pcn|१९}}
कुनै गर्जोस् कालो घन घनघटा, कत्ति नडरेस्
कुनै गर्जोस् कालो घन घन-घटा, कत्ति नडरेस्
::कुनै धक्का मारोस् पवन, तल लत्रेर नझरेस् ।
::कुनै धक्का मारोस् पवन, तल लत्रेर नझरेस् ।
स्वयं दल्दै मल्दै कठिन पिरबाधा सब भगा
स्वयं दल्दै मल्दै कठिन पिर-बाधा सब भगा
::अली चर्को पारी मधुर छविको दीपक जगा ॥
::अली चर्को पारी मधुर छविको दीपक जगा ॥


{{pcn|२०}}
{{pcn|२०}}
खुलायिस् यो मेरो नयन जुन आलोकलवले
खुलायिस् यो मेरो नयन जुन आलोक-लवले
::म भन्छू त्यै पाओस् झलक दुनियाँमात्र सबले ।
::म भन्छू त्यै पाओस् झलक दुनियाँमात्र सबले ।
सबै आँखा खोलून् समय नगुमाऊन् मुफतमा
सबै आँखा खोलून् समय नगुमाऊन् मुफतमा
::तँ झैं बढ्दै जाऊन् अनवरत कर्तव्यपथमा
::तँ झैँ बढ्दै जाऊन् अनवरत कर्तव्य-पथमा


{{pcn|२१}}
{{pcn|२१}}
Line 27: Line 27:
{{pcn|२२}}
{{pcn|२२}}
प्रभाको साथैमा मधुर मुहुनीदार सुर ली
प्रभाको साथैमा मधुर मुहुनीदार सुर ली
::तँ फुक्तै जा भित्री श्रवणबिच चैतन्यमुरली
::तँ फुक्तै जा भित्री श्रवण-बिच चैतन्य-मुरली
सदा अन्धो पारी गहन तमले विश्व ननिलोस्
सदा अन्धो पारी गहन तमले विश्व ननिलोस्
::म भन्छू यस्लाई अमृत पिउने औसर मिलोस् ॥
::म भन्छू यस्लाई अमृत पिउने औसर मिलोस् ॥

Revision as of 17:25, 12 June 2025

This page has been proofread

१८
फुका बाबू ! भित्री किरण-गठरी त्यो सब फुका
फिँजा त्यो चौतर्फी गगनपथमा, कत्ति नलुका ।
धुँदै जा, चिर्दै जा निविड तम, त्यो गर् सब धुजा
हटा मैलो पर्दा, विजय-सुखको दुन्दुभि बजा ॥

१९
कुनै गर्जोस् कालो घन घन-घटा, कत्ति नडरेस्
कुनै धक्का मारोस् पवन, तल लत्रेर नझरेस् ।
स्वयं दल्दै मल्दै कठिन पिर-बाधा सब भगा
अली चर्को पारी मधुर छविको दीपक जगा ॥

२०
खुलायिस् यो मेरो नयन जुन आलोक-लवले
म भन्छू त्यै पाओस् झलक दुनियाँमात्र सबले ।
सबै आँखा खोलून् समय नगुमाऊन् मुफतमा
तँ झैँ बढ्दै जाऊन् अनवरत कर्तव्य-पथमा ॥

२१
उदाऊन् अस्ताऊन् हरबखत तारा, रवि, शशी
दगुर्छन् बोक्रैमा अबुझ दुनियाँ भित्र नपसी ।
प्रभा पर्दो हो ता अलिकति पनी भित्र तिनको
सबैको धोयिन्थ्यो अति मलिन दुर्भाव मनको ॥

२२
प्रभाको साथैमा मधुर मुहुनीदार सुर ली
तँ फुक्तै जा भित्री श्रवण-बिच चैतन्य-मुरली ।
सदा अन्धो पारी गहन तमले विश्व ननिलोस्
म भन्छू यस्लाई अमृत पिउने औसर मिलोस् ॥

२३
अँध्यारैमा जन्म्यो जुनिभर अँध्यारो पथ गरी
अँध्यारैमा हुर्क्यो, पछि पनि अँध्यारो पथ धरी ।
परी अन्धो बैह्रो अबुझ दुनियाँ अन्ध विधिमा
डुबेको देख्दैछू जुग जुग अँध्यारो जलधिमा ॥