Page:Shakuntala.pdf/11: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 15: | Line 15: | ||
ठूला नीति सिकून्, प्रजाहरु सिकून् सद्भक्तिको माधुरी । | ठूला नीति सिकून्, प्रजाहरु सिकून् सद्भक्तिको माधुरी । | ||
::ज्ञानी ज्ञान सिकून्, सिकून् कविहरू यो काव्यमा चातुरी ॥ | ::ज्ञानी ज्ञान सिकून्, सिकून् कविहरू यो काव्यमा चातुरी ॥ | ||
जानून् गर्न | जानून् गर्न विलास दिव्य यसमा सारा नवाबी जन । | ||
::बस्ती नव्य बसाउने रसिक हुन् एकान्त वृन्दावन ॥ | ::बस्ती नव्य बसाउने रसिक हुन् एकान्त वृन्दावन ॥ | ||
{{pcn|(३१)}} | {{pcn|(३१)}} | ||
हामी बालक हौँ भुलेर युग यो क्रूर कोलाहल । | हामी बालक हौँ भुलेर युग यो, याे क्रूर कोलाहल । | ||
::बारी बादलका फुलून् नजरमा सानन्द निष्कण्टक ॥ | ::बारी बादलका फुलून् नजरमा सानन्द निष्कण्टक ॥ | ||
यात्रा आज गरौँ उषाभवनको पूर्वीय आकाशमा । | यात्रा आज गरौँ उषाभवनको पूर्वीय आकाशमा । | ||
Line 26: | Line 26: | ||
पल्टेकी वनमा नयाँ सुमनमा स्वप्ना बुनी सुन्दरी ॥ | पल्टेकी वनमा नयाँ सुमनमा स्वप्ना बुनी सुन्दरी ॥ | ||
::गालाबीच गुलाफका कमल झैँ सेतो | ::गालाबीच गुलाफका कमल झैँ सेतो चढाई कर ॥ | ||
फुस्केका मृदु गन्धले पवनमा भन्ने कथा झैँ गरी । | फुस्केका मृदु गन्धले पवनमा भन्ने कथा झैँ गरी । | ||
::मेरो काव्य–सुधा पिई अधरले चाखून् निगाहा गरी ॥ | ::मेरो काव्य–सुधा पिई अधरले चाखून् निगाहा गरी ॥ |
Latest revision as of 21:45, 10 June 2025
अर्ती, बुद्धि छ चाहिने यदि भने भेटून् यहाँ गौतमी ।
बूढी सुन्दर चाउरीहरु हुने मेरो रुचाऊन् कथा ॥
मातालाइ शकुन्तला छ करमै 'थप्या' र 'थप्या' दिन ।
भज्ने स्वर्ग छ पाउने झिलिमिली देखेर आरोहण ॥
(२९)
देखून् सज्जन हातले नजर क्यै छेकेर टाढातिर ।
यो प्राचीन जगत् सुदूर युगका छेडी सबै बादल ॥
नाचून् पात्र सजीवतासँग यहाँ हृद्रङ्गमा देशको ।
थोरै बेर जिऊन् दरिद्र दुनियाँ प्राचीन आनन्दमा ॥
(३०)
ठूला नीति सिकून्, प्रजाहरु सिकून् सद्भक्तिको माधुरी ।
ज्ञानी ज्ञान सिकून्, सिकून् कविहरू यो काव्यमा चातुरी ॥
जानून् गर्न विलास दिव्य यसमा सारा नवाबी जन ।
बस्ती नव्य बसाउने रसिक हुन् एकान्त वृन्दावन ॥
(३१)
हामी बालक हौँ भुलेर युग यो, याे क्रूर कोलाहल ।
बारी बादलका फुलून् नजरमा सानन्द निष्कण्टक ॥
यात्रा आज गरौँ उषाभवनको पूर्वीय आकाशमा ।
ल्याऔँला नवगन्ध पुष्प हँसिला पोल्टाभरी बासना ॥
(३२)
पल्टेकी वनमा नयाँ सुमनमा स्वप्ना बुनी सुन्दरी ॥
गालाबीच गुलाफका कमल झैँ सेतो चढाई कर ॥
फुस्केका मृदु गन्धले पवनमा भन्ने कथा झैँ गरी ।
मेरो काव्य–सुधा पिई अधरले चाखून् निगाहा गरी ॥
(३३)
प्रेमीमुग्ध हुँदी कुरङ्गनयनी ओजस्विनी कामिनी ।
प्रेमीसाथ बसी पढून् प्रियकथा फुल्दा छहारीमनि ॥
मारी चारु कटाक्ष ती तब भनून् "भुल्छन् कसोरी नर" ।
"भुल्नेछन् भँवरा, म भुल्दिनँ" भनी प्रेमी दिऊन् उत्तर ॥
(३४)