Page:Tarun tapasi.pdf/50: Difference between revisions
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
म ठिङ्गा, त्यो नङ्गा पथ, वधिकको त्रास मनमा | म ठिङ्गा, त्यो नङ्गा पथ, वधिकको त्रास मनमा | ||
::परी भागीहाले विगह बिचरा दूर वनमा । | ::परी भागीहाले विगह बिचरा दूर वनमा । | ||
बिझ्यो काँढो जस्तै कठिन घटना त्यो नयनमा | |||
::घृणा ज्यादा लाग्यो मनुज-मतिको त्यो पतनमा ॥ | ::घृणा ज्यादा लाग्यो मनुज-मतिको त्यो पतनमा ॥ | ||
Line 11: | Line 11: | ||
::डुबेकी नै देखेँ सकल पृथिवी त्यो बखतमा । | ::डुबेकी नै देखेँ सकल पृथिवी त्यो बखतमा । | ||
दिशा देखेँ मैला, वरपरि सबै शैल धमिला | दिशा देखेँ मैला, वरपरि सबै शैल धमिला | ||
::नदी | ::नदी देखेँ काली शिव शिव ! उनै पुण्य-सलिला ॥ | ||
{{pcn|५}} | {{pcn|५}} | ||
Line 26: | Line 26: | ||
{{pcn|७}} | {{pcn|७}} | ||
उडेँछू त्यै वेला चपलगति सङ्कल्प-रथमा | |||
::चढी ज्यादा माथी गगनबिच वा शून्य पथमा । | ::चढी ज्यादा माथी गगनबिच वा शून्य पथमा । | ||
त्यहाँ खेल्दा खेल्दै मयल अथवा दोष मनको | त्यहाँ खेल्दा खेल्दै मयल अथवा दोष मनको |
Latest revision as of 17:59, 11 June 2025
३
म ठिङ्गा, त्यो नङ्गा पथ, वधिकको त्रास मनमा
परी भागीहाले विगह बिचरा दूर वनमा ।
बिझ्यो काँढो जस्तै कठिन घटना त्यो नयनमा
घृणा ज्यादा लाग्यो मनुज-मतिको त्यो पतनमा ॥
४
चरीले छादेको फगत दुइ थोपा रगतमा
डुबेकी नै देखेँ सकल पृथिवी त्यो बखतमा ।
दिशा देखेँ मैला, वरपरि सबै शैल धमिला
नदी देखेँ काली शिव शिव ! उनै पुण्य-सलिला ॥
५
यती चाँडै मेरो किन कसरि आँखा धमिलियो ?
तमासा यो क्या हो ? भुवन किन मैलो सब भयो ?
भनी हेर्दा हेर्दै वर पर कठै ! विश्वभरमा
उही देखेँ कालो कुरुचि भरियेको इथरमा ॥
६
अहो ! यस्तो कालो विकट परहिंसा-कुरुचिले
बिगारेको वातावरण कुन दैवी सुरुचिले ?
सफा होला भन्ने लिइकन ठुलो तर्क मनमा
म एक्लै झोक्रायेँ नयन युग चिम्ली विजनमा ॥
७
उडेँछू त्यै वेला चपलगति सङ्कल्प-रथमा
चढी ज्यादा माथी गगनबिच वा शून्य पथमा ।
त्यहाँ खेल्दा खेल्दै मयल अथवा दोष मनको
गयो गल्दै गल्दै, स्थिति अगम झल्क्यो भुवनको ॥
८
मजा मानी नीलो नभ-जलधिमा निर्भय बुडी
घुमी पौडी खेलेँ, प्रणयसित यद्वा लडिबुडी
सुनेँ त्यै वेलामा अगम रसिला लाखन कुरा
खुशीको बल्लीमा पटपट फुटे पट्ट मुजुरा ॥