Page:Tarun tapasi.pdf/81: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
<poem> | <poem> | ||
{{pcn|१}} | {{pcn|१}} | ||
कविजी प्रिय शिष्य | कविजी प्रिय शिष्य झैँ बनी | ||
::कर जोडेर सबै कुरा सुनी । | ::कर जोडेर सबै कुरा सुनी । | ||
अलमल्ल थिये अली छिन | अलमल्ल थिये अली छिन | ||
Line 10: | Line 10: | ||
{{pcn|२}} | {{pcn|२}} | ||
धमीलो त्यै | धमीलो त्यै पैसा-विषयक कडा तर्क मनमा | ||
::घुमेकै मौकामा ऋतु पनि घुमे क्यै भुवनमा । | ::घुमेकै मौकामा ऋतु पनि घुमे क्यै भुवनमा । | ||
खडा भो वर्षाको समय, फिर त्यो | खडा भो वर्षाको समय, फिर त्यो कृष्ण-रजनी | ||
::अँध्यारो औँसीको, घनपटलले गुम्फित पनि ॥ | ::अँध्यारो औँसीको, घनपटलले गुम्फित पनि ॥ | ||
{{pcn|३}} | {{pcn|३}} | ||
न वा आकाशैमा निविड तम उम्रीकन बस्यो | न वा आकाशैमा निविड तम उम्रीकन बस्यो | ||
::न वा त्यो आकाशै | ::न वा त्यो आकाशै तम-जलधिमा गैकन पस्यो । | ||
मसीमा चोबिन् वा | मसीमा चोबिन् वा प्रकृति-जननीले गगन यो | ||
::बिलायो | ::बिलायो वैषम्य-स्थिति, सकल एकाम्मय भयो ॥ | ||
{{pcn|४}} | {{pcn|४}} | ||
दुवै आँखा चिम्ली म पनि बहुधा त्यो बखतमा | दुवै आँखा चिम्ली म पनि बहुधा त्यो बखतमा | ||
:: | ::रहन्थेँ वा खेल्थेँ हृदयगत अन्तर्जगतमा । | ||
खुल्यो सुस्तै मेरो पलक, नगिचैमा अलिअलि | खुल्यो सुस्तै मेरो पलक, नगिचैमा अलिअलि | ||
::कुनै सानू | ::कुनै सानू देखेँ किरण-कणिकाको पिलिपिली ॥ | ||
{{pcn|५}} | {{pcn|५}} | ||
Line 31: | Line 31: | ||
::पर्यो कस्ले फाल्यो किरणमय झिल्को निकटमा ? | ::पर्यो कस्ले फाल्यो किरणमय झिल्को निकटमा ? | ||
भनी हेर्दाहेर्दै निविड तम चिर्दै चरचरी | भनी हेर्दाहेर्दै निविड तम चिर्दै चरचरी | ||
::उडेको | ::उडेको भेट्टायेँ चटुलगति सानू जुनकिरी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:13, 12 June 2025
This page has been proofread
द्वादश विश्राम
१
कविजी प्रिय शिष्य झैँ बनी
कर जोडेर सबै कुरा सुनी ।
अलमल्ल थिये अली छिन
फिर बोले तपसी तपोवन ॥
२
धमीलो त्यै पैसा-विषयक कडा तर्क मनमा
घुमेकै मौकामा ऋतु पनि घुमे क्यै भुवनमा ।
खडा भो वर्षाको समय, फिर त्यो कृष्ण-रजनी
अँध्यारो औँसीको, घनपटलले गुम्फित पनि ॥
३
न वा आकाशैमा निविड तम उम्रीकन बस्यो
न वा त्यो आकाशै तम-जलधिमा गैकन पस्यो ।
मसीमा चोबिन् वा प्रकृति-जननीले गगन यो
बिलायो वैषम्य-स्थिति, सकल एकाम्मय भयो ॥
४
दुवै आँखा चिम्ली म पनि बहुधा त्यो बखतमा
रहन्थेँ वा खेल्थेँ हृदयगत अन्तर्जगतमा ।
खुल्यो सुस्तै मेरो पलक, नगिचैमा अलिअलि
कुनै सानू देखेँ किरण-कणिकाको पिलिपिली ॥
५
तमासा यो क्या हो ? कुन चटक यो नेत्रपुटमा
पर्यो कस्ले फाल्यो किरणमय झिल्को निकटमा ?
भनी हेर्दाहेर्दै निविड तम चिर्दै चरचरी
उडेको भेट्टायेँ चटुलगति सानू जुनकिरी ॥