Page:Shakuntala.pdf/12: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
झोलीको कनिका प्रशान्त मनले मर्मर् चपाईकन । | झोलीको कनिका प्रशान्त मनले मर्मर् चपाईकन । | ||
::कुर्कुर् | ::कुर्कुर् ढुक्कुर झैँ रमी हृदयले योगी डुलून् कानन ॥ | ||
"रामै तुल्य रमाइलो छ रमिता प्राचीनको यो वन" । | "रामै तुल्य रमाइलो छ रमिता प्राचीनको यो वन" । | ||
::भन्दै कण्व र कश्यप प्रभृतिका हुन् सामु योगी जन ॥ | ::भन्दै कण्व र कश्यप प्रभृतिका हुन् सामु योगी जन ॥ | ||
Line 16: | Line 16: | ||
::शिल्पी भाव कुँदून् प्रकाश नवमा तस्वीर नौला गरी ॥ | ::शिल्पी भाव कुँदून् प्रकाश नवमा तस्वीर नौला गरी ॥ | ||
जो छन् सुन्दरता सुगन्धसँगका पाऊन् यहाँ नित्यता । | जो छन् सुन्दरता सुगन्धसँगका पाऊन् यहाँ नित्यता । | ||
::भोको भव्य भविष्य | ::भोको भव्य भविष्य भृत्यसरि भै मागोस् सदा काव्य यो ॥। | ||
{{pcn|(३७)}} | {{pcn|(३७)}} | ||
Latest revision as of 21:49, 10 June 2025
झोलीको कनिका प्रशान्त मनले मर्मर् चपाईकन ।
कुर्कुर् ढुक्कुर झैँ रमी हृदयले योगी डुलून् कानन ॥
"रामै तुल्य रमाइलो छ रमिता प्राचीनको यो वन" ।
भन्दै कण्व र कश्यप प्रभृतिका हुन् सामु योगी जन ॥
(३५)
हाँसून् हास्य रुचाउने लहरमा बत्तीस मोती खुली ।
राम्रा नक्कलले हँसाउन सकून् हाम्रा गफाडी गुरु ॥
पग्लोस् भुल्भुल चित्त कोमल यहाँ देखी वियोगी दशा ।
अर्को जीवनको पसोस् हृदयमा हेर्नेहरूमा नशा ॥
(३६)
पाई चारु कला यहाँ प्रकृतिले राम्रो सिँगारून् मुख ।
शिल्पी भाव कुँदून् प्रकाश नवमा तस्वीर नौला गरी ॥
जो छन् सुन्दरता सुगन्धसँगका पाऊन् यहाँ नित्यता ।
भोको भव्य भविष्य भृत्यसरि भै मागोस् सदा काव्य यो ॥।
(३७)
चर्खामा विधिले विचित्र ढँगले काते सुनौला कुरा ।
चोला मानिसको खडा हुन गयो, बुन्दा त्यही तानमा ॥
मैलो भैकन भार भूकन बनी उघ्रेर जाला भनी ।
स्वर्गैतर्फ उडी सुनै सुन हुने गाना बन्यो जीवनी ॥
(३८)
स्वर्गङ्गा शिरमा झरेर कविको आह्वानले सुन्दरी ।
लट्ठा पूर्व विचारका वन बनी चढ्दा कराली परी ॥
नाघी सिल्बिल नागिनीसरि बनी उत्रेर मैदानमा ।
पानीको रसजाल भूमितलमा प्यासाहरूकी बनून् ॥
(३९)
माटैको अझ गन्ध फूल फलमा, खानाहरूभित्र छ ।
ताराको छ निमेषतुल्य सुख नै झिम्की छिटो निभ्दछ ॥
झुल्केको दिलको नयाँ नजर नै यो काव्यको सोख हो ।
टुप्पामा रसना भरी अमृतको थोपा बनी बस्दछ ॥
(४०)